STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ माघ ३०, बुधबार

    मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो

    काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो । ‘अहिले बिजुली पनि छै । अदालतको भुइँतला सबै डुबेको छ,’ उनले भने । उनका अनुसार सबै कर्मचारी र सेवाग्राही अदालत परिसरभित्रै रोकिएका छन् । ‘हामी सबै अदालतभित्रै छौं,’ उनले भने, ‘पानी पसेपछि...

  • २०८१ माघ ३०, बुधबार

    स्कटल्याण्डको एडम्बरामा आदिवासी जनजाति चलचित्र महोत्सव हुने

    १० फेब्रुअरी मा एक औपचारिक कार्यक्रम गरि Nepal Scotland Association (NSA) का अध्यक्ष बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव/ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा  महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी स्कटल्याण्डको एडम्बरामा आदिवासी...

  • २०८१ माघ ३०, बुधबार

    साहित्यिक प्रकाशन "बाखँ दबू" को नयाँ अङ्क सार्वजनिक

    नेपालभाषाका कथा विधालाई समेट्ने उद्देश्य ले स्थापित साहित्यिक जमात बाखँ दबू ले निरन्तर रूपमा प्रकाशित गर्दै आइरहेकाे कथा विषयक साहित्यिक प्रकाशन "बाखँ दबू" काे १२ औँ अङ्क  साेमबार भक्तपुरमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिकाे आफ्नै भवनकाे प्राङ्गणमा एक समाराेहका बीच सार्वजनिकीकरण गरियाे । उक्त दबूका संस्थापक सदस्य लाेचन तारा तुलाधरकाे सभाध्यक्षता एवम् वरिष्ठ साहित्यकार सुवर्ण केशरी...

  • २०८१ माघ ३०, बुधबार

    कीर्तिपुर सिनेप्लेक्समा नेवाः फुड र फिल्म महोत्सव हुने

    "नेवाः सभ्यता नेवाः स्वाद, हेरौं हामीले नेवाः फिल्म" भन्ने नारा सहित नेवाः फिल्मको उत्थानका साथै नेवाः  खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्य लिएर नेपाल कला संस्कृति उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स तथा कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा “नेवाः फुड नेवाः फिल्म महोत्सव” हुने भएको छ ।  आउँदो फागुन ११ गते आइतबार हुने भएको कार्यक्रममा पाँच वटा नेपालभाषाका चलचित्र प्रदर्शन हुने भएको छ ।...

  • २०८१ माघ २९, मंगलबार

    कीर्तिपुरको १ र १० वडामा प्रत्येक शनिवार “नेवाः उत्सव” : उत्सव पहिचानयोग्य होस्

    हाल, प्रत्येक शनिबार कीर्तिपुर नगरपालिकाको १० वडाभित्र पर्ने चिथु–इताछेँ टोलको सडक, जुन सडकलाई सम्पदामार्गको रुपमा पहिचान दिइएको छ, त्यहाँ कीर्तिपुर गाईड एशोसिएसनको आह्वानमा प्रत्येक शनिवार दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म नेवाः उत्सवको रुपमा मनाइँदै आइरहेको छ र गएको शनिबारबाट उक्त नेवाः उत्सवले तेस्रो हप्ता पार गरिसकेको छ । कीर्तिपुर गाईड एशोसिएसनको यो एक उदाहरणीय पाईला हो । गएको शनिबारदेखि उक्त...

  • २०८१ माघ २९, मंगलबार

    अमेरिकामा भएको अवार्डको समापन र घोषणा नेपालमा सम्पन्न

    नेपाल फिल्म सोसाइटीको सकृयतामा अमेरिकामा सम्पन्न सातौं Global Nepali Film Award को समापन अाइतबार सम्पन्न भएको छ । चलचित्र बिकास बोर्डको प्रेक्षालयमा सम्पन्न सो समारोह मा सोसाइटीका अध्यक्ष प्रसिद्ध अभिनेता कृष्ण मल्लले ," हामीले  प्रत्येक पटक अमेरिकामा आयोजना गरिने ग्ल‍ोबल फिल्म अवार्डको समापन नेपालमा गर्ने गरेका छौैं। अमेरिकामा विविध कारणले जान नपाउनु भएका चलचित्रकर्मीहरुलाई समापन समार‍ोहमा...

  • २०८१ माघ २९, मंगलबार

    म्युजिक भिडियो निर्देशक समाजको साधरण सभा एवं वनभोज सम्पन्न

    नेपाल म्युजिक भिडियो निर्देशक समाजको तेस्रो वार्षिक साधारण सभा एवं वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।  शनिबार टोखा नगरपालिका स्थित भुतखेल सामुदायिक बनमा साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको हो । समाजकी अध्यक्ष बबिता श्रेष्ठ मलेकुले साधारण सभाको अध्यक्षता गरेकी थिइन् भने समाजकै प्रथम उपाध्यक्ष डि.आर सुजनको संयोजकत्वमा वनभोज कार्यक्रमको आयोजना गरिएको थियो । रिलिजको संघारमा रहेका...

  • २०८१ माघ २८, सोमबार

    इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र आह्वान

    नेपाल सरकारअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, निर्माणका लागि इच्छुक कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन आग्रह गरिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यो...

  • २०८१ माघ २८, सोमबार

    नगदेशमा १२ वर्षपछि ऐतिहासिक पुलिकिसी जात्रा

    भक्तपुर - मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा गएराति नै सम्पन्न भएको छ ।  हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको स्थानीय विनोद कोजूले जानकारी दिए ।   जात्रा नगदेशको लाछिटोलस्थित सिद्धिगणेश मन्दिर प्रांगणबाट सुरू भई...

  • २०८१ माघ २८, सोमबार

    मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो

    भरतपुर - चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ ।  समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर अनुसन्धान अघि बढाइएको छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिए । ‘मकुनाको मृत्यु सम्बन्धमा शुक्रबार छानबिन समिति बनेको थियो । बीचमा बिदा भएकाले आजदेखि काम...

  • २०८१ माघ २८, सोमबार

    क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन

    जनकपुर - मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् र त्यसको प्रयोगस्थलको अनुगमन गरेका छन् ।  उनले आज साँझ धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित कमलामाई क्रसर उद्योग तथा कमलामाई बालुवा प्रशोधन उद्योगको निरीक्षण अनुगमन गरेका हुन् ।   गणेशमान चारनाथ नगरपालिकाका विभिन्न क्रसर उद्योगले कमला र वरपरका अन्य खोलाबाट जथाभाबी र गैरकानुनी ढङ्गबाट उत्खनन्...

Pages