STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र १५, शुक्रबार

    युवकको हत्या, दुई पक्राउ, एक फरार

    पर्वत जिल्लाको मोदी गाउँपालिका– ८ चित्रेमा कुटपिट गरी एक युवाको हत्या भएको छ । गत मङ्गलबार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा स्थानीय ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद विकको हत्या भएको हो । चित्रेस्थित नेपानेसादी खोलामा कुटपिट गरी विकको हत्या गरेको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका छन् । हत्या भएको सूचना पाएलगत्तै प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा...

  • २०७५ चैत्र १५, शुक्रबार

    माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल

    रसुवामा बाँध र नुवाकोटम विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हँुदै गएको छ । आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो ।...

  • २०७५ चैत्र १५, शुक्रबार

    योग्य पुरोहितको अभाव

    विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहँुदा योग्य पुरोहितको अभावमा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन् । ब्राह्मणकै अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयहरु चिन्तित हुन थालेका छन् । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरुले पनि संस्कृत पढन् छाडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित...

  • २०७५ चैत्र १५, शुक्रबार

    फोहर र हिलो नियन्त्रणमा पहल थालिने

    काठमाडौँ महानगरपालिकाले महानगरभित्र नियमितरूपमा आउने फोहर र हिलो नियन्त्रणका लागि पहल गर्ने भएको छ । बुधबारदेखि यान्त्रिक कुचो ९ब्रमुर० ले बढार्न थाले पनि आज यहाँ भइरहेका निर्माणस्थल र सवारीबाट ठूलो परिमाणमा फोहर सडकमा जम्मा भएको महानगरपालिकाले जनाएको छ । एकातिर सफाइ गरिरहँदा अर्कातिर फोहर भित्रिरहने हुँदा नियन्त्रण गर्ने योजना बनाइएको महानगरपालिकाले जनाएको छ । अहिले सम्पदा र निजी आवास निर्माण...

  • २०७५ चैत्र १५, शुक्रबार

    गैरआवासीय नेपाली खेलाडीको सहभागिता

    प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूदमा विभिन्न खेलमा २४ गैरआवासीय नेपाली सङ्घ एनआरएन खेलाडीले सहभागिता जनाउने भएका छन् । गैरआवसीय नेपाली सङ्घका अनुसार विभिन्न सात मुलुकबाट नौ खेलमा २४ खेलाडीले सहभागिता जनाउने छन् । सङ्घका अनुसार अमेरिका, संयुक्त अबर इमिरेट्स ९युएई०, मलेशिया, अष्ट्रेलिया, मकाउ, जापान र हङकङ गरी सात राष्ट्रका एनआरएन खेलाडीले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन...

  • २०७५ चैत्र १५, शुक्रबार

    विमानस्थलमा विशेष अध्यागमन डेस्क स्थापना

    लगानी सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै अध्यागमन डेस्क सञ्चालन गरिएको छ । गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेस्कको स्थापना गरिएको हो । विमानस्थलको अध्यागमन कार्यालयको सहयोगमा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले अध्यागमन डेस्क स्थापना गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । बिहीबार उद्घाटन गरिएको अध्यागमन डेस्क...

  • २०७५ चैत्र १५, शुक्रबार

    निर्वाचनबारेमा भ्रम फैलाउने नौ जना पक्राउ

    थाइल्याण्डमा भएको निर्वाचनका बारेमा भ्रम फैलाउने नौ जनालाई पक्राउ गरिएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत् निर्वाचनका बारेमा गलत विवरण फैलाएको भन्दै उनीहरुलाई अनुसन्धनका लागि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । थाईल्याण्डमा सन् २०१४ सैनिकले सत्ता लिएपछि गत आईतबार पहिलो पटक आम निर्वाचन भएको थियो । निर्वाचन भएपनि नतिजा सार्वजनिक नभइरहेका बेला उनीहरुले निर्वाचन आयोगलाई नै बदनाम गराउनेगरी...

  • २०७५ चैत्र १५, शुक्रबार

    भाजपाका सांसद शत्रुघन काँग्रेस प्रवेश गर्ने तयारीमा

    कलाकारीताबाट राजनीतिमा प्रवेश गर्नु भएका भारतीय जनता पार्टी ९भाजपा०का नेता तथा सांसद सत्रुघन सिन्हले बिहीबार भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गर्नु भएको छ । भाजपा परित्याग गरी काँग्रेस प्रवेश गर्ने तयारी स्वरुप उहाँहरुका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । आउदो अप्रिल ६ तारिखका दिन सिन्ह काँग्रेसमा प्रवेश गर्ने तय भएको काँग्रेस नेताहरुले जानकारी दिएका छन् ।...

  • २०७५ चैत्र १५, शुक्रबार

    स्मोलेट मुद्दालाई पुनः विचार गर्न आवश्यक ः ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘घृणा अपराध’लाई प्रोत्साहन गरेको आरोप लागेका अमेरिकी टेलिभिजन कलाकार जुसी स्मोलेटका सबै आरोपमाथि सफाई दिने इलिनोइसका अभियोजनकर्ताहरूको निर्णयलाई पुनः मुल्याङ्कन गरिने सम्भावना व्यक्त गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भन्नुभएको छ, “ एफबिआई र न्याय विभागले सिकागोमा दर्ता जुसी स्मोलेटमाथि लागेको घृणित मुद्दाबारे पुनः मुल्याङ्कन गर्नेछ । यो...

  • २०७५ चैत्र १५, शुक्रबार

    चरेससहित ठूलो मात्रामा लागुऔषध बरामद

    दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा बरामद गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय गजुरीको टोलीले विशेष सूचनाको आधारमा छापा मारेको थियो । गजुरी गाउँपालिका–७ पेटारे निवासी ४५ वर्षीया सुकुमाया तामाङको घर र गोठमा राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको...

  • २०७५ चैत्र १५, शुक्रबार

    नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताउनुभयो । नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक...

  • २०७५ चैत्र १५, शुक्रबार

    तीन दिन बदली र वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना...

Pages