-
२०८१ चैत्र १८, सोमबार
पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तीनकुनेमा गत शुक्रवार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता भएको उनले दाबी गरे । उनले जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याइने दाबी गरे । उनले पूर्वराजा...
-
२०८१ चैत्र १८, सोमबार
आज सार्वजनिक बिदा
सरकारले आज सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ। इस्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ। "इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति...
-
२०८१ चैत्र १८, सोमबार
पूर्वराजालाई हुलाकबाट पठाइयो जरिवानापत्र
काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले गरेको जरिवानासम्बन्धी पत्र निर्मलनिवासले बुझ्न नमानेपछि हुलाकबाट पठाइएको छ । महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले हुलाकबाट जरिवानापत्र पठाइएको बताए । “आज नगरप्रहरी टोली जरिवानापत्र लिएर निर्मलनिवास पुगेको थियो । तर, जरिवानापत्र बुझ्न मानेन । भर्खरै हुलाकमार्फत पत्र पठाइसकेका छौँ,” उनले बाह्रखरीसित भने । आइतबार (चैत १७) बिहान...
-
२०८१ चैत्र १७, आइतबार
दुर्गा प्रसाईंको सुरक्षा दस्ताका तीन जना पक्राउ
दुर्गा प्रसाईंले गठन गरेका सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना पक्राउ परेका छन्। आइतबार बेलुका प्रहरीको विशेष टोलीले काठमाडौँको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो। यसअघि १११ जना पक्राउ परेका थिए। उनीहरूमध्ये ४१ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान...
-
२०८१ चैत्र १७, आइतबार
तीनकुने घटनामा ज्यान गुमाएका रजकको परिवारलाई एक लाख सहयोग
काठमाडौं - नागरिक समाजका अगुवा डा। सुन्दरमणि दीक्षितले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु। एक लाख सहयोग उपलब्ध गराएका छन् । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा डा। दीक्षितले उक्त रकम क्लबका अध्यक्ष ऋषि धमलालाई हस्तान्तरण गर्दै मृतक रजकको परिवारलाई उपलब्ध गराउन आग्रह गरे । आन्दोलनका क्रममा पत्रकारको मृत्यु गम्भीर विषय रहेको बताउँदै उनले...
-
२०८१ चैत्र १७, आइतबार
पीडाको गीतमा मनोरञ्जक प्रस्तुति “धेबा फुत बाबा”
विभिन्न कारणले पैसा सकिएको कथाहरुको संगालो स्वरुप तयार पारिएको हास्य ब्यङ्गात्मक प्रस्तुति "धेबा फुत बाबा“ शनिबार सार्वजनिक गरिएको छ । ५ बर्षदेखि कला, संस्कृति, संगीतका विभिन्न कार्यक्रमहरु नियमित निरन्तर आयोजना गर्दै आएको ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले निर्माण गरेको गीत लेखन, संगीत, संगीत संयोजन, पटकथा तथा निर्देशन भूपेन्द्र बज्राचार्यको रहेको छ । यो गीतको भिडियोको अमर चित्रकारले...
-
२०८१ चैत्र १७, आइतबार
सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा गर्नुपर्ने मागसहित धर्ना
सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा गर्नुपर्ने मागसहित धर्ना नेवाः पत्रकार राष्ट्रिय दबूले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई शहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकार समक्ष माग गरेको छ । सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा पत्रकार राष्ट्रिय दबूले आईतबार वसन्तपुरस्थित महादेव पार्वती डबलीमा धर्ना दिई सो माग गरेका हुन्। धर्नामा विभिन्न...
-
२०८१ चैत्र १७, आइतबार
आज रमजान मुबारक समापन हुँदै
विराटनगर - इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान’ आज समापन हुँदैछ । योसँगै भोलि इदउलफित्र पर्व मनाउने तयारीमा इस्लाम धर्मावलम्बीहरू जुटेका छन् । एक महिनासम्म सञ्चालन भएको रमजानमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् । रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (...
-
२०८१ चैत्र १७, आइतबार
क्यानडाका प्रधानमन्त्रीमाथि बौद्धिक चोरीको आरोप
काठमाडौं - क्यानडाका प्रधानमन्त्री मार्क कार्नीमाथि बौद्धिक चोरी (प्लेजियरिज्म)को आरोप लागेको छ । प्रधानमन्त्री कार्नीलाई सन् १९९५ मा अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने क्रममा आफ्नो शोधपत्र (थेसिस) “द डाइनामिक एड्भान्टेज अफ कम्पिटिसन”को केही अंश आधिकारिक लेखकलाई उद्वरण नगरी प्रयोग गरेको आरोप लागेको हो । समाचारपत्र “द नेसनल पोस्ट”लाई उद्धृत गर्दै बेलायतबाट प्रकाशित हुने इन्डिपिन्डेन्ट...
-
२०८१ चैत्र १७, आइतबार
रवीन्द्रसहित ११ जनाको सुनुवाइ सकियो
काठमाडौं - राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुरसहित तीनवटा अभियोगमा अनुसन्धान गरिनुपर्ने माग गर्दै अदालतमा उपस्थित गराइएको छ । उनीहरुको सुनुवाइ सकिएपछि अहिले जिल्ला प्रहरी परिसरतर्फ लगिएको छ । बाँकी ३० जनाको सुनुवाइ जारी रहेको बताउँदै आदेश एकैसाथ आउने जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
-
२०८१ चैत्र १७, आइतबार
भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ, तोडफोड र लुटपाटमा ८० लाख बढीको क्षति
काठमाडौं - भाटभटेनी सुपरमार्केटमा शुक्रबार लुटपाट गर्ने ९ जना पक्राउ परेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेर फरार भएका ९ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६, ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ का प्रेमकुमार महतो, भारतको बिहार...
-
२०८१ चैत्र १७, आइतबार
म्यान्मारमा विनाशकारी भूकम्पमा परी मर्नेको संख्या १६ सय नाघ्यो
काठमाडौं - म्यान्मारमा गएको विनाशकारी भूकम्पपछि मर्नेहरुको संख्या बढेर १६ सय नाघेको छ । उपकरणहरुको अभाव, सञ्चार नेटवर्कको समस्या तथा सडक, पुल भत्किएका कारण जीवित व्यक्तिको खोजीमा बाधा पुगेको छ । भूकम्पले देशको सबैभन्दा ठूलो शहर मांडलेको अधिकांश भाग तहसनहस गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्ताले १२ मध्यम खाले अपार्टमेन्ट उधिन्दा ३० घण्टापछि एक महिलालाई जीवितै उद्धार गरेका छन् ।...


