STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ फाल्गुण २१, बुधबार

    नुवाकोटका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व

    त्रिशूली (नुवाकोट), नुवाकोटका माझी समुदायले मङ्गलबार पहिलो पटक सामूहिक रुपमा लदी पर्व मनाएका छन् । जिल्लाभरका माझीहरु सामूहिक रुपमा भेला भएर ‘प्रथम लदी पर्व तथा प्रकृति पूजा’ कार्यक्रमको आयोजना गरेर मनाएको पर्वले लोप संरक्षणको लागि सहयोग पुग्ने उक्त समुदायका अगुवा तेजबहादुर माझीले बताउनुभयो । “विगतका वर्षमा माझीले डुङ्गा चलाइ खोला नदी वारपार गराउँदै आएको स्थानमा तुइन, झोलुङ्गे पुल, पक्कीपुल...

  • २०८१ फाल्गुण २१, बुधबार

    'पाइप फुट्नुमा विद्युत प्राधिकरण दोषी'

    काठमाडौं - मेलम्ची खानेपानी आयोजना निर्देशनालयले थापाथलीमा पाइप फुट्नुमा विद्युत प्राधिकरण दोषी रहेको जनाएको छ ।  प्राधिकरणले विद्युतको तार अन्डरग्राउन्ड गर्नेबेला मेलम्चीको खानेपानीको पाइपमा क्षति पुग्न गई अहिले पाइपको क्षति पुगेको भाग फुटेको जनाएको हो ।  आयोजनाका प्रवक्ता चन्द्रकुमार श्रेष्ठका अनुसार बिहान ५ः २० मा पाइप फुट्दा करिब ४ लाख लिटर पानी खेर गएको थियो । आसपासमा पसलमा पानी पसेको थियो...

  • २०८१ फाल्गुण २१, बुधबार

    ग्यासको कमिसन बढाउने सहमति, आन्दोलन फिर्ता

    काठमाडौं - खाना पकाउने ग्यासको कमिसन बढ्ने भएको छ । सरकार र नेपाल एलपी ग्यास उद्योगबीच ग्यासको कमिसन रकम १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको हो ।    कमिसन बढाउने सहमति भए पनि तत्काल उपभोक्ता मूल्य भने नबढ्ने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विगत ६ वर्षदेखि कमिसन वृद्धि नभएपछि बिक्रेताले पीडीओ उठाउन मानेका थिएनन् ।  सरकारले खाना पकाउने एलपी ग्यासमा सहुलियत...

  • २०८१ फाल्गुण २०, मंगलबार

    नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

    काठमाडौं - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् । नेमकिपाको मंगलबार सम्पन्न आठौँं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको आठौंँ महाधिवेशन गत फागुन १६ गते सुरू भएको हो । विसं २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजेक्छे सर्वसम्मत अध्यक्ष रहँदै आएका छन् । महाधिवेशनले नेमकिपाको...

  • २०८१ फाल्गुण २०, मंगलबार

    ‘महिला चलचित्र महोत्सव’ मा " सिन्दुर "

    ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । सरस्वतीनगर, चाबहिलस्थित चलचित्र बिकास बोर्डमा सुरु भएको महोत्सव तीन दिन अर्थात् बिहीबारसम्म चल्नेछ भने पहिलो दिन मंगलबार नेपालको पहिलो व्यावसायिक सफल चलचित्र " सिन्दुर " प्रदर्शन गरिएको थियो । प्रकाश थापा निर्देशित " सिन्दुर "को प्रदर्शन संगसंगै सो चलचित्रमा अभिनय गर्ने दुइ कलाकारहरु विश्व बस्नेत र बसुन्धरा...

  • २०८१ फाल्गुण २०, मंगलबार

    साहित्यकार तथा कलाकार सरस्वती घिमिरे एकल मुक्तक वाचन

    बन्धु फिल्मस् प्रालि.को आयोजनामा च साहित्यकार तथा कलाकार सरस्वती घिमिरेको एकल मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । लचित्र विकास बोर्डको हलमा भएको एकल मुक्तक वाचनमा उहाँ गुञ्जिनु भएको हो । मिलाप मासिकको सहकार्यमा भएको उक्त वाचन कार्यक्रमको सहजिकरण विशिष्ट कलाकार लय संग्रौलाले गर्नुभएको थियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यतामा भएको वाचन कार्यक्रममा स्रष्टा...

  • २०८१ फाल्गुण २०, मंगलबार

    कुमाल बस्तीको छ घरगोठ आगलागीबाट नष्ट

    पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि  खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् । आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको  घर जलेर नष्ट भएको रैनादेवी छहरा–३का वडाध्यक्ष...

  • २०८१ फाल्गुण २०, मंगलबार

    मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न

      फागुनः काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ ।थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाइप...

  • २०८१ फाल्गुण १८, आइतबार

    ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण वार्तापछि रूस–युक्रेन युद्ध निरन्तर

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार तनावपूर्ण भेटवार्तापछि रूससँग युद्धविरामको सम्भावना तत्काल हटेको छ । अमेरिकी राष्ट्रपतिको कार्यकक्ष ओभल अफिसमा ट्रम्प र  जेलेन्स्कीबीच वार्ता भएको थियो । विभिन्न सञ्चारमाध्यमले लाइभ गरेको करिब ५० मिनेटको वार्ताको अन्तिम दश मिनेटमा तनाव चर्किएको थियो ।   वार्ताले नराम्रो रूप लिएपछि तय गरिएको भोज...

  • २०८१ फाल्गुण १७, शनिबार

    चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबीच द्विपक्षीय सम्झौता

    नेपाल सरकार चलचित्र विकास बोर्ड र नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यता एवं गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक बसन्त कुँवरको समुपस्थीतिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा...

  • २०८१ फाल्गुण १७, शनिबार

    विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा

    काठमाडौँ - काठमाडौँ महानगरपालिका– १५ का ३३ विद्यालयका ६० विद्यार्थीहरू स्वयम्भूमा चित्र कोर्न भेला भए ।  उनीहरूलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्र’ शीर्षकमा प्रतियोगितात्मक चित्रकलामा सहभागी गराएको थियो । विद्यार्थीहरूले स्वयम्भूसहित उपत्यकाका दृश्य चित्रमा उतारे । चित्रमा उनीहरुले आफ्ना भावनासमेत पोखे । स्कुले विद्यार्थीहरूले आँखाले देखिरहेको दृश्य...

  • २०८१ फाल्गुण १७, शनिबार

    भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले स्तरोन्नति गर्ने

    भक्तपुर - भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक अब चाँगुनारायण नगरपालिका आफैँले स्तरोन्नति गर्ने भएको छ । आउँदो वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष, २०८२ लाई लक्षित गर्दै नगरपालिकाले भक्तपुर–नगरकोट सडक आफैले स्तरोन्नति गर्ने गरी बोलपत्र आह्वान गरेको छ । एक्जिम बैंक इण्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरी २०७१...

Pages