STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७५ चैत्र ७, बिहिबार

    भूतापीय प्लान्ट विस्फोटका कारण भूकम्प – अध्ययन

    दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय ९जियोथर्मल० प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा गएको उक्त भूकम्पले दक्षिणपूर्वी शहर पोहाङमा ठूलो क्षति पुगेको थियो । सरकारी अग्रसरतामा गठित स्वदेशी र विदेशी विज्ञहरुको समितिले सन् २०१७ को नोभेम्बर १५ मा गएका ५।४ म्याग्नीच्यूडका भूकम्पहरु ऊर्जा उत्पादनका लागि भूतापीय...

  • २०७५ चैत्र ७, बिहिबार

    अफगानिस्तानमा राष्ट्रपतिय निर्वाचन सेप्टेम्बर २८ मा हुने

    द्वन्द्वग्रस्त अफगानिस्तानमा ढिला गरी राष्ट्रपतिय निर्वाचन हुन लागेको छ । राष्ट्रपतिय निर्वाचन आगामी सेप्टेम्बर २८ तारिखका दिन गर्नेगरी बुधबार औपचारिक रूपमा घोषणा भएको छ । यसअघि तय भएको तालिका भन्दा पाँच महिना पछाडी सारेर निर्वाचन गर्ने घोषणा भएको हो । स्वतन्त्र निर्वाचन आयोग ९आइइसी०ले निर्वाचनको वातावरण बनाउन र निर्वाचनका लागि आवश्यक तयारी पुरा गर्न नभ्याएकाले निर्वाचन ढिला हुन लागेको जनाएको छ ।

  • २०७५ चैत्र ७, बिहिबार

    दक्षिण कोरियामा विवाह दर घट्यो

    दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ । सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो । कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्याङ्क...

  • २०७५ चैत्र ७, बिहिबार

    अन्तरजातीय विवाह गरेका सुखी जोडीहरू

    कुनै समय समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातीय विवाह गरेकाको जीवनयापन अन्य जोडीभन्दा कम छैन । अन्तरजातीय विवाह गरेका जोडीको जीवन खुशी र समाजमा पनि उदाहरणीय बन्ने गरेका छन् । अन्तरजातीय विवाह गर्ने प्रायः प्रेम विवाह गरेका जोडी हुन् । त्यसैले पनि परिपक्व उमेरमा प्रेम विवाह गरेका अन्तरजातीय जोडी सफल भएका छन् भने समाजमा एउटा उदाहरणीय पात्र बन्ने गरेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–१ का...

  • २०७५ चैत्र ७, बिहिबार

    होटल सञ्चालक पक्राउ

    होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ । होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो । होटलभित्र अवैधरूपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको स्थानीयवासीको गुनासोपश्चात सञ्चालकलाई पक्राउ...

  • २०७५ चैत्र ७, बिहिबार

    सञ्चारमाध्यम सकारात्मक नभए समृद्ध समाज सम्भव छैन स् मन्त्री शाह

    सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताउनुभएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्तरी भेगको पहिलो सुनन्दा दैनिक पत्रिकाको विमोचन कार्यक्रममा मा मन्त्री शाहले, “पत्रकारले विकट क्षेत्रका समस्या र सम्भावनाको खोजी गर्न लाग्नुपर्छ ।” दुर्गम तथा विकट क्षेत्रमा दैनिक पत्रिकाले गाउँसमाजका समस्यालाई उजागर...

  • २०७५ चैत्र ७, बिहिबार

    राष्ट्रिपति द्धारा पाँच आयोगमा अध्यक्षको नियुक्ति हुने

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त...

  • २०७५ चैत्र ७, बिहिबार

    हाडे रोगको प्रकोप बढ्यो

    सल्लेरीका जाङ्बु शेर्पाकी चार वर्षकी छोरी डोमा शेर्पालाई केही दिन अगाडि मम्सअर्थात् हाडे रोगले सतायो । डोमालाई जस्तै माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल एलकेजीमा पढ्दै गरेका आङफुरी तामाङलाई पनि उस्तै पीडा भयो । डोमा र आङफुरीलाई मात्र होइन सल्लेरी वसन्त बजार क्षेत्रका अन्य थुप्रै केटाकेटीदेखि युवायुवतीलाई समेत यसको सङ्क्रमण देखियो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले विद्यार्थी र...

  • २०७५ चैत्र ७, बिहिबार

    जाति र जनजाति अन्तर परिभाषा

    जसरी जनजातिको आफ्नै बेग्लै सामाजिक संस्कृति भाषा, रहनसहन, खानपान र इलाका हुन्छ त्यसै गरी जातिहरु हिन्दूसंस्कृति, जातिप्रथा, भाषा आदिका अभिन्न अगं हुन् । जातिहरुको परम्परा हिन्दू सामाजिक व्यवस्था सँगैसँगै जोडिएको हुन्छ । जातिभित्र बाहुन, क्षेत्री, वैश्य, शुद्र (राजपुत र कायस्थ, वैश्य र सार्की दमाई कामी (शुद्र अछुत) आदि पर्दछन् । अर्थात् जातिभित्र दलितहरु पनि पर्दछन् । जातिभित्र एउटा उच्च जाति र...

  • २०७५ चैत्र ७, बिहिबार

    आठ करोडको लागतमा खानेपानी योजना

    नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत खानेपानीको योजना शुरु गरिएको हो । ‘मैनाघाट खानेपानी योजना’ अन्तर्गत मैनाघाटमा डिप बोरिङ निर्माणको...

  • २०७५ चैत्र ७, बिहिबार

    साना पूँजी जुटाएर ठूला आयोजना बनाउन सकिन्छ ः प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताउनुभएको छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को शेयर आवेदन शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मौरीले फूलको रस ल्याएर चाका बनाएजस्तै ठूला आयोजनामा जनताको लगानी बढाएर देशलाई स्वाधीन र समृद्ध...

  • २०७५ चैत्र ७, बिहिबार

    सबै विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

    काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राष्ट्रियको सम्मानको लागि निजी र सामुदायिक सबै विद्यालयले अनिवार्य...

Pages