-
२०७५ चैत्र १३, बुधबार
घुम्नैपर्ने १९औँ उत्कृष्ट गन्तव्य काठमाडौँ
सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो । ट्रिप एडभाइजर डटकमले काठमाडौँ उपत्यका र आसपासका धार्मिक एवं...
-
२०७५ चैत्र १३, बुधबार
एथलेटिक्स सङ्घ निलम्बनमा पर्नसक्ने
इन्टरनेशनल एशोसिएशन अफ एथलेटिक्स फेडेरेसन ९आइएएएफ० ले नेपाल एथलेटिक्स सङ्घलाई निलम्बनको चेतावनी दिएको छ । आइएएएफले युवा तथा खेलकूद मन्त्रालयलाई पत्रचार गर्दै नेपाल एथलेटिक्स सङ्घले समयमै निर्वाचन गर्न नसकेको कारण देखाउँदै निलम्बन गर्ने चेतावनी दिएको मन्त्रालयले जनाएको छ । आइएएएफले गत मार्च १५ मा गरेको पत्राचारमा नेपाल एथलेटिक्स सङ्घले एक वर्षसम्म नयाँ नेतृत्वका लागि निर्वाचन गर्न नसकेको स्मरण...
-
२०७५ चैत्र १३, बुधबार
लागुऔषध ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’
प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ । बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ । बरामद गरिएको लागुऔषध नष्ट भने गरेको कुनै खबर सार्वजनिक हुँदैन । प्रहरीले अहिलेसम्म कति आगुऔषध बरामद ग¥यो...
-
२०७५ चैत्र १३, बुधबार
कृषकलाई हातेट्र्याक्टर वितरण
पोखरा महानगरपालिका कृषि महाशाखाले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर वितरण गरेको छ । महाशाखाको चालू आर्थिक वर्षको कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गत विनियोजित रु २५ लाख बजेटबाट ६२ कृषि समूह तथा सहकारीलाई हातेट्र्याक्टर वितरण गर्ने योजनाअनुसार मङ्गलबार ३० समूह, सहकारी तथा कृषि फार्मलाई ट्र्याक्टरवितरण गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । महानगरले ५० प्रतिशत अनुदानमा...
-
२०७५ चैत्र १३, बुधबार
दुर्घटनामा तीनको मृत्यु
सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ । ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतो शव फेला परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले...
-
२०७५ चैत्र १३, बुधबार
सञ्चारमाध्यम ‘जनताका शत्रु ः ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिनुभएको छ । ट्रम्पको निर्वाचन अभियानमा रूसी साँठगाँठबारे वर्तमान् राष्ट्रपतिमाथि लागेको आरोपको छानविन गरी हालै प्रतिवेदन पेश गरेका अमेरिकी संघीय अनुसन्धान विभागका पूर्व निर्देशक रोबर्ट म्युलरको प्रतिवेदनले ट्रम्पलाई उक्त मुद्दामा दोषी नभेटिएको भन्ने निष्कर्षपछि ट्रम्पको यो भनाई आएको हो ।...
-
२०७५ चैत्र १३, बुधबार
आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित
आँधीबाट प्रभावित भएका दक्षण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् । आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीले झण्डै सात सय जनाको मृत्यु भएको छ भने अरु थुप्रै भौतिक क्षति भएको छ । आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी क्षेत्रलाई प्रभावित पारेको छ । आँधीबाट प्रभावित भएको मध्ये झण्डै तीन हजार...
-
२०७५ चैत्र १३, बुधबार
बलात्कारको आरोपमा तामाङ पक्राउ
झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको युवतीका बुबाले दिएको उजुरीका आधारमा प्रहरीले तामाङलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार...
-
२०७५ चैत्र १३, बुधबार
अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण शुरु
बुटवल उपमहानगरपालिकाले नगरभित्र अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण शुरु गरेको छ । उपमहानगरले अपाङ्गता परिचयपत्र कार्यविधि–२०७५ जारी गरेसँगै परिचयपत्र वितरण शुरु गरेको हो । उपप्रमुख तथा अपाङ्गता नगर समन्वय समिति संयोजक गुमादेवी आचार्यले बुटवलका तीन अपाङ्गता भएका बालबालिकालाई परिचयपत्र वितरण गर्दै उक्त कार्यको शुभारम्भ गर्नुभयो । सो अवसरमा संयोजक आचार्यले अपाङ्गता भएका व्यक्तिको...
-
२०७५ चैत्र १३, बुधबार
घुम्टेमा गुराँस उत्सव हुने
लालीगुराँस संरक्षणका लागि बागलुङमा ‘गुराँस उत्सव’ को आयोजना गरिने भएको छ । पछिल्लो समय गुराँसका वनमा सडक विस्तार तथा फँडानीले गर्दा गुराँस मासिँदै गएकाले यसको संरक्षणका लागि पर्यटन विकास केन्द्र बागलुङले नयाँ वर्ष २०७६ को अवसरमा यहाँको घुम्टे पहाडमा ‘गुराँस उत्सव’ को आयोजना गर्ने भएको हो । उत्सव चैत ३० र वैशाख १ गते हुनेछ । समुद्री सतहदेखि तीन हजार १२० मिटरको उचाइमा रहेका तथा जिल्लाकै अग्लो...
-
२०७५ चैत्र १३, बुधबार
बोइङ ७३७ म्याक्स आकस्मिक अवतरण
इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाई जहाज स्थानीय समयअनुसार मङ्गलबार आकस्मिक अवतरण गर्नु परेको छ । यही मोडेलका विमान इथियोपिया र इन्डोनेसियामा छ महिनाका अन्तरालमा दुर्घटनाग्रस्त भइसकेका छन् । एकपछि अर्को दुर्घटना भएसँगै विश्वका धेरै मुलुकमा बोइङ ७३७ म्याक्स विमानहरु उडाउन निषेध गरिएका छन् । अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासन ९एफएए० का अनुसार यात्रुरहीत...
-
२०७५ चैत्र १३, बुधबार
गोरखापत्रलाई समयसापेक्ष बनाउन सुझाव
मुख्यमन्त्री लालबाबु राउतले ‘गोरखापत्र’लाई समयसापेक्ष बनाउन सुझाव दिनुभएको छ । गोरखापत्र संस्थानले आजदेखि जनकपुरमा शुरु गरेको दुई दिवसीय प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आजको प्रतिस्पर्धी युगमा गोरखापत्र संस्थानले पुरानो ढर्रा नत्यागे इतिहासमा सीमित हुनेतर्फ सचेत गराउनुभयो । अनुभव र ऊर्जाले भरिपूर्ण गोरखापत्र अहिले ठेक्कापट्टा र पदपूर्तिसम्बन्धि विज्ञानको पर्याय...


