-
२०८१ माघ २३, बुधबार
ट्रम्पको निमन्त्रणामा ह्वाइट हाउस जाँदै मोदी
वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता ह्वाइट हाउसको भ्रमण गर्ने तयारी भएको ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । जनवरी २७ मा दुई नेताबीच हालैको टेलिफोन वार्ताको केही दिनपछि यो निमन्त्रणा आएको हो । टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन...
-
२०८१ माघ २३, बुधबार
फागुन १६ देखि जनकपुरमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
काठमाडौं - जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि जनकपुरमा आयोजना हुने भएको छ । आयोजक संवाद फाउन्डेसनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरमा जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजीसँगै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने...
-
२०८१ माघ २३, बुधबार
खण्डहर बन्दै भोजपुरको टक्सार बजार
भोजपुर - औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरू खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ । पञ्चायतकालदेखि बहुदलीय व्यवस्था आउँदासम्म लाखौँ मूल्यका धातुका सामग्री उत्पादन हुने र टक (डोली पैसा) छाप्ने टक्सार बजार केही वर्षयता सुनसान छ । यहाँ निर्माण भएका धातुका सामानहरू देश विदेशमा...
-
२०८१ माघ २३, बुधबार
तिमाङको जङ्गलमा लागेको आगो अझै सकिएन निभाउन
मनाङ - मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार आगो निभाउने प्रयास जारी छ । ‘आगो नियन्त्रणका...
-
२०८१ माघ २३, बुधबार
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
काठमाडौँ - काठमाडौँ महानगरपालिकाद्वारा पाँच सय ९९ सवारीसाधन परीक्षण गरिएकामा तीन सय ४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत रहेका छन् । कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत भेटिएका हुन् । जाँच गरिएका सवारीसाधनमध्ये पेट्रोलबाट सञ्चालित २३ र डिजेलबाट सञ्चालित तीन सय २२ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका कामपा वातावरण विभागले जनाएको छ ।...
-
२०८१ माघ २३, बुधबार
जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण
टोकियो - जापानले आइतबार तानेगाशिमा स्पेस सेन्टरबाट ‘एच३ रकेट नम्बर ५’ मिचिबिकी नेभिगेसन उपग्रह (स्याटेलाइट) प्रक्षेपण गरेको छ । ‘मिचिबिकी’ स्मार्टफोन, कार नेभिगेसन प्रणाली र अन्य स्थान–आधारित सेवाहरूको लागि जीपीएस सटीकता बढाउन डिजाइन गरिएको जापानी उपग्रह हो । हाल जापानको परिक्रमा गर्ने चारवटा उपग्रहहरू समावेश छन्, जसले सञ्चार सङ्केत नभएका क्षेत्रमा आपत्कालीन भूकम्पको चेतावनी पनि दिन्छ । जापान...
-
२०८१ माघ २३, बुधबार
सहकारी ठगी प्रकरणमा लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा
काठमाडौं - साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जना ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने, उनका साझेदार छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्धिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल...
-
२०८१ माघ २३, बुधबार
राष्ट्रपति पौडेल र बेलायती राजकुमारबिच भेट
काठमाडौं - राष्ट्रपति पौडेल र बेलायतका राजकुमार एडवार्डबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको शीष्टाचार भेटमा पौडेलले जलवायु परिवर्तन विश्वको प्रमुख चिन्ताको विषय भएको र यसको समाधानका लागि सबै लाग्नुपर्ने बताए। जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई...
-
२०८१ माघ २३, बुधबार
पाथीभरा केबलकार निर्माण रोकियो, आन्दोलनकारी र सरकारबिच सहमति
काठमाडौं - पाथीभरा केबलकार निर्माण तत्कालका लागि रोकिने भएको छ । सरकार र आन्दोलनरत पक्षबीच मंगलबार भएको वार्तामा तत्कालका लागि निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो । स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ । सरकार र संघर्षरत समूहको वार्ताटोलीबीच ६ बुँदे सहमति भएको बताइएको छ । केबलकार निर्माणविरूद्ध मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी...
-
२०८१ माघ २२, मंगलबार
भारतका सुविख्यात गायक जुबिन नौटियालको लाईभ कन्सर्ट हुने
भारतका सुविख्यात गायक जुबिन नौटियालको लाईभ सांगितिक कन्सर्टको एन अटिजम केयर फाउण्डेशनले आयोजना गर्ने भएको छ। कन्सर्ट आगामी फागुन १७ गते राजधानीको बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा हुनेछ। कन्सर्टमा नेपालका लोकप्रिय गायक कुमा सागर र जोन चम्लिङ राईको समेत दमदार प्रस्तुति रहने बताइएको छ। काठमाडौंमा पहिलो अटिजम विद्यालय स्थापनाका लागि आर्थिक स्रोत संकलन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको...
-
२०८१ माघ २१, सोमबार
माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज तोकिए
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरूको कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुलमटारमा आज बसेको पदाधिकारी बैठकले सात भौगोलिक र विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी तोकेको हो । बैठकले कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा उपमहासचिव मातृकाप्रसाद यादव, बागमतीमा सचिव हितमान शाक्य, गण्डकीमा सचिव दिनानाथ शर्मा,...
-
२०८१ माघ २१, सोमबार
पाथीभरा केबलकार विवाद समाधान गर्न छलफल सुरु
काठमाडौँ,ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले आजबाट काम सुरु गरेको छ । यसै क्रममा वार्ता टोलीले आज सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ताटोलीसँग छलफल गरेको छ । “काठमाडौँ उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता सुरु गरेका छौँ, प्रारम्भिक छलफल भइरहेको छ”,...


