STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० बैशाख १२, मंगलबार

    स्मार्ट टेलिकमको सिम र रिचार्ज कार्ड बिक्री गर्ने व्यवसायी चिन्तित

    काठमाडौं - स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएपछि सिम कार्ड र रिचार्ज कार्ड बिक्री गर्ने व्यवसायीहरू चिन्तित बनेका छन् । वैशाख २ गते लाइसेन्स खारेज भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणको अधीनमा आएपछि सिम कार्ड तथा रिचार्ज कार्ड बिक्री गर्ने व्यवसायी चिन्तामा डुबेका हुन् । प्राधिकरणका अनुसार स्मार्ट टेलिकमले नवीकरणबापतको २० अर्ब रुपैयाँ र तीन महिनाअघि नै नवीकरण शुल्क नबुझाएका कारण दूरसञ्चार...

  • २०८० बैशाख १२, मंगलबार

    बारा २ उपनिर्वाचन : उपेन्द्रको अग्रता कायमै

      काठमाडौं - बारा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । अहिले राति ८ः३० बजेसम्मको मतगणना परिमाण अनुसार जनता समाजावदी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई कायम राखेका छन्। कूल खसेको ६८ हजार आठ सय ८७ मतमध्ये हालसम्म ५५ हजार पाँच सय १३ मतगणना हुँदा अध्यक्ष यादवले २२ हजार पाँच सय ५२ मतका साथ अग्रता कायम राखेका हुन्। उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले १९ हजार...

  • २०८० बैशाख १२, मंगलबार

    रविलाई कांग्रेस उम्मेदवार जीतनारायणले दिए बधाई

    काठमाडौं - चितवन २ का उम्मेदवार जितनारायण श्रेष्ठले अहिले आएको मतपरिणामबाट जनताले परिवर्तन खोजेको कुरालाई स्वीकार गर्नुपर्ने बताएका छन् । चितनव–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई जितका लागि बधाई दिएपछि श्रेष्ठले यस्तो बताएका हुन् । उनले जनताले परिवर्तन खोजिसकेको बताए । अब ठूला दलहरु कि त सच्चिनुपर्ने कि त सक्किनुपर्ने चुनौति दिएको बताए । उनले भने,‘जनताले परिवर्तन चाहेको छ भन्ने कुरा हामीले स्वीकार...

  • २०८० बैशाख १२, मंगलबार

    ५४ हजार मतसहित रवि लामिछाने विजयी

    काठमाडौं - प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । वैशाख १० गते खसेको ७८ हजार २७७ मा रविले ५४ हजार २७६ मत पाएका छन् । मंसिरको निर्वाचनभन्दा रविले पाँच हजार मत बढी पाएका छन् । रविले प्रतिस्पर्धी उम्मेदवारलाई ४३ हजार मतले पराजित गरेका हुन् । जुन अहिलेसम्मकै ठूलो जितहार हो । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका...

  • २०८० बैशाख १२, मंगलबार

    काँडेतार चलचित्रलाई सेन्सरले रोकेको विरोधमा नवल खडका अदालत जाने

    नेपालको सीमाना मिचिएको बिषय उठान गरेको नेपाली चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले प्रदर्शन अनुमति दिन नमानेको कुरा यस चलचित्रका निर्माता एवं अभिनेता नवल खड्काले बताएका छन्। हलमा प्रदर्शनको लागि सोमबार जाँचपासको लागि चलचित्र सेन्सर बोर्डका समक्ष पेश गरिएको थियो। खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचार विरुद्ध नेपाली जनताको प्रतिरोधमा...

  • २०८० बैशाख १२, मंगलबार

    चितवन २ मा रवि लामिछाने जितउन्मुख

    काठमाडौं - १० वैशाखमा भएको उपनिर्वाचनको मतगणनामा चितवन २ मा रवि लामिछाने निकै फराकिलो अग्रताका साथ जितउन्मुख देखिएका छन् । मंगलबार बिहानसम्म गणना भएको ४४ हजार मतमध्ये लामिछानेले ३१ हजार ७४८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठ निकै पछाडि छन् । उनले ६ हजार ३३५ मत ल्याएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ५ हजार ७८५ मत प्राप्त गरेका छन् ।

  • २०८० बैशाख १२, मंगलबार

    तनहुँ १ को प्रतिनिधिसभा सदस्यमा स्वर्णिम वाग्ले निर्वाचित

    काठमाडौं - तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार ९११ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । यस्तै  नेकपा (एमाले)का सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत...

  • २०८० बैशाख ११, सोमबार

    विश्वासको मत नपाएपछि लुम्बिनीमा ढल्यो एमाले सरकार

    काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएनन् । योसँगै प्रदेशमा सबैभन्दा ठूलो दल एमालेले लुम्बिनीमा सरकार गुमाएको छ । सोमबार प्रदेशसभाकाो बैठकमा उनले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको हो । प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र उनको पक्ष र ५३ जना विपक्षमा रहेकोले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएको घोषणा गरेका छन् । सभामुख घर्तीले यो सँगै सदनको...

  • २०८० बैशाख ११, सोमबार

    एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल

    काठमाडौं - वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन्। समूह ए मा रहेका नेपाल र साउदीले माथिल्लो मूलपानी मैदानमा आआफ्नो तेस्रो खेल खेल्ने तय थियो । तर, वर्षा नरोकिएपछि खेल हुन सकेन। साढे १० बजे पानी रोकिएपछि मूलपानी क्रिकेट मैदानमा ढाकिएको पिचको कभर हटाइएको थियो। यता, आउट फिल्ड सुपर सापरले सुकाइएको थियो । तर, साढे ११ बजेपछि पुनः पानी पर्न थालेपछि पिच कभरले ढाकिएको थियो ।...

  • २०८० बैशाख ११, सोमबार

    उपनिर्वाचन : तनहुँ १ र चितवन २ मा रास्वपा अघि, बारा २ मा कुशवाहा र यादवबीच कडा प्रतिस्पर्धा

      काठमाडौं - तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनपश्चात् जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर फराकिलो बनाउदै लगेका छन् । पछिल्लोपटक प्राप्त मत परिणामअनुसार वाग्लेले २४४०६ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेस गोविन्द भट्टराईले १४१८२ मत पाएका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनालले ७०२६ मत पाएका छन् । भट्टराईले भने मतगणना...

  • २०८० बैशाख ११, सोमबार

    दुर्घटनाबाट बच्यो १६९ जना यात्रु बोकेको फ्लाई दुबईको जहाज

      काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा अचानक इन्जिनमा आगलागी भएपछि आकाशमै फन्को मारिरहेको जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत जहाज सुरक्षित रुपमा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘फ्लाई दुवई जहाज सुरक्षित आफ्नो गन्तव्य...

  • २०८० बैशाख ११, सोमबार

    आज १७औँ लोकतन्त्र दिवस : विविध कार्यक्रम आयोजना गरी मनाइँदै

    काठमाडौँ— आज १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेकाले नागरिकको जित भएको खुसियालीमा २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन नेकपा...

Pages