STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र १४, बिहिबार

    विद्यालय अनुगमन

    नागरिक समाजको तर्फबाट सिद्धलेक गाँउपालिकाको आधारभूत विद्यालय र माध्यमिक विद्यालयको शिक्षा क्षेत्रको सेवाप्रवाहको निगरानी गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजनाको पहलमा बुधबार नागरिक समाजले तीन विद्यालयमा अनुगमन गरेको हो । भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग र सजावट अवस्थाबारे अवलोकन गरिएको थियो । त्यसैगरी विद्यालय हाताको फोहर व्यवस्थापन र सरसफाइको अवस्था र पाठ्यसामग्रीसहित पुस्तकालय...

  • २०७५ चैत्र १४, बिहिबार

    आगलागीमा २० लाखभन्दा बढीको क्षति

    सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक...

  • २०७५ चैत्र १४, बिहिबार

    बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

    उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालत उदयपुरले जनाएको छ । बालिका हत्या गर्ने १६ वर्षीय किशोरविरुद्ध १२...

  • २०७५ चैत्र १४, बिहिबार

    धेरै बच्चा जन्माएका बावुआमालाई मुटुको रोगको खतरा बढी

    पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ । “यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,” अध्ययनकर्ताहरूले भनेका छन् । उनीहरुका अनुसार अहिले भने परिवारको...

  • २०७५ चैत्र १४, बिहिबार

    अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

    रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कुखुराको फार्मबाट आउने दुर्गन्धले बसिनसक्नु भए पनि उनीहरुलाई त्यहाँ बस्नुको विकल्प छैन । आवाजविहीन ती तीन दाजुबहिनी रोल्पा नगरपालिकाको मुटु मानिने...

  • २०७५ चैत्र १४, बिहिबार

    स्वास्थ्य कार्यालयको उद्घाटन

    गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्घाटन गर्नुभयो । कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित ११ कर्मचारीको...

  • २०७५ चैत्र १४, बिहिबार

    पर्यटक लोभ्याउँदै इर्लुङ झरना

    स्वच्छ वातावरण, चराचुरुङ्गीको चिरविराहटसँगै छङ्छङ्ती झरेको पानीको झरनाले यहाँ पुग्ने जोकोहीको मन लोभ्याउने गरेको छ । तनहुँ भिमाद नगरपालिका–९ पाथर्दी गाउँको पुछारमा रहेको धुँवाखोलाको पानी झर्ने इर्लुङ झरना धेरै सम्भावना बोकेको स्थल हो । स्थानीय समाजसेवी ७२ वर्षीय सोमबहादुर रानाका अनुसार ४० मिटर उचाइको झरना पर्यटकीय दृष्टिबाट अन्यन्त महत्वपूर्ण रहे पनि उचित प्रचारप्रसारको अभावमा अपेक्षित विकास भने...

  • २०७५ चैत्र १४, बिहिबार

    चिनियाँहरू पढाइका लागि समुद्रपार जाने क्रम बढ्दो

    चिनियाँ विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने क्रममा हरेक बर्ष वृद्धि हुँदै आएको देखिएको छ । चीनको शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक एक तथ्याङ्कमा सन् २०१८ मा अध्ययनका लागि विदेश गएका विद्यार्थीको सङ्ख्या छ लाख ६२ हजार १०० पुगेको जनाएको छ । यो सङ्ख्या अघिल्लो बर्षभन्दा ५३ हजार ७०० बढी हो । विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूमा ६५ हजार ८०० लाई सरकारद्वारा सहयोग भएको र पाँच लाख ९६ हजार ३००...

  • २०७५ चैत्र १४, बिहिबार

    राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा

    राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट व्यवस्था नुहँदा राष्ट्रिय खेलको भविष्य अन्योलमा परेको हो । विसं २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबललाई...

  • २०७५ चैत्र १४, बिहिबार

    वन संरक्षण जनचेतना सप्ताह सम्पन्न

    वनमा डढेलो लाग्न नदिन सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने सहभागीले जोड दिएका छन् । प्राकृतिक सम्पदाको रुपमा रहेको वनबाट मानव जीवनमा निकै फाइदा रहेकाले यसको संरक्षण, संवद्र्धन हुनु जरुरी रहेको सरोकारवालाको भनाइ छ । निजी, साझेदारी र सामुदयिक वन गरी मोरङमा ५५ हजार ५०० हेक्टर जग्गामा वन छ भने समग्र जिल्लाको २९।९ प्रतिशत क्षेत्रफल वनले ढाकेको छ । प्रायः फागुनदेखि जेठ महीनामा वनमा डढेलो लाग्ने...

  • २०७५ चैत्र १४, बिहिबार

    अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु

    संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदैछ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूत रुपमा अगाडि बढेको छ । अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ...

  • २०७५ चैत्र १४, बिहिबार

    पक्षी तथा जनावर अनुसन्धानको केन्द्र बन्दै दाङ

    पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ । देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ । देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथा विदेशबाट विद्यार्थी तथा अनुसन्धानकर्ता आउने गरेका छन् । केही दिनअघि मात्रै एक विदेशी नागरिक आएर त्यहाँका जलपक्षी तथा जङ्गली जनावरको अध्ययन...

Pages