-
२०७५ चैत्र १२, मंगलबार
चार दिनमै रु चार करोड राजश्व सङ्कलन
पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिनुभयो । यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु तीन करोड ५३ लाख राजश्व उठेको छ । विभागले यो सिजनको गत फेब्रुअरी २७ मा पहिलो आरोहण पर्मिट जारी गरेको...
-
२०७५ चैत्र १२, मंगलबार
नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने
एएफसी तेइस वर्षमुनि ९यु–२३० च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् । कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ । यसअघि दुई÷दुई खेल खेलेका नेपाल र अफगानिस्तान...
-
२०७५ चैत्र १२, मंगलबार
अन्तर्राष्ट्रिय सम्मेलन शुरु
लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ । नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बङ्गलादेश, नेदरल्याण्ड, इन्डोनेसिया, श्रीलङ्का, भारत र...
-
२०७५ चैत्र १२, मंगलबार
समुदाय प्रहरी साझेदारी ७५१ तहसँग सम्झौता
नेपाल प्रहरीले अवलम्बन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत अहिलेसम्म ७५१ स्थानीय तहसँग सम्झौता भएको छ । सम्झौता भएकामध्ये ७४० स्थानीयतहमा पालिका समिति समेत गठन भइसकेको छ । समाजमा हुने अपराध नियन्त्रण तथा रोकथाम गरी शान्ति सुरक्षा कायम गर्ने मूलभूत उद्देश्यले स्थानीय तहसँग समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न सम्झौता गरिएको प्रहरी प्रवक्ता...
-
२०७५ चैत्र १२, मंगलबार
बलात्कार गरेको आरोपमा पक्राउ
न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षिय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । अभियुक्त तामाङले युवतीलाई आइतबार बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । आरोपितलाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने म्याद...
-
२०७५ चैत्र १२, मंगलबार
हमास र इजरायलबीच युद्धबिराम
इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष युद्धबिराम भएको जनाएको छ । इजिप्टको मध्यस्थतामा भएको भनिएको यस युद्धबिरामका बारेमा इजरायल सरकारका तर्फबाट कुनै प्रतिक्रिया दिइएको छैन । युद्धबिराम हुनुअघि हमासका तर्फबाट तेल अभिभ नजिक लामो दूरीको क्षेप्यास्त्र प्रहार गरिएपछि इजरायलले प्रतिक्रिया स्वरुप गाजामा हवाई आक्रमण गरेको थियो । गाजा क्षेत्रको प्रशासन सम्हालीरहेको...
-
२०७५ चैत्र १२, मंगलबार
चन्द समूहका तीन कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढा रहेका छन् । पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई...
-
२०७५ चैत्र १२, मंगलबार
आठौँ राष्ट्रिय खेलकूदले नेपालगञ्जवासी उत्साहित
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने निश्चित भएपछि नेपालगञ्जवासी उत्साहित भएका छन् । गत मङ्सिर महीनामै प्रतियोगिता आयोजना हुने भनिए पूर्वाधार तयार नएकाले अन्योल देखिएको अवस्थामा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता उद्घाटन चैत २७ गते गरिने बताउनुभएकाले नेपालगञ्जवासी उत्साहित भएका हुन् । उहाँले यही चैत १५ गते बस्ने बोर्ड बैठकले २०७५ चैत २७ गते साँझ ६ बजे उक्त...
-
२०७५ चैत्र १२, मंगलबार
दुनाटपरीबाटै आत्मनिर्भर
वीरेन्द्रनगर–५ श्रीनगरकी नन्दा गुरुङलाई सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइको खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी सुखै थिएन । चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित नन्दाको जीवन फेरिएको छ । उनी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुनाटपरी बनाउन व्यस्त हुन्छिन् । अहिले घरखर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । “...
-
२०७५ चैत्र १२, मंगलबार
‘जीवन काँडा कि फूल’ भियनामा
अष्ट्रियाको भियनाम ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बायोपिक फिल्म प्रदर्शनीमा अष्ट्रेलियाका निम्ति नेपाली राजदूत प्रकाश सुवेदी, नेपालका लागि अष्ट्रियाका पूर्वराजदूत लिजेलोट्टे भालडाइम, भियना शहरका सांस्कृतिक प्रमुख डा हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडियालगायत विशिष्ट अष्ट्रेलियाली र नेपालीको सहभागिता थियो । नेपालबाट भियना...
-
२०७५ चैत्र १२, मंगलबार
झोलुङ्गे पुल बनाउन तालीम
झोलुङ्गे पुल बनाउन सदरमुकाम खाँदबारीमा आठ दिने तालीम सञ्चालन गरिएको छ । तालीममा जिल्लाका सात स्थानीय तहबाट १० वटा झोलुङ्गे पुलका उपभोक्ता समितिका ४९ जना सहभागी छन् । समाज विकास केन्द्र सोडेकले जिल्लाका विभिन्न स्थानमा यो वर्ष १० वटा झोलुङे पुल निर्माण गर्नेछ । अझै पनि झोलुङ्गे पुलको अभाव रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । शाक्यले झोलुङ्गे पुलको माग अत्यधिक रहेकाले सङ्घ...
-
२०७५ चैत्र १२, मंगलबार
निगमले जुलाइदेखि जापानको ओसाका उडान भर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ ।जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो ९जेक्याब० लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ । कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महीनादेखि ओसाका उडान औपचारिक रुपमा शुरु गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी...


