STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ फाल्गुण २७, मंगलबार

    नेवाः स्टार आराध्यालक्ष्मी खड्गी अनुबन्धित “आमा आज पनि रुन्छिन्” फिल्मको शुभ साईत चैत्र १ गते

    नेपालभाषा चलचित्र, म्यूजिक भिडियो जगतमा लोकप्रिय स्टार कलाकार, निर्देशक, कोरियोग्राफरका साथै डान्सिङ क्वीन नेवाः नायिका आराध्यालक्ष्मी खड्गी अनुबन्धित चलचित्र “आमा आज पनि रुन्छिन्” को शुभ साइत हुनेभएको छ । आउँदो चैत्र १ गते काठमाडौंको कोटेश्वरस्थित महादेवस्थानमा विहान ८ बजे उक्त चलचित्रको शुभ साइत कार्यक्रम हुने जानकारी नायिका आराध्यालक्ष्मी खड्गीले दिनुभएको छ । नेपाली चलचित्र जगतका लोकप्रिय...

  • २०८१ फाल्गुण २६, सोमबार

    बबरमहलमा छचल्कियो ‘रङका तरङहरु’

    काठमाडौँ - कति थरी रङहरु मिसिएपछि स्वतन्त्रताको रङ बन्ला ? प्रेममा कुन रङको बढी लालित्य होला ? आत्माको रङ चाहिँ कस्तो हुन्छ ? आत्माको उतारचढाव कस्तो हुन्छ ? अनि आत्मा जीवित देखिन्छ र ? आत्मा परिकल्पनाभन्दा बाहिरको कुरा हो । रङ्गीन दृश्यमा देखिन सम्भव नहोला तर पनि आत्माको भाव सधैँ मानवसँगै रहन्छ ।  ‘समय, परिस्थिति र वास्तविकता’मा कलाकार कृति शाह चन्दका कलाहरुले मानव जीवनका यिनै विविध समय,...

  • २०८१ फाल्गुण २६, सोमबार

    राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौँ महानगरको निर्णय

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीका क्रममा फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराएको हो ।  काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते त्यहाँ पार्टी...

  • २०८१ फाल्गुण २६, सोमबार

    सरकारी लेटरहेडमै 'श्री ५' !

    काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र साहलाई श्री ५ को सम्बोधन गर्दै उनको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएको भन्दै सरकारले पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।  पर्यटन प्रवर्द्धकका रूपमा पोर्चुगलको लिजबनमा कार्यरत बास्तोलाले कार्यालयको लेटर हेडमै पूर्वराजा ज्ञानेन्द्रलाई श्री ५ सम्बोधन गरी उनको अभिव्यक्तिलाई समर्थन गरेका थिए। साथै उनले उक्त पत्र आफ्नो...

  • २०८१ फाल्गुण २५, आइतबार

    टेकुको ढलमा एक पुरुष खस्यो : उद्धारपछि उपचार गरिँदै

    काठमाडौं - काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो । उद्धार गरिएका व्यक्तिको वतन खुल्न बाँकी रहेको प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश खड्काले बताए । उद्धार गरिएका व्यक्ति अन्दाजी ३१र३२ वर्षका पुरुष रहेको प्रहरीको भनाइ छ । आइतबार...

  • २०८१ फाल्गुण २५, आइतबार

    फेसबुकले ३० दिन बढीको लाइभ भिडिओ डिलिट गर्दै

    काठमाडौं - सामाजिक सञ्जाल फेसबुकले अब लाइभ भिडिओहरुको व्यवस्थापन थालेको छ।  करोडौँ प्रयोगकर्ता रहेको फेसबुकले जुलाई १ देखि नयाँ नियम लागू गर्न लागेको जनाएको छ।  यसअनुसार ३० दिनदेखि पुराना भिडिओ स्वतः डिलिट हुने फेसबुकले जनाएको छ।  उसले प्रयोगकर्तालाई आफ्ना लाइभ भिडिओ सेभ गर्ने भए एकैपटक डाउनलोड गरी अन्य डिभाइसमा राख्न भनेको छ। 

  • २०८१ फाल्गुण २५, आइतबार

    अबदेखि टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने

    काठमाडौं - अहिलेसम्म टिकटकले अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिँदै आएको छ। टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समयावधि क्रमशः बढाउँदै लगेको छ।  सुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको हो। अबदेखि भने टिकटकमा ६० मिनेटसम्मको भिडिओ पनि अपलोड गर्न सक्ने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले...

  • २०८१ फाल्गुण २५, आइतबार

    बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइयो

    भक्तपुर - भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको छ । तान्त्रिक विधिअनुरूप भक्तपुरमा नौ दिन आठ रातसम्म सञ्चालन हुन्छ । चैत अन्तिम दिन ५५ हात लामो योसिंद्योअर्थात् लिङ्गो उठाएर नयाँवर्ष वैशाख १ गते दिनभरि जात्रा गरिन्छ । सोही दिन साँझ उक्त लिङ्गो...

  • २०८१ फाल्गुण २५, आइतबार

    पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति संसद्‌मा आपत्ति

    काठमाडौं - राष्ट्रियसभामा पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिले प्रवेश पाएको छ ।  आइतबारको बैठकमा सांसदहरुले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाएका छन् ।  प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्ती राईले ‘प्रतिगामी तत्व’ कुर्लिन थालेको बताइन् ।  “फेरि पनि प्रतिगामी तत्व ब्युँझिदै छन् । संविधानको उल्लंघन गर्न खोज्दैछन्,” उनले भनिन्, “लडेर प्राप्ति गरेका अधिकार खोस्न चाहँदैछन् । संघीय...

  • २०८१ फाल्गुण २५, आइतबार

    रात्रिभोज खुवाएर पोखराबाट फर्किंदै पूर्वराजा

    पोखरा - पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदै छन् । उनी पुरानो विमानस्थलबाट आइतबार दिउँसो ३ बजे काठमाडौं फर्किंदै छन् । यसअघि, शनिबार राति उनले माउन्ट ग्लोरी रिसोर्टमा आफू निकट व्यक्तिहरूलाई रात्रिभोज दिएका थिए । भोजमा प्राडा जगमान गुरुङसहित सांस्कृतिक अध्येता सुनील उलकलगायत सहभागी थिए । त्यसबाहेक पोखराका विभिन्न धार्मिक संस्थाका प्रतिनिधि पनि सहभागी थिए । यस्तै, स्याङ्जाको...

  • २०८१ फाल्गुण २५, आइतबार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् ।  उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरु पोखराबाट काठमाडौँ आउँदै गरेका पूर्वराजा शाहलाई स्वागत गर्न एयरपोर्ट गेटमा पुगेका हुन् । शाह ३ बजे...

  • २०८१ फाल्गुण २२, बिहिबार

    सात जना महिला चलचित्रकर्मि सम्मान गर्दै महोत्सव भव्य रुपमा सम्पन्न

    ११५ अौं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल सरकार चलचित्र विकास बोर्डको महिला चलचित्रकर्मि सशक्तिकरण समितिद्वारा आयोजित तीन दिने महिला चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ । महोत्सवको तेस्रो तथा अन्तिम दिन वरिष्ठ सामाजिक अभियन्ता अनुराधा कोईरालाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो । यस महोत्सवको पहिलो दिन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल प्रमुख अतिथि रहेकी...

Pages