-
२०७५ चैत्र १२, मंगलबार
ग्यास सिलिण्डर पड्केर चारको मृत्यु
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पीङकट्टिस्थित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत् आयोजनाको खाजाघरमा ग्यास सिलिण्डर पड्केर चार मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा सितासोरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय संजुक लामा रहेका छन् भने अन्य दुईको शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलबाट शवका टुक्रा सङ्कलन गरी प्राथमिक स्वास्थ्य...
-
२०७५ चैत्र १२, मंगलबार
मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको आज स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभयो । सो अवसरमा उहाँले उपयोगविहीन अस्थामा रहेका कारखानाका उपकरणहरु जीर्ण हुँदै गएकोेप्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री यादवले पर्सा जिल्ला अदालत र उच्च अदालतको...
-
२०७५ चैत्र १२, मंगलबार
शेयर बजार सुधार जारी
सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २।०७ विन्दुले बढेर एक हजार १४०।७२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४२ ले वृद्धि भई २४२।६७ विन्दुमा पुगेको छ । कूल १७१ कम्पनीको आठ लाख ८२ हजार ८८५ कित्ता शेयर रु २१ करोड ५१ लाख २१ हजार ५८० मूल्यमा खरीद बिक्री भए ।...
-
२०७५ चैत्र १२, मंगलबार
चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा
पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् । मानिसको हातले...
-
२०७५ चैत्र १२, मंगलबार
पश्चिमी टर्कीमा डुङ्गा पल्टिदा चार आप्रवासीको मृत्यु
टर्कीको एजियन तटीय क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा परी एक बालकसहित चार जना आप्रवासीको मृत्यु भएको छ । टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेका आइभासिक जिल्लानजिकै गैरकानूनी रुपमा सवार रहेका १५ व्यक्तिको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तटीय सुरक्षाकर्मीहरुले ११ व्यक्तिलाई उद्धार गरेका पनि सो विज्ञप्तिमा जनाइएको छ । वेपत्ता व्यक्ति नरहेकाले...
-
२०७५ चैत्र १२, मंगलबार
हेटौँडालाई नै स्थायी राजधानी गर्न माग
हाल अस्थायी राजधानी रहेको हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानीे बनाएर अन्योल अन्त्य गर्न मकवानपुरस्थित जनसरोकार केन्द्रले जोड दिएको छ ।मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त केन्द्रका संयोजक धुव्रप्रसाद चौलागाईंले केन्द्रीकृत मानसिकता त्याग्न सम्बन्धित सबैमा आग्रह गर्दैे राजधानीको विषयमा रहेको अन्योल हटाउन सुभाव दिनुभयो । हेटौँडा सबै दृष्टिकोणले स्थायी राजधानीको लागि उपयुक्त रहेको र...
-
२०७५ चैत्र १२, मंगलबार
तिब्बती शरणार्थी शिविर जोखिममा
मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको कालीगण्डकी किनार तर्फबाट सुक्खा पहिरो खस्न थालेपछि ६५ घरधुरी तिब्बती शरणार्थीको बसोवास रहेको शिविर जोखिममा परेको हो । सुक्खा पहिरोले सोमबार शरणार्थी शिविरको स्वास्थ्यकेन्द्र भवन र तीन सार्वजनिक शौचालय भत्काएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आठ घर उच्च जोखिममा परेका छन् । प्रजिअ...
-
२०७५ चैत्र १२, मंगलबार
चिठ्ठाकोे एक किलो सुनबाट एम्बुलेन्स
पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारवापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरीद गर्ने भएका छन् । समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कारअन्तर्गत एक किलो सुन प्राप्त भएको छ । उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरीद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी...
-
२०७५ चैत्र १२, मंगलबार
अलँैंची खेतीमा किसानको आकर्षण
पछिल्लो समय जिल्लाका किसानको अलँैची खेतीमा आर्कषण बढेको छ । धान, मकै तथा कोदोलगायत अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीन मासेर किसानले धमाधम अलैंँची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैंँचीको आम्दानी बढी हुने भएकाले पनि अलैंँची खेतीमा किसानको आकर्षण बढेको केआइ सिंह गाउँपालिका काफलीका अलैँली खेतीका किसान नारायण धामीले बताउनुभयो । उहाँले भन्नुभयो “अलैँचीको मूल्य पनि राम्रो भएको र अन्य खेतीजस्तो...
-
२०७५ चैत्र ११, सोमबार
आगलागीमा चार घर जलेर नष्ट
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट...
-
२०७५ चैत्र ११, सोमबार
नेपाल कतारसँग पराजित
एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो । कतारको जितमा कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई दुई गोल गरे भने एक गोल नेपालले कतारको लागि...
-
२०७५ चैत्र ११, सोमबार
नौ वटा झोलुङ्गे पुल अलपत्र
जिल्लाका निर्माण भइ सक्नुपर्नेनौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन । सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न गाउँ जोड्ने पुल निर्माणका कामसमेत रोकिएका छन् । २०७२ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले चार वटा...


