-
२०८० बैशाख ९, शनिबार
वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल
प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गर्नुभएको छ । समाजवादी क्रान्तिका नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा...
-
२०८० बैशाख ९, शनिबार
सिक्किमका नीलम गुरुङ्ग बने प्रथम पोएट आइडल
नेपाली कवि र कविताको पहिलो टेलिभिजन रियालिटि शो "The Poet Idol - Season 1" २०७९ पुष १४ बाट शुरुवात भएर वैशाख ८ मा एपिवान टेलिभिजनको स्टुडियोमा भव्यताका साथ सम्पन्न भएको छ । पहिलो सिजनको विजेता सिक्किम कि कवि नीलम गुरूङ् हुनुभएको छ । यस कार्यक्रममा विभिन्न विशिष्ट व्यक्ति, स्पन्सर, सहयोगी संस्थाका व्यक्तित्व, विभिन्न क्षेत्रका दर्शकको भव्य उपस्थिति रहेको थियो । उत्कृष्ट ४ कविहरूले अन्तिम्...
-
२०८० बैशाख ८, शुक्रबार
उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा
काठमाडौं - प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने...
-
२०८० बैशाख ८, शुक्रबार
सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं - सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडैलले जानकारी दिए। यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुलाई असहयोग गरेको भन्दै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए । मेयरको उक्त निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले...
-
२०८० बैशाख ८, शुक्रबार
सन्दीपले पूरा गरे विश्व कीर्तिमानी एक सय विकेट
काठमाडौं - नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् । सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे । सन्दीप...
-
२०८० बैशाख ८, शुक्रबार
ओमानमाथि नेपालको सानदार जित
काठमाडौं - कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको म्याचमा सानदार जित दर्ता गरेको छ । टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । नेपालले ओमानलाई ८४ रनले हराएकाे हाे । ओमानले ४६.३ ओभरमा ओमानको नवौं विकेट ढाल्दै नेपालले ८४ रनको जित दर्ता गरेको हो । ओमानका दशौं नम्बरका ब्याट्सम्यान घाइते भएर क्रिजमा उत्रिन नसकेपछि ९ विकेटमै...
-
२०८० बैशाख ८, शुक्रबार
काठमाडौँ महानगरद्वारा वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन
काठमाडौँ– वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ । समुदायस्तरमा वायु प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विष्णुमती नदीलाई छुने वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ का जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सहभागिता रहेको बैठकमा कामपा वातावरण व्यवस्थापन विभागले निरु महर्जनको...
-
२०८० बैशाख ८, शुक्रबार
एलन मस्कको बहुचर्चित अन्तरिक्ष यान उडेको केही मिनेटमै विस्फोट
एजेन्सी - अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको बहुचर्चित नयाँ अन्तरिक्ष यान स्टारशिप विस्फोट भएको छ । अहिलेसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको पूर्वी तटमा रहेको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विस्फोट भएको हो । सामाजिक सञ्जाल ट्विटरका मालिक समेत रहेको मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको अन्तरिक्ष यान परीक्षणको ४ मिनेटभित्रै विस्फोट भएको हो ।...
-
२०८० बैशाख ७, बिहिबार
वसुन्धराश्री पुरस्कार सन्दुक रुइत र मानश्री पुरस्कार महावीर पुनलाई प्रदान गरिने
काठमाडौं - वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा आज बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान...
-
२०८० बैशाख ७, बिहिबार
उपनिर्वाचनमा आचारसंहिता उल्लङ्घन नगर्न प्रेस काउन्सिलको आग्रह
काठमाडौँ– प्रेस काउन्सिल नेपालले वैशाख १० गतेको उपनिर्वाचनमा आचारसंहिताको उल्लङ्घन नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै प्रचार–प्रसार निषेध सुरु हुनुभन्दा अघिसम्म भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिह्न अङ्कित झण्डा र ब्यानर, श्रव्य दृश्यलगायत सामग्री मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन-प्रसारण हुँदा निर्वाचन आचारसंहिता उल्लङ्घन हुने भन्दै...
-
२०८० बैशाख ७, बिहिबार
मेयर साम्पाङले फेरि मागे वडाध्यक्षहरुको राजीनामा
काठमाडौं - धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले बिना कुनै कारण महिनैदेखि कार्यपालिका बैठक बहिष्कार गर्ने वडाध्यक्षहरुलाई राजीनामा बुझाएर मार्ग प्रशस्त गरेर धरानवासी र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध गरेका छन् । वडाध्यक्षहरुले कार्यपालिका बैठक बहिष्कार गरेर जनताको सुशासन र विकासमाथि खेलवाड गरेको, कर्तव्यबाटच्यूँत भएको भन्दै बिहीबार मेयर साम्पाङले उनीहरुलाई नैतिकताका आधारमा तुरुन्त...
-
२०८० बैशाख ७, बिहिबार
निहारिकाले विष सेवन नगरेको पुष्टि
काठमाडौं- आफ्नै डेरामा अचेत अवस्थामा फेला परेकी ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतले विष सेवन नगरेको खुलेको छ । विष खुवाइयो भनेर हल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि उनलाई अस्पताल पुर्याएर चेकजाँच गर्दा अस्पतालले विष सेवन नगरेको रिपोर्ट देखाएको छ । उनको अवस्था अहिले सामान्य रहेको र आत्तिनुपर्ने अवस्था नरहेको पनि अस्पतालले जानकारी गराएको छ । निहारिका केही समयदेखि जनकपुरधाम...


