-
२०८१ माघ २६, शनिबार
२७ वर्षपछि दिल्लीमा भाजपा
एजेन्सी - २७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) ले पुनरागमन गर्ने भएको छ। निर्वाचन आयोगका अनुसार दिल्ली विधानसभा चुनावमा भाजपाले ५ सिट जितेको छ भने ४३ सिटमा अगाडि छ । अर्थात् भाजपाले कुल ४८ सिट जित्ने देखिएको छ । आम आदमी पार्टी (आप) ले पनि ६ सिट जितेको छ भने १६ सिटमा अग्रता लिएको छ । उसले कुल २२ सिट प्राप्त गर्ने छ। कांग्रेसले एक सिट पनि पाएको छैन। उता आपका प्रमुख नेता अरविन्द केजरीवाल...
-
२०८१ माघ २६, शनिबार
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी
काठमाडौँ - खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति...
-
२०८१ माघ २५, शुक्रबार
माग पूरा नगरे सम्पूर्ण ग्यास उद्योग बन्द गर्ने चेतावनी
काठमाडौं - नेपाल एलपी ग्यास उद्योग संघले पत्रकार सम्मेलन गर्दै १९ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । उक्त माग पूरा नगरे सम्पूर्ण ग्यास उद्योग बन्द गर्ने चेतावनी दिइएको छ। नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग पूरा नगरे सम्पूर्ण ग्यास उद्योग बन्द गर्ने चेतावनी दिएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको कोटा र सिलिन्डर खरिद रुजु,...
-
२०८१ माघ २५, शुक्रबार
स्वर्गद्वारी गुठीका मोही किसान सिठी फुकेर विरोध प्रदर्शन गर्दै
काठमाडौं - स्वर्गद्वारी गुठीका मोही किसानले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा सिठी फुकेर विरोध प्रदर्शन गरेका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन सुरु गरेका हुन्। सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन् । स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका...
-
२०८१ माघ २५, शुक्रबार
बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाद्वारा कडाइ
दमौली - पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ । विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउँछन् । उनले यहाँको सौन्दर्यका लागि घरका बाहिरी गल्ली (करिडोर) खुला राख्न र व्यापारिक भवन तथा पसल अगाडि...
-
२०८१ माघ २५, शुक्रबार
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
भक्तपुर - भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए । नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका राजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले बुधबार जब क्षेत्रमा प्रवश गर्नुभयो, यिनै...
-
२०८१ माघ २५, शुक्रबार
अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो
भक्तपुर - नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले आज भक्तपुर अस्पतालको अवलोकन गरेकी छन् । उनले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड)को अवलोकन गरेकी हुन् । अवलोकनका क्रममा अधिराजकुमारी सोफीयाले प्रसूति सेवाबारे विस्तृत रूपमा जानकारी लिएकी थिइन् । उनले अस्पतालको प्रसूति कक्षमा रहेका सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य अवस्था र उपचार विधिका बारेमा जानकारी...
-
२०८१ माघ २४, बिहिबार
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
काठमाडौँ - बूढानिलकण्ठ नगरपालिकाले संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्रक्रिया आरम्भ गरेको छ । बूढानिलकण्ठ–३ स्थित विष्णु गुप्ताका पालामा दोस्रो शताब्दीमा निर्मित बूढानिलकण्ठ मूर्ति र मन्दिर क्षेत्रलाई युनेस्को विश्वसम्पदा सूचीमा समावेश गर्न आजदेखि औपचारिक रूपमा सरोकार निकाय, इतिहास र...
-
२०८१ माघ २४, बिहिबार
अध्यादेशबारे अध्ययन भइरहेको छ : जसपा
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको अध्यादेशबारे अध्ययन भइरहेको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालले अध्यादेशबारे थप अध्ययन र छलफल गरी संसदीय दलको अर्को बैठकमा देश र राष्ट्र हित हुने गरी ठोस निर्णय लिने जनाएको छ । "प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेशलाई पेस नगरी कार्यसूचीबाटै हटाएको अवस्थामा जसपा नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय आजै नलिई...
-
२०८१ माघ २४, बिहिबार
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं - चितवन जिल्ला अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गर्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा बिहीबार न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न भनेको हो । धरौटीमा रिहा गर्न आदेश दिँदा अदालतले अहिले नै रवि दोषी नरहेको आधार नदेखिएको बताएको छ । जाहेरवालाको किटानी जाहेरी, छविलाल जोशी र कुमार रम्तेलको बयान,...
-
२०८१ माघ २३, बुधबार
दोहरी गायिका जेरीको कथा वाचन गर्ने महायज्ञ शुरु
गायिकाको रुपमा ख्याति कमाएकी बबिता बानियाँ ‘जेरी’ले कथा वाचन गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मङ्गलबारबाट सुरु भएको छ । यद्यपि उनले कथा वाचन गर्न लागेको विषयमा सरोकारवालाले पक्ष विपक्षमा टीकाटिप्पणी गरिरहेका छन् । यस विषयमा जेरीले लोकदोहोरी क्षेत्रमा संघर्ष गरेर आफू चिनिन पनि सफल भएको र अहिले फरक क्षेत्रमा आएकाले आम मानिसमा चासो र बहस हुनु स्वाभाविक भएको बताइन् । उनले आफूले कुनै...
-
२०८१ माघ २३, बुधबार
नेपाल टेलिकमले कमायो सवा ६ अर्ब २३ करोड नाफा
काठमाडौं - नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब २३ करोड खुद मुनाफा गरेको छ। मंगलबार २१ औं वार्षिकोत्सवका अवसरमा कम्पनीको आर्थिक वर्षको आयव्यय सहितको विवरण सार्वजनिक गरिएको छ। कम्पनीको वित्तीय अवस्थालाई नियाल्दा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ। अर्थतन्त्रका सूचांक नकारात्मक भएको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गर्न सफल भएको कम्पनीले...


