-
२०७५ चैत्र १७, आइतबार
राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्ने
भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताउनुभएको छ । केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले लोकसभाका लागि प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । उहाँ यसअघि उत्तर प्रदेशको अमेठीबाट पनि निर्वाचन लड्ने घोषणा भइसकेको छ । गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने विषयले अहिले भारतमा नयाँ बहस सृजना गरिदिएको छ । काँग्रेसका...
-
२०७५ चैत्र १७, आइतबार
जिल्ला अस्पताल बन्ने
पूर्वमा जिल्ला अस्पताल बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि सर्वसाधारण रुकुम ९पश्चिम०, दाङ, नेपालगञ्ज, काठमाडौँ, चितवन जान बाध्य थिए । छुट्टै जिल्लाको रूपमा काम थालेको डेढ वर्षपछि जिल्ला अस्पताल बन्ने पक्का भएको हो । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोट स्वास्थ्यचौकी भएकै ठाउँमा अस्पताल बनाइने भएको छ...
-
२०७५ चैत्र १७, आइतबार
भारतीय लडाकू विमान दुर्घटनाग्रस्त
भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाएको छ । वायुसेनाले विमान दुर्घटनाका बारेमा अनुसन्धान गर्न आदेश दिएको छ । जोधपुरबाट करिब १२० किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको मिग–२७ विमानमा इन्जिनमा खराबी आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत मार्च ८ तारिखमा...
-
२०७५ चैत्र १७, आइतबार
निःशुल्क खकार जाँचमा भेटिए नयाँ क्षयरोगी
नयाँ क्षयरोगी खोज्ने र उपचारमा ल्याउने अभियानमा नयाँ क्षयरोगी भेट्ने क्रम बढेको छ । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले सञ्चालन गरेको अभियानअन्तर्गत चाँगुनारायण नगरपालिका–४ खोरिया तामाङ बस्तीमा भएको निःशुल्क खकार शिविरमा नयाँ क्षयरोगी भेटिएको निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले जानकारी दिनुभयो । संस्थाका सभापति राम सिख्वःको नेतृत्वमा प्राविधिक ल्याब टोलीसहित क्षयरोगी बिरामी पत्ता लगाउन सङ्कलन...
-
२०७५ चैत्र १७, आइतबार
नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य
नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्मा लाइसेन्स एशोसिएशनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । लगानी सम्मेलन समापनका क्रममा महासङ्घ र एशोसिएशनका पदाधिकारीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा महासङ्घका तर्फबाट अध्यक्ष रवि सिंह र एशोसिएशनको तर्फबाट मोई क्या थूले हस्ताक्षर गर्नुभयो । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट...
-
२०७५ चैत्र १७, आइतबार
शुक्लाफाँटा अवलोकन गर्नेको सङ्ख्या बढ्यो
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गर्ने उद्देश्यका साथ कञ्चनपुरका स्थानीय तहको आयोजनामा शुरु भएको पर्यटन महोत्सवसँगै यहाँ अवलोकनका लागि आउनेको लर्को लागेको छ । भीमदत्तनगरपालिकाको संयोजन तथा यहाँका नौ वटा स्थानीय तहको आयोजनामा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको दुई दिनमा निकुञ्जभित्र आन्तरिक तथा भारतीय गरी पाँच सय भन्दा बढी पर्यटकले अवलोकन गरेको शुक्लाफाँटा पर्यटन महोत्सव प्रचारप्रसार...
-
२०७५ चैत्र १७, आइतबार
थामियो शेयर बजार
शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।९१ विन्दुले घटेर एक हजार १४३।५९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ०।१२ विन्दुले घटेर २४३।३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको नौ लाख ५० हजार ६४३ कित्ता शेयर रु २६ करोड ६६ लाख छ हजार ८१० मूल्यमा कारोवार भयो । कारोवार भएका दश उपसमूहमध्ये आज...
-
२०७५ चैत्र १७, आइतबार
चिटको भरमा २२ हजारसवारी चालक
सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै विसं २०७२ मा मेसिन रिडेबल ९स्मार्ट० लाइसेन्स जारी गर्न शुरु ग¥यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । यातायात व्यवस्था विभागले समयमै लाइसेन्स वितरण गर्न नसक्दा धेरै चालक ट्रायल पास गरेको कागज ९चिट० बोकेर हिँड्न बाध्य छन् । तयारीबिना पुरानो लाइसेन्स खारेज गर्दै स्मार्ट लाइसेन्स शुरु गरेपछि नवीकरण गरेका र...
-
२०७५ चैत्र १७, आइतबार
सोमबारदेखि मौसम सफा हुने
पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले सोमबारदेखि पश्चिमी...
-
२०७५ चैत्र १५, शुक्रबार
सामाजिक विषयको प्रश्नपत्र ‘आउट’ ःघण्टाघर तनावग्रस्त
आज शुक्रबार हुने एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीले नाराबाजी गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएपछि...
-
२०७५ चैत्र १५, शुक्रबार
इन्चार्जसहित दुई पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको समूहका नगरकोट इन्चार्जसहित दुई सदस्यलाई बिहीबार पक्राउ गरिएको छ । काभ्रे मण्डन देऊपुर–३ नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गर्दै आएको अभियोगमा ३४ वर्षीय चमारसिंह लामालाई नगरकोटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो । लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाडाँै घर बताउने र हाल...
-
२०७५ चैत्र १५, शुक्रबार
अवैध हतियार बुझाउन आनाकानी
पर्वतमा अवैध हतियार राखेकाले सरकारी अनुरोध अटेर गरेका छन् । अवैध हतियार फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको १५ दिनसम्म पनि हतियार फिर्ता गर्न कोही आएका छैनन् । जिल्लामा हतियार फिर्ता गर्न अनुरोध गरिएपछि अहिलेसम्म हतियार फिर्ता गर्न कोही नआएको जिल्ला प्रहरी प्रमुख तिवारीले जानकारी दिनुभयो । उहाँले अवैध हतियार फिर्ता गर्न ठाउँठाउँमा खबर गरेको बताउनुभयो । तिवारीले मातहतका प्रहरी र...


