-
२०७५ चैत्र १४, बिहिबार
स्वयम्भूमा बज्राचार्यको दे आचार्य गुठी
काठमाडौँका विभिन्न १८ वटा महाविहारसँग आबद्ध बज्राचार्यको बृहत्भेला दे आचार्य गुठी आजदेखि काठमाडौँको स्वयम्भूमा शुरु भएको छ । दे आचार्य गुठी हरेक वर्ष चैत्र कृष्णपक्ष अष्टमी र नवमीका दिने हुने परम्परा छ । दुईदिने भेलामा काठमाडौँका विभिन्न १८ वटा महाविहारका १८०० भन्दा बढी बज्राचार्यको सहभागिता छ । स्वयम्भु महाचैत्यको प्रसिद्ध शान्तिपुरमा हुने सो कार्यक्रममा चामल, चिउरा, केराउ, पैसा आदि प्रदान...
-
२०७५ चैत्र १४, बिहिबार
प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिए पछि प्रदेश नं २ मा एसइई परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाअन्तर्गत आजको अनिवार्य विज्ञान विषयको परीक्षा प्रदेश नम्बर २ मा स्थगित गरेको छ । यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले भन्दै बोर्डको आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले सूचना जारी गर्दै आज स्थगित भएको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले...
-
२०७५ चैत्र १४, बिहिबार
मध्यपुरथिमिमा फोटो प्रदर्शनी
मध्यपुरथिमि नगरपालिका–३ सानोठिमीस्थित खेल मैदानमा आज वृहत फोटो प्रदर्शनीको आयोजना गरिएको छ । मध्यपुरथिमि नगरपालिकाको २३आँै स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीमा राष्ट्रिय समाचार समिति ९रासस०का पत्रकारहरु रत्न श्रेष्ठ, रमेश गिरी र नवीन पौडेल तथा न्यूज अफका जगत प्रजापतिलगायतले विभिन्न समयमा खिचेका तस्बीर प्रदर्शनीमा राखिएका छन् । नगरपालिका भित्र सञ्चालित विकास निर्माणका काम,...
-
२०७५ चैत्र १३, बुधबार
सखुवाको काठ बरामद
डिभिजन वन कार्यालय झापाले दमक नगरपालिका–५ स्थित फर्निचर उद्योगले खाडलमा लुकाएको सखुवा जातको काठ बरामद गरेको छ । धनेश्वर काष्ठ तथा दाउरा खरीद बिक्री केन्द्रले उद्योग परिसरमै खाल्डो खनेर लुकाएको तीन सय दश दशमलव २५ क्यूफिट सालको चिरान काठ सोमबार बरामद गरेको जनाएको छ । विशेष सुराकीको आधारमा सो काठ डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय दमक र सुरुङ्गाबाट गएको टोलीले काठ बरामद गरेको हो । सो काठ...
-
२०७५ चैत्र १३, बुधबार
मिथेन ग्यास उत्खनन गरिँदै
पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम...
-
२०७५ चैत्र १३, बुधबार
ब्याडमिन्टनमा प्रिन्सको उत्कृष्ट प्रदर्शन
सिल्क ग्रुपका प्रिन्स दाहाल १५औँ कृष्णमोहन स्मृति राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगितामा विजयी भएका छन् । हलचोकस्थित एपिएफको कभर्डहलमा भएको खेलमा दाहाल पुरुष एकल, पुरुष युगल र ब्वाइज यु– १७ मा जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष एकलमा प्रिन्सले एपिएफकै पेम्बा शेर्पालाई २२–२० र २१–११ अङ्कले जिते । दुबई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितका स्वर्ण पदकधारी प्रिन्सले अन्तिम आठमा...
-
२०७५ चैत्र १३, बुधबार
भाइरल ज्वरोको सङ्क्रमण
मौसम बदलीसँगै डडेल्धुरामा भारल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा आजभोलि १५० भन्दा बढी बिरामी...
-
२०७५ चैत्र १३, बुधबार
इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति
नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ । निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना प्रविधिको अधिकतम् उपयोग गर्ने विषयसमेत सो रणनीतिमा समावेश गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । बजारमा इन्धनको खपत...
-
२०७५ चैत्र १३, बुधबार
विप्लव समूहका चार कार्यकर्ता पक्राउ
जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको जानकारीअनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम...
-
२०७५ चैत्र १३, बुधबार
पार्टी एकता टुङ्ग्याउन नेकपाद्वारा कार्यदल गठन
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ । मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो । बैठकले एकतालाई छिटो टुङ्ग्याउनका लागि साङ्गठनिक एकीकरणसम्बन्धी काम गर्नका लागि नेता हरिकृष्ण...
-
२०७५ चैत्र १३, बुधबार
घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्य काठमाडौँ
सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो । ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं...
-
२०७५ चैत्र १३, बुधबार
एथलेटिक्स सङ्घ निलम्बनमा पर्नसक्ने
इन्टरनेशनल एशोसिएशन अफ एथलेटिक्स फेडेरेसन ९आइएएएफ० ले नेपाल एथलेटिक्स सङ्घलाई निलम्बनको चेतावनी दिएको छ । आइएएएफले युवा तथा खेलकूद मन्त्रालयलाई पत्रचार गर्दै नेपाल एथलेटिक्स सङ्घले समयमै निर्वाचन गर्न नसकेको कारण देखाउँदै निलम्बन गर्ने चेतावनी दिएको मन्त्रालयले जनाएको छ । आइएएएफले गत मार्च १५ मा गरेको पत्राचारमा नेपाल एथलेटिक्स सङ्घले एक वर्षसम्म नयाँ नेतृत्वका लागि निर्वाचन गर्न नसकेको स्मरण...


