-
२०८१ फाल्गुण ५, सोमबार
रलिशा शाक्य मिस नेवाः , लूनिभा मानन्धर फस्ट रनरअप व लुमना महर्जन सेकेण्ड रनरअप घोषणा
मिस नेवाः नेपाल ११४५ को उपाधि ललितपुरकी प्रलिशा शाक्यले जितेकी छन् । नेप्लिज फेसन होमले काठमाडौंमा आयोजना गरेको फिनालेमा उनले १९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमिन् ।उपाधिबापत उनले एक लाख रुपैयाँ नगद सहित विभिन्न उपहारपनि प्राप्त गरेकी छिन् । आइतवार प्रज्ञा प्रतिष्ठानको हलमा नेवार भाषा, कला, संस्कृति र भेषभूषा प्रस्तुत गर्दै फिनाले आयोजना गरिएको थियो ।प्रलिशाले शीर्ष पुरस्कारसँगै मिस बेष्ट...
-
२०८१ फाल्गुण ४, आइतबार
भिक्षुसङ्घलाई सामूहिक सङ्घदान
काठमाडौँ - स्वयम्भूस्थित आनन्दकुटी विहारमा आज भिक्षुसङ्घलाई सामूहिक सङ्घदान गरिएको छ । उदाय् समाजको संयाजकत्वमा भएको कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान गरिएको थियो । समाजद्वारा आयोजित यो चौथो सङ्घदान हो । यसपटकको सङ्घदानमा समाजमा आबद्ध नरहेका व्यक्ति तथा संस्थालाई पनि दान दिइएको थियो । सङ्घदान अघि आनन्दकुटी विहारका प्रमुखभिक्षु धर्ममूर्ति महास्थवीरले...
-
२०८१ फाल्गुण ४, आइतबार
बेलुन बिस्फोटमा घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख
काठमाडौं - पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अहिले सघन उपचार कक्षमा उपचार जारी रहेको र हिजोभन्दा आज अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । ड्रेसिङ भए पनि घाउको अवस्थाका बारेमा अद्यावधिक गरिने र अहिले अवस्था सामान्य भए पनि संक्रमण हुने भएकाले पूर्ण रूपमा भेटघाट बन्द गरिएको...
-
२०८१ फाल्गुण ४, आइतबार
एपिक नेपाल म्युजिक अवार्ड चैत २ गते हुने
यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल निगु पुखु दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ । एपिक नेपाल म्युजिक प्रालिले शनिबार मध्यपुरथिमिको शंखधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितरणबारे जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले विभिन्न ३२ विधामा यस वर्ष अवार्ड वितरण गरिने बताए । उनले यस वर्षको...
-
२०८१ फाल्गुण ४, आइतबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१ ० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०।५८ रुपैयाँले बढेर र डिजेलमा ३।५९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ । निगम सञ्चालक समितिको निर्णयानुसार १६ फेब्रुअरी २०२५ (मिति २०८१–११–०४)को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा...
-
२०८१ फाल्गुण २, शुक्रबार
रामजी लम्सालको ‘अन्धपथ’मा राजेश हमाल
काठमाडौंमा बुधबार एक विशेष कार्यक्रमबीच आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘अन्धपथ’को निर्माण घोषणा गरिएको छ । यही फागुनको ८ गतेदेखि छायांकन आरम्भ गरिने भनिएको यो चलचित्रको निर्मातामा रामजी लम्साल हुनुहुन्छ भने कथा पनि उहाँ कै रहेको छ । रामकाजी घिमिरेको लेखन र निर्देशन रहने चलचित्रमा महानायक राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण...
-
२०८१ फाल्गुण १, बिहिबार
एकीकृत समाजवादीको बागमती प्रदेश अधिवेशन काठमाडौँमा
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी फागुन ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । अधिवेशनमा सङ्गठनको सुदृढीकरण, समसामयिक विषयवस्तु, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजनासम्बन्धी छलफल गरिने सो पार्टीले जनाएको छ । बागमती प्रदेशका १३ जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने छ । ...
-
२०८१ फाल्गुण १, बिहिबार
शिक्षिकाले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते
तनहुँ - तनहुँको भिमाद नगरपालिका–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलका शिक्षिकाको यातनाबाट तीन जना विद्यार्थी घाइते भएका छन् । विद्यालयकी शिक्षिका एवं लेखापाल सोही ठाउँ बस्ने ३४ वर्षीया सुष्मा श्रेष्ठले यातना दिँदा कक्षा ४ मा अध्ययनरत तीन जना विद्यार्थी घाइते भएका हुन् । कक्षाकोठामा होहल्ला गरेको भनी सजाय दिने क्रममा श्रेष्ठले तातो पन्यु हान्दा तीन जना विद्यार्थी घाइते भएको जिल्ला...
-
२०८१ फाल्गुण १, बिहिबार
कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण गरेको छ । मङ्गलबार यहाँ आयोजना गरिएको ‘मेलमिलाप प्रवद्र्धनका कार्यक्रममा कामपाको प्रमुख बालेन्द्र शाह, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद् काशीराज दाहाल, उपप्रमुख सुनिता डङ्गोलसहितले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । कामपाका...
-
२०८१ फाल्गुण १, बिहिबार
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
ललितपुर - ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज बनाउन सरोकार भएकासँग अनुरोध गरेका छन् । गुहाटी विश्वविद्यालयले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्धको जरा गुरु मच्छिन्द्रनाथको दृष्टिकोण’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सोमबार आयोजित उद्घाटन सत्रमा नगरप्रमुख...
-
२०८१ फाल्गुण १, बिहिबार
पिकनिकबाट फर्केको विद्यार्थीसहितको बस दुर्घटना, ३ जनाको मृत्यु, ४० घाइते
काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ४० जना विद्यार्थी घाइते भएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। सुशांक डोटेलको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। एनएमसी अस्पतालमा एक जना र त्रिवि शिक्षण अस्पतालमा एक जनाको उपचारको क्रममा मृत्यु भएको पनि बोहराले बताए। बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायात चाबहिलस्थित एसएस एकेडेमीको...
-
२०८१ माघ ३०, बुधबार
जनयुद्ध दिवस भव्यताका साथ मनाउन माओवादीको सबै कमिटीमा केन्द्रको सर्कुलर
काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले मातहतका सबै कमिटीहरुमा सर्कुलर जारी गर्दै जनयुद्ध दिवस भव्यताको साथ मनाउन भनेको छ । आज (बुधबार) माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले केन्द्रीय निणर्यअनुसार सबै कमिटीलाई जनयुद्ध दिवस भव्यताको साथ मनाउन सर्कुलर पठाएका हुन् । माअोवादीले फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ । भोलि (फागुन १ गते) माओवादीले विविध कार्यक्रम गरेर जनयुद्ध दिवस बनाउने तयारी...


