-
२०८१ माघ ९, बुधबार
टर्कीको होटेलमा आगलागी : मृत्यु हुनेकाे संख्या ७६ पुग्याे
काठमाडौं - टर्कीको एक होटेलमा आगलागी हुँदा मृत्यु हुनकाे संख्या ७६ पुगेकाे छ । आगलागीमा ५० जना घाइते भएका छन् । बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको इन्डिया टिभीले जनाएको । आगलागीकाे समयमा उक्त होटेलमा २३८ जना रहेको समाचारमा उल्लेख छ । दुई हप्ताको जाडो बिदा मनाउनेहरूको भीडले होटेल भरिएको थियो । विद्यालय बिदा भएकाले होटेलमा धेरै पाहुना रहेको...
-
२०८१ माघ ९, बुधबार
बढ्दै काठमाडौंको तापक्रम
काठमाडौं - देशका केही भूभागमा आज बदली र हिमपात हुने सम्भावना छ । देशभर मौसम मुख्यतया सफा रहँदा केही स्थानमा बदली हुने भएको छ । बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू...
-
२०८१ माघ ९, बुधबार
अदालत हाजिर हुन भैरहवा पुगे रवि लामिछाने
काठमाडौं - बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन्। आफूविरुद्ध दायर भएको मुद्दाबारे अदालतमा उपस्थित भएर बयान दिन उनी मंगलबार काठमाडौंबाट बुद्ध एयरको जहाजर्फत भैरहवा पुगेका हुन्। लामिछानेसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक मुद्दा दर्ता भएको थियो।
-
२०८१ माघ ९, बुधबार
आश्रय रन्जित नेवाः आइडल घोषित
नेपालाभाषा गायन क्षेत्रको पहिलो सांगीतिक रियालिटी शो नेवाः आईडल दोस्रो संस्करण अन्तर्गत ठमेलको जिएए हलमा सम्पन्न अन्तिम् चरणको प्रतिस्पर्धामा आश्रय रञ्जित नेवाः आईडल घोषित भएका छन् । विजेता रंजितले ट्रोफी, प्रमाण-पत्र संगै नगद एक लाख पचीस हजार र विविध गिफ्ट ह्याम्परहरु पनि प्रदान गरिएको छ । त्यस्तै फर्स्ट रनर अप हुने रत्न मान महर्जनले प्रमाण- पत्र संगै नगद पचास हजार र सेकेन्ड रनर अप हुने सुजित...
-
२०८१ माघ ८, मंगलबार
राष्ट्रपतिसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत
काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
-
२०८१ माघ ८, मंगलबार
साँखु क्षेत्रका प्राचीन सम्पदाको प्रचारका लागि ‘शङ्खरापुर सक्व महोत्सव’
काठमाडौँ, राजधानीको उत्तरपूर्वमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण शङ्खरापुर नगर क्षेत्रका सम्पदाको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिने भएको छ । शङ्खरापुर नगरपालिकाको आयोजनामा यही माघ १६ देखि १९ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ...
-
२०८१ माघ ८, मंगलबार
लोप हुँदै खोकनाका मौलिक नेवार घर
ललितपुर - ललितपुर महानगरपालिका–२१ खोकना ऐतिहासिक नेवाः बस्तीका रुपमा चिनिन्छ । शुद्ध तोरीको तेल पाइने र नेपालको पहिलो बिजुली बत्ती बल्ने गाउँका रुपमा खोकना परिचित छ । ऐतिहासिक सम्पदा रुद्रायणी मन्दिरका कारण पनि खोकना परिचित छ । विसं २०४६ यता राजनीतिक परिवर्तनसँगै बस्तीमा नयाँपन आएको स्थानीय बताउँछन् । ललितपुर–२१ खोकनामा जम्मा एक हजार ४० घरधुरीमा परम्परागत मौलिक घर हाल छ मात्र बाँकी रहेको...
-
२०८१ माघ ८, मंगलबार
बिक्न छाडे ठेका र मदानी
म्याग्दी - सदरमुकाम बेनीमा ठेका र मदानी बिक्री गर्न आएका टीका चुदारा निरास बनेका छन् । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघ सुरुदेखि नै बागलुङबाट ठेका र मदानी लिएर म्याग्दी आएका उनले सोचेअनुरुप सामान बिक्री गर्न सकेका छैनन् । गाउँबाट मेलामा आउने सर्वसाधारणमध्ये निकै थोरैले मात्र ठेका र मदानी खरिद गरेको चुदाराले बताए । “केही वर्ष अघिसम्म ठेका र मदानीको माग...
-
२०८१ माघ ८, मंगलबार
मकवानपुर–काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन
मकवानपुर - सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौँ जिल्ला जोड्ने दुई सडक पुनःसञ्चालनमा आएको छ । थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रनाउ अर्यालका अनुसार, ती दुबै सडक स्तोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो । यसैगरी,...
-
२०८१ माघ ८, मंगलबार
ओली सरकार छिटै ढल्छ : प्रचण्ड
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली सरकार छिटै ढल्ने संकेत गरेका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकारमा नभएको स्पष्ट पारे । सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा उनले आपत्ति जनाए । ओली नेतृत्वको सरकार बने देखि नै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको...
-
२०८१ माघ ८, मंगलबार
ट्रम्पले शपथ लिएपछि उद्घोष गरे ६ महत्वपूर्ण एजेन्डा
काठमाडौं - डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । उनले नेपाली समय अनुसार सोमबार राति राष्ट्रपतिको शपथ लिएका हुन् । ट्रम्पको शपथ ग्रहण समारोहमा विश्व धेरै नेताहरू, व्यवसायीहरू, बाराक ओबामा, जर्ज बुश, बिल क्लिन्टन जस्ता पूर्व अमेरिकी राष्ट्रपतिहरू उपस्थित थिए । आफ्नो शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो नीति र प्रशासनअन्तर्गत अमेरिकाको भविष्य अब कस्तो हुनेछ भन्ने धारणा...
-
२०८१ माघ ८, मंगलबार
फेरि आन्दोलनको तयारीमा शिक्षक महासंघ
काठमाडौं - याथशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनको तयारी गरेको छ । सरकार र संघबीच यसअघि भएका सहमति पूरा गर्न चाँडो ऐन ल्याउनुपर्नेमा विलम्ब भएको महासंघले जनाएको छ । संघका पदाधिकारीले सोमबार (हिजो) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई भेटेर यसबारे ध्यानाकर्षणपत्र बुझाएका थिए । “विद्यालय शिक्षा ऐन चाँडोभन्दा चाँडो जारी हुनुपर्यो भन्ने...


