-
२०८१ चैत्र ३, आइतबार
भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत
भैरहवा - पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा समापन भएको थियो । लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीयले श्रामणेरहरूको स्वागतमा उनीहरूको पाऊमुनि फूल छरेर स्वागत गरे । धम्म यात्रासँगै श्रामणेरहरूको प्रवज्या कार्यक्रम पनि सम्पन्न भएको छ ।...
-
२०८१ चैत्र ३, आइतबार
भक्तपुर अस्पतालमा मन्त्रीको छड्के
भक्तपुर - देशभरका प्रदेशस्तरीय अस्पतालमध्ये सर्वोत्कृष्ट घोषित भक्तपुर अस्पतालमा शुक्रबार मन्त्री र स्वास्थ्य सचिवसहितको टोलीले छड्के अनुगमन गरेको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतम, भक्तपुर अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष शशिजङ्ग थापासहितको टोलीले अस्पतालको सेवा सञ्चालनका बारेमा छड्के...
-
२०८१ चैत्र ३, आइतबार
स्ववियु निर्वाचनको मौन अवधिमा के-के गर्न पाइँदैन ?
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ। आज राति १२ बजेदेखि मौन अवधि चैत ५ गते मतदान सकिँदासम्म रहनेछ । उक्त अवधिमा निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि कार्य गर्न पाइँदैन। मौन अवधिभर स्ववियु निर्वाचन २०८१ निर्देशिकाको बुँदा नम्बर ११ प्रभावित हुने खालका कुनै पनि किसिमका गतिविधि गर्न रोक लाग्नेछ। उक्त समयमा प्रचार–...
-
२०८१ चैत्र ३, आइतबार
अब सवारीसाधनबाट सडकमा फोहोर फ्याँके जरिवाना गर्ने तयारी
काठमाडौँ - अब सवारी साधनबाट सडकमा फोहोर फ्याँकेमा यात्रु, चालक तथा सहचालकलाई जरिवाना लाग्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा यस्तो सजायको व्यवस्था गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन । अब भने सवारी साधनबाट फोहोर सडकमा फ्याँकेमा फ्याँक्ने व्यक्तिलाई एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था गरेको छ । साथै धूम्रपान...
-
२०८१ चैत्र ३, आइतबार
शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको भेटमा उनले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताएका हुन् । ‘अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै...
-
२०८१ चैत्र ३, आइतबार
नागार्जुन गाैतम गाउँकाे एक घरमा भीषण आगलागी
काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम गाउँकाे एक घरमा भीषण आगलागी भएकाे छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगाे नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीकाे दमकल प्रयाेग गरिएकाे छ । बाटाे साँघुराे भएका कारण ठूलाे दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुइटा दमकलले आगाे निभाउन प्रयाेग गरिएकाे छ । ठूलाे दमकल नछिर्दा पानी ट्यांकर पनि...
-
२०८१ चैत्र ३, आइतबार
हिमवत्खण्ड कला-साहित्य-सांस्कृतिक सम्मेलनमा "चलचित्र उत्सव"
हिमवत्खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन अन्तर्गत आयोजना गरिएको"चलचित्र उत्सव" चलचित्र विकास बोर्डको संयोजनमा नेपाल पर्यटन बोर्डमा शुक्रबार सम्पन्न भएको छ । उक्त उत्सवमा नेपाली "चलचित्रमा भाषा" सम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा चर्चित नेपाली उपन्यास "बसाइँ" मा आधारित चलचित्र "बसाइँ" को विशेष प्रदर्शन गरिएको थियो। कार्यक्रमको पहिलो चरणमा आयोजित 'चलचित्रमा भाषा' विषयक अन्तरक्रियामा चलचित्रमा...
-
२०८१ चैत्र १, शुक्रबार
सरोज खनालसंग नेवाः स्टार आराध्यलक्ष्मी खड्गी
नेपालभाषाको चलचित्र तथा म्युजिक भिडियो क्षेत्र कि चर्चित अभिनेत्री , मोडल आराध्य लक्ष्मी खड्गी को नेपाली चलचित्र "आमा आज पनि रुन्छिन् ” को सुभ साइत शुक्रबार छ। शुक्रबार विहान सम्पन्न भएको सामाजिक कथावस्तुमा आधारित चलचित्र “आमा आज पनि रुन्छिन्” संसार भरीका सम्पूर्ण आमाहरूमा समर्पित गरिएको उक्त चलचित्र निर्माता द्वय गीर्वाण विजय खड्का र सेवन्तक खड्काले ए.आर. प्रोडक्सनकाे ब्यानरमा निर्माण गर्न...
-
२०८१ चैत्र १, शुक्रबार
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
ललितपुर- ललितपुर महानगरपालिका र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम भएको छ । रसियाको उलान उदे सहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । प्रमुख महर्जनले भगिनीसम्बन्ध कायमसँगै दुवै देशका नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गरे । ‘उलान उदे रसियाको पुरानो सहर हो ।...
-
२०८१ चैत्र १, शुक्रबार
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
काठमाडौं - नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति विकास गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन कार्यदल र आवरण प्रकाशनबीचको सहमतिअनुसार फन्ट निर्माण गरिएको हो । कलाकार रमेश पौडेलले कार्यदलको प्रतिवेदनका आधारमा ‘दुबो’ नामक ‘फन्ट’को ‘डिजाइन’ गरेर मङ्गलबार सो फन्ट प्रतिष्ठानलाई हस्तान्तरण गरिएको...
-
२०८१ चैत्र १, शुक्रबार
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
काठमाडौँ - यहाँ होलीको दिन बिहानैदेखि एक आपसमा रङ खेली फागु पूर्णिमा अर्थात् होली पर्व मनाउनेको चहलपहल छ । यसरी होली पर्व मनाउनेले अनुमति विना अरूलाई रङ दलिदिने र पानी खन्याइदिने गरेको दृश्य भने बिरलै भेटिन थालेको छ । केही वर्षअघिसम्म होलीका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्यान्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक...
-
२०८१ चैत्र १, शुक्रबार
सुनिन छोड्यो होलीको ‘जोगिरा’
धनुषा - “कौनतालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौनतालपर गोरिया नाचे कौन तालपर हम ? जोगीरा सर र र !!!” (कुन तालमा ढोलक बज्छ, कुन तालमा मृदंग, कुन तालमा कान्छी नाच्छे कुन तालमा) वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ...


