STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ माघ १६, बुधबार

    डा ओम फाउण्डेसनले २० लाखको छात्रवृत्ति प्रदान गर्ने

    काठमाडौँ - डा ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित उक्त फाउन्डेसनले न्यून आय भएका तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासका निम्ति छात्रवृत्ति प्रदान गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन गरी फाउन्डेसनका संस्थापक डा ओम मूर्तिले देशव्यापी छात्रवृत्ति कार्यक्रम...

  • २०८१ माघ १६, बुधबार

    ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा

    कञ्चनपुर - कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा परेको छ । अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको हो । नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)का चराविद् हिरुलाल डगौराले...

  • २०८१ माघ १६, बुधबार

    शहीदको सपना पूरा गर्न नेतृत्वहरू एकै ठाउँमा उभिनु आवश्य : सुनिता डंगोल

    काठमाडौं - काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ । हरेक वर्ष माघ १६ गते शहीदहरूको स्मरणमा दिवस मनाउने गरिन्छ । सोहीअनुसार आज लैनचौरमा शहीदहरूको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ । सोही अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताइन् । उनले शहीदका...

  • २०८१ माघ १६, बुधबार

    औषधिका नाममा भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिका नाममा भ्रामक प्रचार गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित न्युट्रास्युटिकल्सको सन्दर्भमा यस्तो निर्देशन दिएको हो ।  फर्मास्युटिकल बनावटका क्याप्सुल, ट्याबलेट तथा झोललाई न्युट्रास्युटिकल्स खाद्य वा आहारपूरक सामग्रीको रूपमा बिक्री गर्न नपाइने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य...

  • २०८१ माघ १६, बुधबार

    माघ २४ गते समाजवादी मोर्चाले काठमाडौंमा वृहत् आमसभा गर्ने

    काठमाडौं - विपक्षी चार दलीय समाजवादी मोर्चाले माघ २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ ।  नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले सातै प्रदेशमा ठुला अन्तर्क्रिया गर्ने निर्णय भएको नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए । यसैगरी चैतको पहिलो हप्ता मधेसमा ठुलो आमसभा गर्ने निर्णय...

  • २०८१ माघ १६, बुधबार

    महाकुम्भ मेलामा भागदौड : मृत्यु हुनेको संख्या ३० पुग्यो, ६० घाइते

    नयाँ दिल्ली - भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ । गंगा, यमुना र सरस्वती तीन नदीको संगममा स्नान गर्न करिब १० करोड मानिस भेला भएका थिए ।  मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान...

  • २०८१ माघ १६, बुधबार

    काठमाडौँ उपत्यकामा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने

    काठमाडौँ, हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौँ उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । आज बिहान यहाँको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस कायम...

  • २०८१ माघ १६, बुधबार

    सहिद दिवस मनाइँदै

        काठमाडौँ, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार...

  • २०८१ माघ १६, बुधबार

    गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धी विधेयकमाथि सुझाव लिइँदै

    पोखरा - गण्डकी प्रदेशभित्र मगर र गुरूङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन बनेको विधेयकको प्राररम्भिक मस्यौदामाथि सुझाव सङ्कलनको काम भइरहेको छ । गण्डकी प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने तयारीसहित प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले जिल्लास्तरमा सुझाव सङ्कलनको काम गरेको हो ।  मन्त्रालयका सचिव नवराज ढकालले स्याङ्जा, तनहुँ, लमजुङ, बागलुङलगायतका ठाउँमा पुगेर सरोकार भएका...

  • २०८१ माघ १५, मंगलबार

    सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, दुरुपयोग गरे दुई वर्षसम्म कैद !

    काठमाडौं - सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक संसदमा दर्ता गराएका हुन्।  विधेयकमा कसूर र सजायसम्बन्धी व्यवस्था छ। यसमा कसैले सामाजिक सञ्जालको प्रयोग गरी अश्लील शब्द,तस्बिर,संकेत भीडीयो,अडियो,मिथ्या वा भ्रामक सूचना प्रसार गरेमा दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै...

  • २०८१ माघ १५, मंगलबार

    राख्न नचाहे बाबुको नाम नागरिकतामा नरहने प्रस्ताव संसदमा पेश

    काठमाडौं - सरकारले नागरिकतामा बुबाको नाम उल्लेख गर्न नचाहनेको मागलाई सम्बोधन गर्दै नागरिकतासम्बन्धी विधेयक संशोधनका लागि प्रस्ताव संसद् पुर्‍याएको छ । गृहमन्त्री रमेश लेखकले मंगलबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनको विधेयक संसद् सचिवालयमा दर्ताका लागि पत्र पठाएका हुन् ।  “१ (क) उपदफा (५) बमोजिम दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा र कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर...

  • २०८१ माघ १५, मंगलबार

    आशिका तामाङविरुद्ध अदालतमा मुद्दा दर्ता

    काठमाडौँ - आशिका तामाङविरुद्ध भक्तपुर जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । प्रहरी वृत्त जगातेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले अदालतमा अभियोगपत्र दायर गरेको हो । मंगलबार उनीविरुद्ध बयान र थुनछेक भएन । शुक्रबार उनलाई बयान र थुनछेकको लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।  आशिका सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको...

Pages