-
२०७५ चैत्र १५, शुक्रबार
प्राचीन अभिलेखको प्रदर्शनी
वीरेन्द्रनगरस्थित प्रदेश सङ्ग्रहालयमा सयौँ वर्ष पुराना अभिलेख प्रदर्शनीमा राखिएको छ । अभिलेखको संरक्षण तथा व्यवस्थापनबारे स्थानीय र प्रदेश सरकारलाई जानकारी दिने उद्देश्यले राष्ट्रिय अभिलेखालयले प्रदर्शनी आयोजना गरेको हो । राष्ट्रिय अभिलेखालयका प्रमुख शौभाग्य प्राधानाङ्गले प्रदर्शनीका लागि सातौँ–आठौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका विभिन्न भाषा, लिपिको प्रयोग गरी ज्योतिष, आयुर्वेद, योग,...
-
२०७५ चैत्र १५, शुक्रबार
नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन ः उपसभापति निधि
नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताउनुभयो । पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ नि भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै...
-
२०७५ चैत्र १५, शुक्रबार
बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु
बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन सक्ने भन्दै खोजतलास गरिरहेका छन् । राजधानी ढाकास्थित २२ तल्ले एफआर टावरमा बिहीबार अपराह्न आगलागी शुरु हुँदा टावरमा रहेका कार्यालयहरुमा सयौं कर्मचारी, कामदारहरु कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीले भवनको...
-
२०७५ चैत्र १५, शुक्रबार
मेडिकल कलेजका शुल्क अध्ययन गर्न संसदीय समिति गठन
चिकित्सा विज्ञानका स्नातक तह ९एमबिबिएस र बिडिएस० सहित अन्य कार्यक्रमका निर्धारित शुल्क कार्यान्वयन बारेमा अध्ययन गर्न प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ । समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित सो उपसमितिमा समितिका सदस्य खगराज अधिकारी, योगेश भट्टराई, चित्रलेखा यादव, उमेश श्रेष्ठ, सन्तकुमार थारु, जीवनराम श्रेष्ठ, मनकुमारी केसी र एकवाल मियाँ...
-
२०७५ चैत्र १५, शुक्रबार
गैरसरकारी संस्था द्धारा एचआइभी सङ्क्रमितलाई सम्मान
एक गैरसरकारी संस्थाले आफ्न स्थापना दिवसको अवसर पारेर जिल्लाका एचआइभी सङ्क्रमितलाई आज सम्मान गरेको छ । गुड नेवर्स इण्टरनेशनल नेपालका जिल्ला कार्यक्रम संयोजक रञ्जितकुमार चौधरीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित बालबालिकासहित २० जनालाई सम्मानका साथ फलफूल विततरण गरियो । दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहरा र वडा नं ८ का वडाध्यक्ष रामबहादुर खड्का तथा...
-
२०७५ चैत्र १५, शुक्रबार
तार व्यवस्थित गरिने
भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा ९बिस्केट जात्रा०को क्रममा भइरहेको रथ तान्ने रुट, लिङ्गो उठाउने क्षेत्र र स्थानीयजात्रा सञ्चालन हुने क्षेत्रमा अव्यस्थित रुपमा राखिएका टेलिफोन, विद्युत्, केबुल र इन्टरनेटका तार यही चैत २५ गते सम्बन्धित निकाय आफैले व्यवस्थापन गर्ने र अनावश्यक तारहरू हटाउने भएको छ । बिस्का जात्राका सकारात्मक पक्षका बारेमा देशभरी र अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार गर्न टेलिभिजन तथा...
-
२०७५ चैत्र १५, शुक्रबार
बन्दूकसहित पक्राउ
दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घागलको गस्तीमा गएको संयुक्त प्रहरी टोलीले एक नाले भरुवा बन्दूकसहित जङ्गलमा घुमिरहेको...
-
२०७५ चैत्र १५, शुक्रबार
आलेख ः प्रयोगविहीन भए साना झोलुङ्गे
कालीगण्डकी माथि अग्ला र लामा पुल बन्न थालेपछि सर्वसाधारणको आवातजावतका लागि बनाइएका साना र छोटा पुलहरु प्रयोगविहीन बन्न थालेका छन् । बागलुङ र पर्वत जोड्ने गरी बनेका अग्ला तथा लामा पुलहरुका कारण दशकौं पहिला बनेका छोटा र होचा पुलहरु प्रयोगविहीन बनेका हुन् । अहिलेभन्दा १०० वर्ष पहिला बागलुङको निरहे घाट र पर्वतको खनियाघाट जोड्ने गरी बनेको पुलका अवशेष समेत बाँकी छैनन् । बागलुङका नन्द कुमार श्रेष्ठको...
-
२०७५ चैत्र १५, शुक्रबार
कङ्गोबाट आएको ९ टन हात्तीका दाँत भियतनाममा बरामद
भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् । भियतनाममा हात्तीको दाँत खरिद बिक्री गर्न निषेध गरिए पनि कानुनको कमजोर कार्यान्वयनका कारण विश्वव्यापी रुपमै निषेध गरिएका यस्ता वस्तुहरु कालो बजारमा खुलेआम बिक्री हुने गरेको छ । बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि भियतनाम सरकारले वन्यजन्तुको...
-
२०७५ चैत्र १५, शुक्रबार
अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए
अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत भएका छन् । समाचार अनुसार घाज्नी प्रान्तको राजधानी शहर घाज्नीको बाहिरी इलाकामा रहेको प्रहरी चेकपोस्टमा तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख सहित नौ...
-
२०७५ चैत्र १५, शुक्रबार
बसपार्क निर्माणले तुलसीपुरवासीमा खुशियाली
तुलसीपुरमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् । यात्रुलाई सहज र सुरक्षित तरिकाबाट यातायात सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको कार्यलाई तीब्ररुपमा अगाडि बढाएको छ । तुलसीपुर क्षेत्रमा अहिलेसम्म बसपार्क निर्माण नभएकाले यातायात सञ्चालन कार्य निकै चुनौतीपूर्ण र जटिल हुँदै आएको थियो । “बसपार्क निर्माण...
-
२०७५ चैत्र १५, शुक्रबार
बहाल कर स्वयं घोषणा अभियान शुरु
सूर्यविनायक नगरपालिकाले बहाल कर स्वयं घोषणा अभियान शुरु गरेको छ । नगरपालिकाले बहाल कर कार्यान्वयनमा ल्याउन पहिलो चरणमा स्वयं घोषणाको अभियान शुरु गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । अभियानका क्रममा स्वयं बहाल कर घोषणा गर्ने नगरका बासिन्दालाई नगरपालिकाले सम्मान गरेको छ । उक्त नगरपालिका –४ वडा कार्यालय ९दधिकोट० ले आयोजना गरेको सो कार्यक्रममा बहाल कर घोषणा गर्ने स्थानीयवासीलाई...


