-
२०७५ चैत्र १३, बुधबार
पार्टी सुधार्न लागिपरेको छु महामन्त्री कोइराला
नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताउनुभएको छ । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उहाँको जिकिर थियो । प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता कोइरालाले पार्टी अध्यक्षको बारेमा धेरै टीकाटिप्पणी आइरहेको भन्दै अध्यक्षले सबैलाई मिलाएर लैजान नसकेको हँुदा...
-
२०७५ चैत्र १३, बुधबार
पाँच निरीक्षक र छ परीक्षार्थी पक्राउ
एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा आज पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन् । गणित विषयको परीक्षामा आज महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ । चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको आजको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताउनुभयो । यसैगरी बमनगामा कट्टी...
-
२०७५ चैत्र १३, बुधबार
भारतीय विदेश सचिव गोख्ले आउँदै
भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ । आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उहाँ आउन लाग्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । करीब १५ महीनाअघि विदेश...
-
२०७५ चैत्र १३, बुधबार
प्रहरीचौकीमा ढुङ्गामुढा गर्ने पाँच पक्राउ
बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै जनालाई पक्राउ गरेको हो । “गएराति १० बजे प्रहरीचौकी नजिकैको चोकमा जम्मा भएका पाँचै जनाले हो हल्ला गर्न थालेपछि प्रहरीले सम्झाइ...
-
२०७५ चैत्र १३, बुधबार
सफ्टवेयरमा समस्या भएन शेयर कारोवार
प्राविधिक समस्या आपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १।४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो । स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ । उहाँले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो...
-
२०७५ चैत्र १३, बुधबार
उत्पादित जडीबुटीले बजार पाएन
उत्पादितजडीबुटीको बजारीकरणसँगै प्रशोधनमा ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका छन् । डिभिजन वन कार्यालय भोजपुरमा आज आयोजना गरिएको जडीबुटीखेती सम्बन्धी अन्तरक्रियाका सहभागीले जिल्लामा धेरै प्रकारका जडीबुटी उत्पादन हुने गरेको भए पनि बजारीकरण तथा प्रशोधन केन्द्र नहुँदा समस्या हुने गरेकोले त्यसतर्फ ध्यान दिन सरोकारवाला पक्षलाई आग्रह गरेका हुन् । उनीहरुले जडीबुटी किसानले वास्तविक मूल्य नपाएको गुनासो...
-
२०७५ चैत्र १३, बुधबार
यमनको अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु
यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ । किताफस्थित एक ग्रामीण अस्पतालको प्रवेशद्वारनजिकै स्थानीय समय अनुसार मङ्गलबार बिहान ९ः३० बजे सो क्षेप्यास्त्र आक्रमण भएको हो । यस आक्रमणमा परी चार बालबालिका र दुई वयस्क र अन्य एक परिचय खुल्न नसकेका व्यक्तिको मृत्यु भएको बताइएको छ । अस्पताल खुलेको...
-
२०७५ चैत्र १३, बुधबार
रुस, भेनेजुएलाबीच २० वटा सम्झौताको तयारी
रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षा समेतका विभिन्न क्षेत्रमा सहयोग सम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बताउनुभएको छ । “अप्रिलमा रुस र भेनेजुएलाबीच अन्तरसरकारी सहयोग सम्बन्धी उच्चस्तरीय कार्यदलको बैठक बस्दैछ । बैठकले आर्थिक, व्यापारिक, सांस्कृतिक, ऊर्जा र शिक्षासम्बन्धी २० वटा दस्तावेजमा हस्ताक्षर हुनेछ,” रुसी समाचार समिति ताससँगको अन्तर्वार्तामा...
-
२०७५ चैत्र १३, बुधबार
रु ४५ करोड आयात हुँदा निर्यात साढे तीन लाख मात्र
चालू आर्थिक वर्षको पहिलो आठ महिनामा कैलालीस्थित सत्ती भन्सार कार्यालयबाट ४५ करोड मूल्य बराबरको सामान आयात भएको छ भने करीब साढे तीन लाख मूल्य बराबरको सामान मात्र निर्यात भएको छ । सरकारले चालू आर्थिक वर्षको शुरुमै सत्ती भन्सार कार्यालयलाई मुख्य भन्सार कार्यालयको रुपमा स्तरोन्नति गरेको थियो । “यो भन्सार कार्यालयबाट आयातित सामानको अवस्था सन्तोषजनक रहे पनि निर्यातको अवस्था अत्यनत नाजुक रहेको छ”, सो...
-
२०७५ चैत्र १३, बुधबार
वल्र्ड नेवाः अर्गनाइजेशनको तीन दिने महाधिवेशन राजधानीमा
विश्व भरका नेवारहरुको अन्तर्राष्ट्रिय संगठन वल्र्ड नेवाः अर्गनाइजेशनको तेश्रो महाधिवेशन चैत १४ गतेदेखि १६ गतेसम्म राजधानीमा हुने भएको छ । सोही क्रममा विश्व नेवाः दिवस चैत १६ गते सनिबारका दिन काठमाडौंको बसन्तपुरबाट भव्य ¥याली आयोजना हुँदैछ । ज्यापु महागुथि काठमाडौं महानगर समितिले ६३ वटा टोलको विशेष छलफल कार्यक्रम आयोजना गरी वल्र्ड नेवाः अर्गनाइजेशनको तेश्रो महाधिवेशनको लागि सहयोग गर्ने जानकारी...
-
२०७५ चैत्र १३, बुधबार
बुटवलमा गोली प्रहार गरी भारतीयको हत्या
बुटवल उपमहानगरपालिका– १ गडी टोलमा भारतीय नागरिकको गोली प्रहार गरी हत्या गरिएको छ । बुटवलको अटो भिलेजस्थित एक अटो वर्कसपमा काम गर्दै आएका भारत बेलियाका ४० वर्षीय फिरोज खानको आज अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । गोली लागी घाइते भएका खानको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । उनी...
-
२०७५ चैत्र १२, मंगलबार
चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ घाइते
चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा...


