STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ चैत्र ७, बिहिबार

    प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिए १० सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा १० जना सांसदहरूका प्रश्नको प्रत्यक्ष उत्तर दिएका छन् । बिहीबारको संसद् बैठकमा आमजनता पार्टीका सांसद प्रभु साहले प्रश्नोत्तरलाई कर्मकाण्डी भनेपछि सत्तारुढ र विपक्षीसहितका सासंदहरूका उत्तर प्रधानमन्त्रीले दिएका हुन् । उनले सुरुमा एमालेकै सांसद भगवती चौधरीको प्रश्नको उत्तर दिए । ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष...

  • २०८१ चैत्र ७, बिहिबार

    च जनालाई ‘फेयर इन्टरनेशनल एजुकेशन’ सम्मान प्रदान

    काठमाडौँ - पूर्वराष्ट्रपति डा रामवरण यादवले आमसञ्चार, शिक्षा, वाणिज्य, भाषा, प्रविधि क्षेत्रका पाँच जनालाई ‘फेयर इन्टरनेशनल एजुकेशन’ सम्मान प्रदान गरेका छन् । फेयर एक्सप्रेस मिडियाद्वारा आज यहाँ आयोजित कार्यक्रममा भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थी, नेपाल इञ्जिनियरिङ परिषद्का सदस्य मिथिलेशकुमार झा, शैक्षिक परामर्शदाता राजेन्द्र बराल, शिक्षाविद् बादल प्रधान, नेपाल वाणिज्य सङ्घका उपाध्यक्ष...

  • २०८१ चैत्र ७, बिहिबार

    पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय

      त्रिवेणी , नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ । आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताउनुभयो । अमलटारी घरबास नजिकै रहेको थारू सङ्ग्रहालयमा यहाँका थारू, बोटे, माझी, मुसहर समुदायले...

  • २०८१ चैत्र ७, बिहिबार

    भारतीयलाई नागरिकता दिलाउने नक्कली बुवा पक्राउ

    सिरहा - सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।  मियाँलाई मङ्गलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु गरिएको छ ।  नरहा गाउँपालिका–३ को...

  • २०८१ चैत्र ७, बिहिबार

    पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने

    काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ । मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी...

  • २०८१ चैत्र ७, बिहिबार

    एलपिजी ग्यासको जोखिम घटाउन काठमाडाैँ महानगरकाे निरीक्षण र सचेतना

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले एलपिजी ग्यासको सम्भावित जोखिम घटाउन निरीक्षण र सचेतना  कार्यक्रम सुरू गरेको छ ।   धेरै ग्यास बालिने स्थानमा आठ वटा सूचक र २४ वटा उपसूचकका आधारमा निरीक्षण गरिएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।  जोशीका अनुसार सचेतना अभिवृद्धि गराउने उद्देश्यले ५६ वटा पसलको निरीक्षण गरिएको छ ।  घरघरमा खाना पकाउने प्रयोजनका लागि...

  • २०८१ चैत्र ७, बिहिबार

    किरात सांस्कृतिक’ भवन निर्माण गरिँदै

    भोजपुर - टेम्केमैयुङ–९ लखर्कको पाँचधोरमा ‘किरात सांस्कृतिक’ भवन निर्माण सुरु गरिएको छ । किरात संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक भवन निर्माण थालिएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु ८० लाख लागतमा उक्त भवनको निर्माण भइरहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नवराज  माङ्गपाहाङ्गले जानकारी दिए । चालु आर्थिक वर्षमै सम्पन्न गर्ने गरी निर्माण भइरहेको...

  • २०८१ चैत्र ७, बिहिबार

    लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना

    कञ्चनपुर - परम्परागत गहना र पहिरन लगाएर होली खेलेको सम्झना शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५५ वर्षीया सवदा रानालाई छ । घघँरिया, अँगिया, फतुई, उढनीयालगायत आकर्षक तरिकाले घरमै हातले बुनेका परम्परागत पहिरन लगाएर होलीमा नृत्य गरेको सम्झना उनी गर्छिन् । त्यसबेला शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उनले बताइन् । उनका अनुसार होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर,...

  • २०८१ चैत्र ७, बिहिबार

    ललितपुरको ‘रत्नाकर महाविहार’मा तामाको छाना लगाइँदै

    ललितपुर - पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपोभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो । उपभोक्ता समितिका अध्यक्ष करुणारत्न बज्राचार्यका अनुसार ललितपुरमा १६ वटा महाविहार छन् । रत्नाकर महाविहार ४०० वर्षपहिले राजा सिद्धिनरसिंह मल्लले पाटनदरबार क्षेत्रको कृष्णमन्दिरबाट ललितपुर महानगरपालिका–१६ मा सारेको इतिहास छ ।  उनी भन्छन्, “रत्नाकर...

  • २०८१ चैत्र ७, बिहिबार

    एसईईमा सहभागी नहुने मधेश प्रदेश सरकारकाे निर्णय

    जनकपुरधाम - मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही चैत ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश सरकार सहभागी नहुने बताएका छन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारले एसईईका सम्बन्धमा राखेको चासो र गरेको निर्णय कार्यावन्यन नभएको भन्दै परीक्षा कार्यक्रममा सहभागी नहुने बताएका हुन् ।   “यही...

  • २०८१ चैत्र ६, बुधबार

    एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

    भक्तपुर - बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल...

  • २०८१ चैत्र ६, बुधबार

    तीन टाउकाले देश डुबाए : डा. बाबुराम भट्टराई

    काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा विद्यमान समस्याको समाधानका लागि लोकतान्त्रिक स्थायित्व चाहिएको बताएका छन् । राजधानीमा बुधबार भएको कार्यक्रममा भट्टराईले लोकतान्त्रिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीमै जानुपर्ने बताए । ‘नेपालको जुन समस्या छ, त्यो भनेको यी तीन टाउकारूपी वैद्य हुन् । वैद्यहरू जटिबुटीहरू पिलाउँदै आएका छन् । तर,...

Pages