-
२०८१ चैत्र १२, मंगलबार
शिक्षकले ५ महिनादेखि तलब नपाएपछि महासंघले दियो चैत १८ सम्मको अल्टिमेटम
काठमाडौं - काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयका शिक्षकले ५ महिनादेखि तलब नपाएको पाइएको छ । महानगरपालिकावाट सामुदायिक विद्यालयमा निकासा हुनुपर्ने शिक्षक कर्मचारीका तलबलगायत अन्य प्रशासनिक तथा शैक्षिक गतिविधिका लागि अत्यावश्यक रकमको भुक्तानी विगत केही महिनादेखि रोकिएकाले ५ महिनादेखि शिक्षकले तलब नपाएको नेपाल शिक्षक महासंघ महानगर समितिले जनाएको हो । महासंघले महानगरपालिकाबाट...
-
२०८१ चैत्र १२, मंगलबार
सिके राउत र रेशम चौधरीको मिलनपछि पार्टीको नाम नागरिक जनमत, चुनाव चिन्ह ढकिया राख्ने
काठमाडौं - जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ। पार्टी एकताको लागि दुवै पक्ष सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया थालेको हो। कार्यदलको पहिलो बैठक हिजो बसेको जनमतका प्रवक्ता डा। शरदसिंह यादवले बताए। उनले भने, ‘पार्टी एकता निश्चित भइसक्यो। हिजो हामीले कार्यदलको पहिलो बैठक बसेर सामान्य छलफल गरेर काम अघि बढाएका छौँ। चाँडै टुंग्याउँछौं।’ एकीकृत पार्टीको...
-
२०८१ चैत्र ११, सोमबार
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका थिए । पछि उनलाई हटाएर...
-
२०८१ चैत्र ११, सोमबार
कुलमानलाई पदबाट हटाउने सरकारको निर्णय
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ। सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। विभागीय मन्त्रीले पाँचपटक स्पष्टीकरण माग्दा पनि उनलाई जिम्मेवारीबाट हटाउन नसकेपछि पछिल्लोपल्ट मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोधिएको थियो। कुलमानलाई हटाउनकै लागि उनको कार्यसम्पादन पनि कमजोर...
-
२०८१ चैत्र ११, सोमबार
निफमा पहिलोपटक रसियन चलचित्र
काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलोपटक रसियन चलचित्र देखाइएको छ । रोस्किनोले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको क्रममा रुसी चलचित्रहरूको प्रदर्शन आयोजना गरेको हो । शनिबार काठमाडौंको छाया सेन्टरमा रुसी चलचित्र दिवसको आयोजना भएको हो । रोस्किनोद्वारा आयोजित र रूसी संस्कृति मन्त्रालयको सहयोगमा तीनवटा रुसी चलचित्र प्रदर्शनी गरिएको छ । प्रदर्शन भएका चलचित्रमा चार चौथाइ,...
-
२०८१ चैत्र ११, सोमबार
भूपी शेरचनबारे छोरीको संस्मरण बजारमा
काठमाडौं - नेपाली कविताका ‘शिखरपुरुष’ भूपी शेरचनबारेको संस्मरण ‘भूपी : छोरीको स्मृतिमा’ बजारमा ल्याइएको छ । भूपीकी कान्छी छोरी कविता शेरचनले उक्त पुस्तक लेखेकी हुन् । यो पुस्तक ‘भूपी : अ डटर्स मेम्वाएर’को नेपाली अनुवाद हो । आधुनिक नेपाली कविताका सर्वोच्च शिखर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन् । कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास...
-
२०८१ चैत्र ११, सोमबार
गणतन्त्र पक्षधरलाई सघाउन एकीकृत समाजवादीको परिपत्र
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै प्रकारका कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताएको छ । पार्टीले मातहतका कमिटी तथा सबै जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्नेलाई परास्त गर्न गणतन्त्रका पक्षमा हुने प्रदर्शन, आमसभा, विरोध तथा सङ्घर्षका कार्यक्रममा सक्रिय ढङ्गले सहभागी हुन निर्देशन दिएको छ । केन्द्रीय प्रचार विभाग उपप्रमुख...
-
२०८१ चैत्र ११, सोमबार
विवाह गर्ने उमेरबारे बहस : १८ कि २० वर्ष ?
काठमाडौँ - प्रतिनिधिसभा, न्याय, कानुन तथा मानव अधिकार समितिमा विवाहसम्बन्धी २० वर्ष उमेर पुग्नुपर्ने भन्ने हालको प्रावधान संशोधन गरिनुपर्ने माग उठेको छ । समितिको आजको बैठकमा सांसदहरु नागिना यादव, रञ्जुकुमारी झा, पूर्णबहादुर घर्तीलगायतले विवाहसम्बन्धी हालको व्यवस्था व्यावहारिक नभएको भन्दै त्यसलाई संशोधन गरी १८ वर्ष कायम राख्न उपयुक्त हुने सुझाव दिए । समितिका सदस्य यादवले कानुनले विवाहको उमेर २०...
-
२०८१ चैत्र १०, आइतबार
एसईई परीक्षा : ४६९ थान मोबाइल बरामद, २ जना गार्ड नियन्त्रणमा
काठमाडौं - माध्यामिक शिक्षा परीक्षा (एसईई)मा आइतबारको परीक्षामा जिल्लाभरको विभिन्न केन्द्रबाट चिट चोर्न प्रयोग भएको ४६९ थान मोबाइल बरामद भएको छ । मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिएका छन् । रायको अनुसार परीक्षार्थीहरूले आफ्नो शरीरमा मोबाइल लुकाई परीक्षा हलभित्र प्रवेश गराएपछि चेकजाँचको क्रममा मोबाइल बरामद भएको थियो । ...
-
२०८१ चैत्र १०, आइतबार
ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीयले जलाए चौकी र गाडी
बाँकेको डुडुवा गाउँपालिका–२, वेतहनीमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ। विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए। वेतहनीको नौरीगौडी एकेडेमीमा एलकेजीमा अध्ययनरत बालक विशाल गोडिया र शिवकुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको एसपी कार्कीले बताए। घटनापछि बेतहनी...
-
२०८१ चैत्र १०, आइतबार
बालेनसँग वडाध्यक्षले मागे कार्यपालिका बैठक
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् । १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षरसहित पत्र बुझाएका हुन् । प्रवक्ता समेत रहेका वडाध्यक्ष नविन मानन्धरले सबैको तर्फबाट पत्र मेयर बालेनलाई बुझाएका हुन् । यथाशीघ्र कार्यपालिका बैठक बोलाउनु भनि ज्ञापनपत्र बुझाएको वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले...
-
२०८१ चैत्र १०, आइतबार
विकास बोर्डले दियो बाढीपीडितलाई राहत
नेपाली चलचित्र क्षेत्रका विपन्न तथा पीडित चलचित्रकर्मीहरूका हितमा कार्य गर्दै आएको चलचित्रकर्मी कल्याणकारी कोषले बाढी प्रभावित चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले प्रत्येक पीडित चलचित्रकर्मीलाई रू. ४५,००० को दरले राहत प्रदान गरिएको हो। विगतमा गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर...


