STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ माघ २८, सोमबार

    सुर्खेतमा तीर्थयात्री बोकेको बस दुर्घटना, ३६ जना घाइते

    सुर्खेत - सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बरको बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ...

  • २०८१ माघ २८, सोमबार

    अनलाइन ठगी र क्रिप्टो करेन्सी कारोबारको आशंका बुढानीलकण्ठको एक घरमा छापा

    काठमाडौं - प्रहरीले बुढानीलकण्ठको एक घरमा छापा मारेको छ । आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो। उक्त घरमा अवैध अनलाइन जुवा, सट्टेबाजी अनलाइन ठगी, क्रिप्टो करेन्सीलगायतको कारोबार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले त्यहाँबाट ल्यापटप, कम्प्युटरलगायतका डिभाइस बरामद गरेको छ भने हालसम्म शंकास्पद १६ जनालाई नियन्त्रणमा लिइएको अधिकारीले बताए । । अहिले अपरेशनको काम भइरहेकाले...

  • २०८१ माघ २८, सोमबार

    फर्पिङमा स्कुल बस दुर्घटना: चालक र एक विद्यार्थीको मृत्यु, ३९ जना घाइते

    काठमाडौँ - काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार  स्कुल बस दुर्घटना हुँदा एक जना विद्यार्थी र बस चालकको मृत्यु भएको छ। ८ वर्षका बालक बिपिन श्रेष्ठको ट्रमा सेन्टरमा र सवारी चालक ३५ वर्षका राधाकृष्ण मगरको दक्षिणकाली नगर अस्पतालमा मृत्यु भएको हो। दक्षिणकाली नगरपालिका ३ स्थित भन्ज्याङमा जुनकिरी इङ्ग्लिस बोर्डिङ स्कुलका ५० जना विद्यार्थी बोकेको बस दुर्घटना भएको काठमाडौँ प्रहरी परिसरका...

  • २०८१ माघ २७, आइतबार

    अध्यादेश हाम्रो कारणले रोकिएको होइन : उपेन्द्र

    काठमाडौं - जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जान कुनै बार्गेनिङ नगरेको बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले अहिले नै सरकारमा जाने अवस्थामा नरहेको बताएका छन् । यादवले सत्ता गठबन्धनलाई समर्थन गरेको अवस्थामा सरकारमा जान कुनै बार्गेनिङ नगरेको पत्रकारहरूलाई बताए ।आफ्ना पार्टी र आफूविरुद्ध नियोजित रुपमा चलाइएको भ्रममा कुनै...

  • २०८१ माघ २७, आइतबार

    पाँच नेवाः फिल्म प्रदर्शनीका साथ कीर्तिपुर सिनेप्लेक्स हलमा नेवाः फुड नेवाः फिल्म महोत्सव फागुन ११ गते हुने

    फागुन ११ गते कीर्तिपुर सिनेप्लेक्स जाऔं, नेवाः फुड नेवाः फिल्म महोत्सवमा सहभागी होऔं “नेवाः सभ्यता नेवाः स्वाद, हेरौं हामीले नेवाः फिल्म” आवाज बुलन्द गर्दै नेवाः फिल्मको उत्थानका साथै नेवाः खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपाल कला संस्कृति उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स तथा कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा “नेवाः फुड नेवाः फिल्म महोत्सव” आउँदो फागुन ११ गते आइतबार...

  • २०८१ माघ २७, आइतबार

    रक्षामन्त्री चढेको गाडीले मोटरसाइकललाई ठक्कर

    काठमाडौं - काठमाडौंको माइतीघरमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। आइतबार बिहान सवा १० बजेतिर रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको थियो।  तर रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर गाडीका चालक फर्किएर मोटरसाइकल चालकसँग सहमती गरिसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले बताए। ...

  • २०८१ माघ २७, आइतबार

    मिस नेवाःका प्रतिस्पर्धीहरुको प्रतिभा प्रदर्शन

    नेप्लीज फेसन होमले आयोजना गर्दै आइरहेको मिस नेवाः सौन्दर्य तथा प्रतिभा प्रदर्शन को प्रतिस्पर्धाको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले शनिवार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफूमा भएका उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गरेका छन् । एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न ट्यालेन्ट शोमा सहभागी प्रतिस्पर्धिहरुमध्ये अधिकांशले नेपालभाषाका लोकप्रिय...

  • २०८१ माघ २७, आइतबार

    'गौरी अनन्त सिरपाः' नेवाः सूचना केन्द्रलाई प्रदान

    काठमाडौं - लोकसाहित्य परिषद्ले प्रदान गर्दै आएको पाँच पुरस्कारमध्ये 'गौरी अनन्त सिरपाः' सत्यमोहन लोकसाहित्य भवन बखुंबहालमा शनिबार नेवाः सूचना केन्द्रलाई प्रदान गरेको छ। नेपालभाषा साहित्य, संस्कृतिसम्बन्धी विभिन्न कार्यक्रमबारे नेवाः सूचनाको प्रवाहक भई कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्दै आएको योगदानको कदर स्वरूप नगद राशि रु. ५० हजारसहितको पुरस्कार नेपालभाषाको अभियन्ता मल्ल के. सुन्दरले नेवाः सूचना...

  • २०८१ माघ २७, आइतबार

    पश्चिमी वायुको प्रभावले आज तीन प्रदेशमा आंशिक बदली

    काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सोही वायुको प्रभावले आज आइतबार तीन प्रदेशमा आंशिक बदली भइरहेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो र राति कोशी, बागमती, गण्डकी, कर्णाली र...

  • २०८१ माघ २७, आइतबार

    स्रस्टालाई पुरस्कृत गर्दै त्रिमूर्ति दिवस सम्पन्न

    नेपालको साहित्य वाङमय क्षेत्रमा सकृय त्रिमूर्ति निकेतनले अठारौँ त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२३ ओैँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा चार जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका २०८० सालका पुरस्कार र सम्मान प्रदान गरियो । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा....

  • २०८१ माघ २६, शनिबार

    वीर अस्पतालको शल्यक्रिया कक्षमा चिकित्सकमाथि आक्रमण

    काठमाडौं - वीर अस्पतालको शल्यक्रिया कक्षमा चिकित्सकमाथि आक्रमण भएको छ। शुक्रबार ड्युटीमा रहेका चिकित्सक र  एक जना कर्मचारीबीच आक्रमण भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले प्रहरीमा पत्र पठाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्। प्रहरीमा पठाएको पत्र अनुसार अस्पतालको अप्रेसन कक्षमा शुक्रबार प्रमुख कन्सलटेन्ट ग्याष्ट्रो सर्जन प्राडा शरद पोख्रेल र त्यहाँ खटिएकी सानुमाया मगर...

  • २०८१ माघ २६, शनिबार

    केजरीवालले भने– जनताको निर्णय हामीलाई स्वीकार्य छ

    एजेन्सी - दिल्ली विधानसभा चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले हार स्वीकार गरेका छन्। सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा उनले भने–  ‘आज दिल्ली चुनावको नतिजा आएको छ र जनताको निर्णय जे भए पनि हामी पूर्ण विनम्रताका साथ स्वीकार गर्छौँ।’ केजरीवालले भने, ‘जनताको निर्णय हामीलाई स्वीकार्य छ। म भारतीय जनता पार्टीलाई यो जितको लागि बधाई दिन्छु। र मलाई आशा छ कि उनीहरूले सबै आशा र अपेक्षाहरू...

Pages