STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र १७, आइतबार

    बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प

    पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाअन्तर्गत विभिन्न वडामा बालबालिकाको पोषणसम्बन्धी स्क्रिनिङ क्याम्प शुरु भएको छ । गाउँपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमार्फत मिलन म्याग्दी तथा सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा पोषण लेखाजोखासम्बन्धी क्याम्प सञ्चालन गरिएको हो । बच्चा जन्मिएको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था पत्ता लगाउन स्क्रिनिङ क्याम्प आयोजना गरिएको...

  • २०७५ चैत्र १७, आइतबार

    प्रेसलाई नियन्त्रण होइन नियमन मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक...

  • २०७५ चैत्र १७, आइतबार

    मोटरसाइकल आपसमा ठोक्किँदा तीनको मृत्यु

    बर्दियाको बारबर्दिया नगरपालिकामा शनिबार अपराह्न मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । नगरपालिका–९ स्थित बनगाईमा भएको दुघर्टनामा घाइते भएका मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेतको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । सुरज चौधरीले चलाएको भे८प ६९६८ नम्बरको मोटरसाइकल र खगेन्द्र बस्नेतले चलाएको बा ९१ प ९३७७ नम्बरको...

  • २०७५ चैत्र १७, आइतबार

    लागुऔषधका ६४ मुद्दा, १०९ प्रहरी नियन्त्रणमा

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ । लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ । प्रहरीले सामान्यतः प्रतिमहीना १२४ लागुऔषधसँग संलग्न व्यक्ति नियन्त्रण लिँदै आएको छ ।...

  • २०७५ चैत्र १७, आइतबार

    संस्थागत र क्षमतागत विकासमा लाग्न आग्रह

    पत्रकारिता क्षेत्रको इतिहासलाई सम्झँदै संस्थागत र क्षमतागत विकासका लागि लाग्नुपर्ने सरोकारवाले बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शनिबार यहाँ आयोजना गरेको पूर्वअध्यक्ष सम्मान एवं संस्थागत विकासको सवाल विषयक छलफल कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीलले समाज परिवर्तनसँगै पत्रकारिता क्षेत्रको संस्थागत विकासलाई...

  • २०७५ चैत्र १७, आइतबार

    अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ

    अपहरणको नाटक गरी फिरौती माग्ने एक जनालाई प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका– ६ का २६ वर्षीय जयभानसिंह धामीलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी दिनुभयो । महाशाखामा आएको सूचनाको आधारमा खोजी गर्दा उनलाई शनिबार काठमाडौँको चावहिलबाट पक्राउ गरिएका हो । उनलाई अपरिचित व्यक्तिले अपहरण गरी रू २३ लाख फिरौती रकम माग गरेको भन्ने सूचनाको...

  • २०७५ चैत्र १७, आइतबार

    लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो ः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१ आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य तथा पूर्वाधार विकासमा जोड दिइएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “देशको पूर्वाधार विकास गर्न शनिवार सम्पन्न लगानी...

  • २०७५ चैत्र १७, आइतबार

    अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

    मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।  दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ ।  मर्मतको अवधि अर्थात ९१अप्रिल २०१९ देखि जुन ३०० सम्म...

  • २०७५ चैत्र १७, आइतबार

    जीप दुर्घटनामा ६ को मृत्यु

    ओखलढुङ्गामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा अपराह्न दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो । मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा...

  • २०७५ चैत्र १७, आइतबार

    इक्वेडरमा ६।२ म्याग्नीच्यूडको भूकम्प

    इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६।२ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय प्रशासनले जानकारी सङ्कलन गर्न लागेको जनाएको छ ।

  • २०७५ चैत्र १७, आइतबार

    पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु

    पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित एक इलेक्ट्रोनिक्स कारखानाको परिसरमा थुपारिएको फोहोरमा विस्फोट भएको र त्यसबाट फैलिएको आगोले कारखानाको वर्कसपमा ठूलो क्षति पुगेको थियो । “कुनशान वाफर टेक्नोलोजी लिमिटेडमा भएको उक्त दुर्घटनाका बारेमा छानबिन भइरहेको छ,”...

  • २०७५ चैत्र १७, आइतबार

    अवैध औषधिसहित चार पक्राउ

    झापाको दक्षिणी नाका कचनकवलबाट अवैधरूपमा नेपाल भित्र्याइएको रु २२ लाख ३० हजार मूल्य बराबरको १४ कार्टुन भारतीय औषधिसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको दिल्ली घर भई हाल काठमाडौँ जोरपाटी बस्ने ३२ वर्षीय फुन्चोक लामा, झापाको बाह्रदशी गाउँपालिका–४ बस्ने २४ वर्षीय सम्दान हुसेन, २२ वर्षीय इम्तियाज आलम र २८ वर्षीय ताहिर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन...

Pages