-
२०८१ फाल्गुण १४, बुधबार
सहकारीको पैसा लेनदेनको विषयमा मन्त्रीका स्वकीय सचिवले गरे आत्महत्या
काठमाडौं - बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । धादिङ, धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित...
-
२०८१ फाल्गुण १३, मंगलबार
सफलतापूर्वक सम्पन्न भो नेपालभाषाका चलचित्र उत्थानका लागि आयोजित “नेवाः फिल्म नेवाः फुड फेस्टिभल”
कीर्तिपुर/नेपालभाषा चलचित्र जगतको संवर्द्धन, प्रवर्द्धन एवं संरक्षण गर्ने हेतुका साथ सिनेमा हलको बक्स अफिसबाट टिकट खरिद गरी नेपालभाषाका चलचित्रहरु हर्ने प्रवृत्तिको विकास एवं विस्तार गर्ने उद्देश्यका साथ एवं नेपालभाषाका चलचित्रहरु पनि नेपाल चलचित्र विकास बोर्डमा दर्ता गरी प्रदर्शनीमा ल्याउनुपर्ने उद्घोषका साथ गत फागुन ११ गते आइतबार नेवाः फिल्म नेवाः फुड फेस्टिभल कार्यक्रमको आयोजना गरियो ।...
-
२०८१ फाल्गुण १३, मंगलबार
लगनखेलको न्हु पोखरी जोगाउन ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा
काठमाडौं - ललितपुर महानगरपालिकाले लगनखेल स्थित ५ नम्बर वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोक सम्मका घर र टहराहरु भत्काएर बाटो फराकिलो बनाउने कार्य सुरु गरेको छ । महानगरपालिकाले सोमबार घर-टहरा भत्काउने काम सुरु गरेको हो । लगनखेलमा अवस्थित ऐतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि पोखरी अगाडिका घर टहराहरु भत्काइएको महानगरपालिकाले जनाएको छ ।
-
२०८१ फाल्गुण १३, मंगलबार
पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध
काठमाडौँ - काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथ क्षेत्र र त्यसवरपर शिवरात्रिमा मासु, मदिरा र अन्य नसालु पदार्थ सेवन तथा बिक्री वितरण निषेध गरेको छ। महाशिवरात्रि पर्व, २०८१ लाई अनुशासित, मर्यादित तथा व्यवस्थित बनाउन भन्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मासु, मदिरा तथा नसालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी रोक लगाउने गरी सूचना जारी...
-
२०८१ फाल्गुण १३, मंगलबार
ट्रम्पलाई बालेन शाहको आग्रह : डीभी बन्द गर्नुहोस्
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डाइभरसिटी भिसा (डीभी) रोक्न आग्रह गरेका छन्। उनले बिहीबार राति फेसबुकमा ट्रम्पलाई मेन्सन गर्दै स्टाटस लेखेका हुन्। जसमा उनले भनेका छन्, ‘कृपया आफ्नो वासना (डीभी) दासत्व पनि बन्द गर्नुहोस्। हामी हाम्रा रत्नहरू फिर्ता ल्याउनेछौँ। बाँकी संसारलाई तपाईंको देशमा आउन प्रतिबन्ध लगाउनुहोस् र संसारलाई अघि...
-
२०८१ फाल्गुण १३, मंगलबार
‘लाज शरणम्’ले पायो सेन्सर पास, फागुन १४ गतेबाट प्रदर्शन
काठमाडौं - नेपाली चलचित्र ‘लाज शरणम्’ले केन्द्रीय चलचित्र जाँच पास समितिबाट सेन्सर पास पाएको छ । समितिबाट नेपालभर प्रदर्शन गर्न पाउने गरी स्वीकृति पाएको छ । चलचित्रविरुद्ध परेको रिटमाथि अन्तरिम आदेश दिँदै उच्च अदालत पाटनले सेन्सर बोर्डबाट सेन्सर पास नभएसम्म प्रचारप्रसार रोक्न भनेको थियो । चलचित्र ‘लाज शरणम्’ले फागुन १४ गतेका लागि रिलिज मिति लिएको छ । सेन्सर पास भएसँगै चलचित्रलाई प्रदर्शनको बाटो...
-
२०८१ फाल्गुण १३, मंगलबार
महाशिवरात्रिको ट्राफिक व्यवस्थापन : यी स्थानमा पार्किङ
काठमाडौं - महाशिवरात्रि पर्वको दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा हुने भीडभाड व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ । कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजनका निम्ति ट्राफिक व्यवस्थापनको तयारी गरिएको जनाएको छ । दर्शनार्थीका सवारीसाधनको पार्किङ तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुह्वेश्वरीपारि करिडोर सडकमा गर्ने व्यवस्था मिलाइएको छ ।...
-
२०८१ फाल्गुण १३, मंगलबार
ठमेलमा प्रहरी कुट्नेलाई १० देखि १५ हजार धरौटीमा रिहा गर्न आदेश
काठमाडौं - काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले सोमबार यस्तो आदेश दिएको हो। डडेलधुराको गन्यापधुरा गाउँपालिका ५ घर भई लैनचौरमै बस्ने २२ वर्षका रमेशकुमार फुलारालाई १५ हजार धरौटी माग गरिएको छ। अनेराश्ववियुका केन्द्रीय सदस्य कमल जोशी,...
-
२०८१ फाल्गुण १३, मंगलबार
पूर्वराजा ज्ञानेन्द्रलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन पुनको चुनौती
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन् । झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेस जागरण अभियान उदघाटन समारोहलाई सम्बोधन गर्दै पुनले जागरुक भइसकेका जनता कुनै पनि तानाशाहीको पक्षमा नरहेको बताए । जनताको निराशा र...
-
२०८१ फाल्गुण ११, आइतबार
स्रष्टा अमर बान्तुका पाँच गीतका भिडियो सार्वजनिक
मिलाप मासिकको आयोजनामा स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो । सबै गीतका भिडियोलाई शान थापाले निर्देशन...
-
२०८१ फाल्गुण ११, आइतबार
विश्वशान्तिको लागि बुद्धशिक्षा आवश्यक भन्ने उद्घोष
बौद्ध विद्वानद्वय रत्नसुन्दर शाक्य र ठाकुर कृष्ण उप्रेतीका दुईवटा पुस्तक संयुक्त रुपमा लोकार्पण गरिएको छ । स्रष्टा शाक्यले रचना गर्नुभएको बौद्धजगतका स्मरणीय व्यक्ति तथा उप्रेतीले अंग्रेजी भाषाबाट नेपालीमा अनुवाद गर्नुभएको व्यवहारिक विपश्यना ध्यान नामक पुस्तक लोकार्पण गरिएको हो । धापाखेल बौद्ध बिहारमा सम्पन्न भएको पाँचौं धम्म डिजिटल दिवसको सन्दर्भमा पुस्तक लोकार्पण गरिएको हो । शाक्यले नेपालको...
-
२०८१ फाल्गुण ११, आइतबार
नेपाल भाषाका साहित्यकार सम्मानित
काठमाडौँ, काठमाडौँ महानगरपालिका–२२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान गर्नुभएका पाँच साहित्यकारलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय मातृभाषा रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा शनिबार वडाले ‘कविता वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेको हो । सम्मानित हुनुहुनेमा कथाकार पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कथाकार तथा गीतकार...


