STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र १२, मंगलबार

    स्टकमा धर्ना बस्न खोज्ने पक्राउ

    पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समूहका प्रतिनिधिले भोक हडतालको ब्यानरसहित स्टकको प्रवेशद्वारमा धर्ना शुरु गर्न लाग्दा हटाउँदै राष्ट्रिय समाचार समिति ९रासस०को प्रवेशद्वार बाहिरबाट प्रहरीले करीब १० जनालाई नियन्त्रणमा लिएको हो ।...

  • २०७५ चैत्र १२, मंगलबार

    चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

    नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको । नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेको ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय...

  • २०७५ चैत्र १२, मंगलबार

    खेलमैदानसहित पार्क बनाउन जग्गा दान

    तनहुँको भिमाद नगरपालिका–९ निवासी दिलबहादुर थापाले सोही वडाको पाथर्दी गाउँलाई तीन रोपनी ९ आना जग्गा दान गर्नुभएको छ । खेलमैदानसहित पार्क निर्माणका लागि थापाले करीब रु १० लाख बराबरको जग्गा खरीद गरी पाथर्दी गाउँलाई दान गर्नुभएको हो । काठमाडाँैमा अपार्टमेन्टको व्यवसाय गर्नुभएका उहाँले आफ्नो गाउँको विकासका लागि खेलमैदान बनाउन जग्गा सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाथर्दी गाउँमा पर्यटक...

  • २०७५ चैत्र १२, मंगलबार

    सरकारले वार्ता र संवादको ढोका बन्द गरेको छैन स् वरिष्ठ नेता नेपाल

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ता र संवादबाट समस्याको समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर...

  • २०७५ चैत्र १२, मंगलबार

    बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन

    चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा अझै बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु हुन सकेको छैन । चैत १ गतेदेखि देशभर शुरु भएको तथ्याङ्क सङ्कलन उक्त गाउँपालिकामा भने सम्बन्धित कर्मचारीे अनुपस्थितिका कारण हुन नसकेको हो । गाउँपालिकाको रोजगार संयोजकमा नियुक्त भई आउनुभएका अधिकृत तहका कर्मचारी पवन खरेल एक दिनमात्र हाजिर गरी बिदामा बस्नुभएकाले आएका सयौँ बेरोजगारले फाराम भर्न पाएका छैनन् । वडा वडामा...

  • २०७५ चैत्र १२, मंगलबार

    दाङ–सुर्खेत सडकको विवाद टुङ्गियो

    दाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो । बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बायाँ छ मिटर छोड्नु पर्ने माग गर्दै स्थानीयवासीले सङ्घर्ष समिति बनाएर विरोध गरेका थिए । अन्य क्षेत्रमा सात मिटर कालोपत्रे, दायाँबायाँ...

  • २०७५ चैत्र १२, मंगलबार

    मन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटवार्ता

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा सम्बन्धी बङ्गलादेशसँग भएको द्विपक्षीय समझदारीलाई अगाडि बढाउन नेपाल सरकार तत्पर रहेको बताउनुभएको छ । मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सलाई उहाँले सो कुरा बताउनुभएको हो । भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । भेटमा मन्त्री...

  • २०७५ चैत्र १२, मंगलबार

    युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

    युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत वर्ष...

  • २०७५ चैत्र १२, मंगलबार

    १५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राससबाट

    ‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ भन्ने मूल नाराका साथ शुरु भएको १५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राष्ट्रिय समाचार समिति तुलसीपुर दाङ शाखाले गरेको छ ।तुलसीपुर उपमहानगरपालिका कार्यालय अगाडिबाट आज बिहान भएको सरसफाइ, आदर्श टोल हुँदै राष्ट्रिय समाचार समितिको व्यापारिक भवन अगाडि पुगेर समापन गरिएको थियो । सो अभियानमा ती सडकमा पर्ने नाला सफाइ, बोटबिरुवा गोडमेल र रोपिएका बिरुवा संरक्षण गरिएको थियो...

  • २०७५ चैत्र १२, मंगलबार

    जनकपुरमा नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने

    यही चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलनद्वारा आयोजना हुने सो सम्मेलनमा हिन्दी भाषाबारे विचारविमर्श, कविगोष्ठी र स्रष्टालाई सम्मान गरिने जनाइएको छ । सो अवसरमा यस वर्षको राजर्षि जनक प्रतिभा पुरस्कार डा रामदयाल राकेशलाई प्रदान गरिने निर्णय गरिएको सम्मेलनका अध्यक्ष एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले जानकारी दिनुभयो । सो...

  • २०७५ चैत्र १२, मंगलबार

    विप्लव आन्दोलनको कुनै अर्थ छैन ः मुख्यमन्त्री गुरुङ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताउनुभएको छ । आज पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले मुलुकको विकास निर्माणमा अवरोध पु¥याउने र राज्यको सम्पत्तिमा क्षति पु¥याउने जस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन विप्लव समूहलाई आह्वान गर्नुभयो । मुख्यमन्त्री गुरुङले अब पहिलेका जस्तो क्रान्ति सम्भव...

  • २०७५ चैत्र १२, मंगलबार

    काँक्रेविहार पुनःनिर्माण

    कर्णालीको पर्यटकीयस्थल काँक्रेविहार पुनःनिर्माण करिव ७० प्रतिशत सकिएको छ । मूर्तिकारको अभाव र रेखाङ्कनका भरमा काम गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयावधिभन्दा पुनःनिर्माण एक वर्ष पर धकेलिएको हो । जेठ मसान्तमा सकिएको म्याद पुरातत्व विभागले पुनः एक वर्ष थप गरेको थियो । काँक्रेविहार क्षेत्रको पर्खाल, उत्तर–दक्षिण तथा मुख्यद्वार निर्माण सकिएको छ । उत्खनन स्थलमा विभागले २०६१ सालमै शिखर शैलीको...

Pages