-
२०७५ चैत्र १४, बिहिबार
आठौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला शुरु
नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलाको आठौँ संस्करण आजदेखि शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा स्थानीय भृकुटीमण्डपमा शुरु भएको मेलामा २२५ बिक्री...
-
२०७५ चैत्र १४, बिहिबार
हेलिकप्टर दुर्घटनामा १३ जनाको मृत्यु
कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । कजाखस्तानका नवनिर्वाचित राष्ट्रपति कास्सिम जोमार्ट टोकायेभले घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । एमआई हेलिकप्टरहरु यात्रुहरु र दुर्गम क्षेत्रहरुमा सामान ओसारपसार गर्न बढी मात्रामा प्रयोग हुने गर्दछ ।...
-
२०७५ चैत्र १४, बिहिबार
काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन – पाकिस्तान
पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद तालिम केन्द्रहरुको सूची पठाएको थियो । तर पाकिस्तानी विदेश मन्त्रालयले भारतले उपलब्ध गराएका व्यक्ति तथा स्थानसँग पुलवामा घटनाको कुनै...
-
२०७५ चैत्र १४, बिहिबार
अब हिंसा र क्रान्ति आवश्यक छैन प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने...
-
२०७५ चैत्र १४, बिहिबार
‘पर्यटकीय सवारी चालकलाई पोशाक अनिवार्य’
पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा आज यहाँ सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रम’मा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिइएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भन्नुभयो, “पोशाक र परिचयपत्र...
-
२०७५ चैत्र १४, बिहिबार
सडक दुर्घटनामा १८ मृत्यु
ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी कम्ती १८ ग्वाटेमाली नागरिकको मृत्यु भएको छ । ग्वाटेमालाको पश्चिमी शहर नाहुआलाको प्रवेशद्धारमा एक सानो ट्रकले करिब १८ व्यक्तिलाई किचेर मारेको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । सर्वसाधारण जम्मा भएका एक स्थानमा उच्च गतिमा आइरहेको एक ट्रकले किचेर ट्रक चालकले भागेका बताइएको छ । गाडीले नै किचेर मारिएका एक स्थानीय नेताका विषयमा चर्चा...
-
२०७५ चैत्र १४, बिहिबार
चुनढुङ्गाढुवानी सेवा ठप्पः सिमेन्ट उद्योग प्रभावित
तिनाउगाउँपालिकामा सञ्चालित चुनढंङ्गा खानीबाट ढुवानी सेवा ठप्प भएको छ । ढुवानी सेवा ठप्प भएपछि कच्चा पदार्थको अभावमा सिमेन्ट उद्योग प्रभावित भएका छन् । वैज्ञानिक भाडादर लागू नहुदाँसम्म ढुवानी हुन नसक्ने भन्दै ढुवानी व्यवसायी आन्दोनमा उत्रिएपछि विगत आठ दिनदेखि सो सेवा ठप्प भएको हो । चार वर्षदेखिकै मूल्यमा चुनढुङ्गाा ढुवानी गर्न बाध्य हुँदा आफूहरु घाटामा रहेको व्यवसायीको भनाइ छ । सिमेन्ट उद्योगले...
-
२०७५ चैत्र १४, बिहिबार
अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई सम्मान
कराते खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ । भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रिज क्याकोसिन कराते प्रतियोगितामा नेपालका तर्फबाट स्वर्णपदक जितेका केसीलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले नगद रु २५ हजार, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान...
-
२०७५ चैत्र १४, बिहिबार
सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार
जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ । खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा चैत १२ गते लगिए पनि सुत्केरी हुन नसकेको पछि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उद्धार गरिएको हो । थापाको अहिले क्षेत्रीय अस्पताल...
-
२०७५ चैत्र १४, बिहिबार
प्रत्येक गाउँलाई आर्थिक केन्द्र बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सधँै सहयोग गर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङगामा स्थापना गरिएको गण्डकी प्रदेशस्तरीय विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कार्यालयको आज उद्घाटन गर्दै उहाँले प्रत्येक गाउँलाई आर्थिक केन्द्र नबनाएसम्म समृद्ध नेपालको निमार्ण गर्न नसकिने बताउनुभयो ।...
-
२०७५ चैत्र १४, बिहिबार
दक्षिण कोरियामा काम गर्ने उमेर समूहका जनसङ्ख्या घट्ने अनुमान
दक्षिण कोरियामा आगामी वर्षबाट काम गर्ने उमर समूहको जनसङ्ख्या घट्ने अनुमान गरिएको छ । दक्षिण कोरियाली तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो कुरा प्रष्ट भएको हो । तथ्याङ्क विभागले गरेको सन् २०१७ बाट २०६७ सम्मको अनुमान अनुसार काम गर्ने उमेर समूह अर्थात् १५ देखि ६४ वर्षका व्यक्तिहरु सन् २०१७ मा ३ करोड ७५ लाख ७० हजार पुगेको थियो । सो सङ्ख्या सन् २०६७ सम्मकै सबैभन्दा बढी हुने...
-
२०७५ चैत्र १४, बिहिबार
राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यू डाइमण्ड विजयी
सातौँ संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बल ९एपिएफ० र न्यू डाइमण्ड एकेडेमी विजयी भएका छन् । विभागीय टोली एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय ग¥यो भने न्यू डाइमण्डले आर्मीलाई पराजित गर्दै फाइलनमा प्रवेश ग¥यो । अब भोलि हुने उपाधि भिडन्तमा आयोजक एपिएफ र न्यू डाइमण्ड भिड्नेछन् । हल्चोकस्थित एपिएफको भलिबल कोर्टमा आज भएको...


