STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र १५, शुक्रबार

    वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजूरी बढी

    वैदेशिक रोजगारीका नाममा नेपालभित्रै हुने ठगीका मुद्दा बढी पर्ने गरेको देखिएको छ । नागरिक अधिकारका लागि जनमञ्च ९पिपुल फोरम० को चार महिनाको तथ्याङ्कानुसार गत मङ्सिरदेखि फागुनसम्म मात्र ५६ प्रतिशत वैदेशिक रोजगार ठगीका मुद्दा नेपालभित्रै भएको ठगीअन्तर्गत दर्ता भएका छन् । त्यसैगरी टर्कीमा भएको ठगी दोस्रो नम्बरमा छ । टर्कीका १८ प्रतिशत ठगीका मुद्दा दर्ता भएका छन् भने तेस्रो नम्बरमा रहेको कतारका ११...

  • २०७५ चैत्र १५, शुक्रबार

    स्थानीय तहमा नेकपाको एकता टुङ्गियो

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ । पूर्व नेकपा ९एमाले० र पूर्व ९माओवादी केन्द्र० ले पाँच–पाँच स्थानीय तहमा नेतृत्वको जिम्मेवारी पाएका छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको अध्यक्ष पद...

  • २०७५ चैत्र १५, शुक्रबार

    बगरखेतीको भरमा बाढीपीडित

    विसं २०६५ मा दोदा नदीमा लालझाडी गाउँपालिका–४ खल्लाजाइका करीब ३०० परिवार विस्थापित भए । दोदा नदीमा आएको बाढीबाट विस्थापित भएका अझै पनि गाउँको उत्तरतर्फ रहेको लालझाडी सामुदायिक वन क्षेत्रमा आश्रय लिइरहेका छन् । नदीले घरखेत कटान गरेपछि सामुदायिक वन ९डाँगाजाइ० मा बस्दै आएका बाढीपीडित दोदा नदीमै बगरखेती गरेर परिवारको खर्च टारिरहेका छन् । “दशकअघि उही दोदा नदीले उठिबास लगायो”, डाँगाजाइका स्थानीय...

  • २०७५ चैत्र १५, शुक्रबार

    मिडिया कप फुटसलको उपाधि प्रेस सङ्गठनलाई

    नेपाल पत्रकार महासङ्घको ६४औंँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘मिडिया कप फुटसल प्रतियोगिता २०७५’ को उपाधि प्रेस सङ्गठन नेपालले जितेको छ । आज यहाँ भएको फाइनल खेलमा नेपाल प्रेस युनियनलाई ६ –१ को गोल अन्तरले हराउँदै प्रेस सङ्गठनले उपाधि जितेको महासङ्घका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताउनुभयो । विजेता र उपविजेता टिमलाई महासङ्घका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल...

  • २०७५ चैत्र १५, शुक्रबार

    यान्त्रिकरणले आलुखेतीमा सरलता

    आलुखेतीमा यान्त्रिकरणले यहाँका कृषकलाई लगानी तथा उत्पादनमा निकै सरलता भएको पाइएको छ । आलुखेतीका लागि ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागत कम भएको र उत्पादनमा समेत कमी नभएको मण्डन देउपुर नगरपालिका–७ पौवाटारका कृषक गोविन्द नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “आलु रोप्ने ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागतमा कमी हुन्छ, समयको पनि बचत हुन्छ ।” उहाँको दुई रोपनी जमीनमा आलुको ड्याङ...

  • २०७५ चैत्र १५, शुक्रबार

    लगानी सम्मेलनः लगानीका लागि सहज वातावरण निर्माण

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रको अध्यक्षता गर्दै उहाँले लगानीमैत्री वातावरण निर्माण गर्ने क्रममा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायत लगानीसम्बन्धी कानूनलाई पूर्णता...

  • २०७५ चैत्र १५, शुक्रबार

    असिनाले हिउँदेबालीमा क्षति

    रुकुम ९पूर्व० का विभिन्न स्थानमा परेको असिनाले गहुँ, जाँै र तरकारीबाली तथा फलफूललाई ठूलो क्षति पु¥याएको छ । यस वर्ष समयसमयमा हिउँदे वर्षा हुँदा हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आशमा बसेका किसान अहिले चिन्तित बनेका छन् । “सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँ बाली राम्रो भएको थियो”, किसान टेकप्रसाद रोकाले भन्नुभयो, “खेतबारीमा नै सेताम्य हुने गरी असिना परेपछि सबै बाली सखाप...

  • २०७५ चैत्र १५, शुक्रबार

    आयात घटाउन चैतेधान उत्पादनमा जोड

    नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने धानमा रोक लागाउन चैतेधान उत्पादनमा थप जोड दिनुपर्ने सुझाव दिइएको छ । यस मौसममा बर्खाभन्दा चर्को घाम लाग्ने हुँदा असारको तुलनामा धेरै धान उत्पादन हुने भएकाले यसै महिनामा धान लगाउन कृषि विज्ञले सुझाव दिएका हुन् । चैत दिन लामो र रात छोटो हुने तथा घाम बढी समयसम्म लाग्ने महिना पनि हो । यो प्रायःआकाशमा बादल नलाग्ने बेला हो । सूर्यको ताप बढी हुने र सूर्यको...

  • २०७५ चैत्र १५, शुक्रबार

    मासु पसल मापदण्डविपरीत

    छिमेकी जिल्लामा बर्डफ्लुको सङ्क्रमण भेटिएसँगै प्रायगरी बन्द जस्तै भएका मादी गाउँपालिकाका मासु पसलको अनुगमन गरिएको छ । गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा स्थानीय पातीचौर बजार र डिमुवाबजारका मासु पसल अनुगमन गरिएको छ । अनुगमनका क्रममा कुनै पनि पसल मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । बाह्र पसल अनुगमन गरिएकामा धौलागिरि फ्रेस हाउसबाहेक अन्य ११ वटा पसल मापदण्ड नै नपु¥याइ सञ्चालन गरेको पाइएको...

  • २०७५ चैत्र १५, शुक्रबार

    पत्रकारिता तालीम

    मोफसलका पत्रकारलाई सशक्त बनाउन प्रशिक्षण दिइएको छ । बिहिबारसम्पन्न दुईदिने प्रशिक्षणमा शुसासन र विकास विषयमा केन्द्रित रही पत्रकारले स्थलगत समाचार सङ्कलन र लेखनका साथै आम नागरिकलाई जानकारी गराउन त्यसमा समेट्नुपर्ने विषयवस्तुलगायत विषयमा जानकारी दिइएको नेपाल पत्रकार महासङ्घका जिल्ला सभापति हेमनाथ खतिवडाले बताउनुभयो । अस्ट्रेलियन राजदूतावासको आर्थिक सहयोगमा काठमाडौँस्थित राष्ट्रिय सञ्चार विकास...

  • २०७५ चैत्र १५, शुक्रबार

    भक्तपुरमा आजदेखि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु

    भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको हो । मोतिबिन्दु शल्यक्रियाको उद्घाटन गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरमै सबै किसिमका आँखा सेवाको उपचार शुरु हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकले सस्तो र...

  • २०७५ चैत्र १५, शुक्रबार

    वर्डफ्लुका कारण ५० हजार कुखुरा नष्ट

    वर्डफ्लुुबाट प्रभावित जिल्लाका विभिन्न क्षेत्रबाट हालसम्म ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । वर्डफ्लुु प्रभावित क्षेत्रमा रहेका ४८ पोल्ट्री फार्ममध्ये संक्रमित देखिएका २८ फार्ममा रहेका उक्त परिणामको कुखुरा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पशु चिकित्सकसहितको टोलीले प्रभावित क्षेत्रबाट नौ हजार १५ अण्डा र एक हजार ४६३ किलो दाना पनि...

Pages