-
२०८१ माघ ८, मंगलबार
स्ववियु निर्वाचन चैत ५ गते गर्ने सहमति
त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ। त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए। यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो। विद्यार्थी कल्याण तथा खेलकुद...
-
२०८१ माघ ८, मंगलबार
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशी ५० लाख धरौटीमा रिहा
काठमाडौं - काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि, सोही सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६० लाख रुपैयाँ धरौटीमा रिहा भएको थिए । पूर्वडीआईजी...
-
२०८१ माघ ७, सोमबार
अधिवक्ता त्रिपाठीमाथिको कुटपिट आरोपमा तीनजना पक्राउ
काठमाडौं - प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार झापा बुद्ध शान्ती गाउँपालिका-४ घर भई काठमाडौं शान्तीनगर बस्ने ५५ वर्षीकी शीतल राई भन्ने सितादेवी राईलाई पक्राउ गरिएको हो । योसँगै त्रिपाठीमाथि कुटपिट आरोपमा पक्राउ परेका व्यक्तिहरूको संख्या ३ जना पुगेको छ । यसअघि हुम्ला अदानचुली गाउँपालिका- ४ घर भई...
-
२०८१ माघ ७, सोमबार
प्रयागराज महाकुम्भमा साढे आठ करोड भक्तजनले गरे स्नान
प्रयागराज - महाकुम्भ मेलाको आठौं दिन सोमबार अपरान्ह ४ बजेसम्म साढे आठ लाख जना भक्तजनले स्नान गरेका छन् । सोमबारमात्रै ५० लाखले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ । यसैबीच, महानिर्देशक (डीजी) अविनाश चन्द्रले आइतबार भएको महाकुम्भ आगलागीको घटनामा भइरहेको अनुसन्धानलाई सम्बोधन गरेका थिए । उनले थप अनुसन्धान गर्ने अख्तियार प्रहरीलाई रहेको र विस्तृत अनुसन्धानपछि यकिन कारण खुल्ने बताए । “यो घटनाको...
-
२०८१ माघ ७, सोमबार
अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले लिए शपथ
एजेन्सी- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ खुवाएका छन् । यसअघि शपथ समारोह क्यापिटल हिल बाहिर हुने गरेको भएता पनि यो पटक मौसम अत्यधिक चिसो भएकोले क्यापिटल हिलभित्र आयोजना गरिएको थियो । ह्वाइट...
-
२०८१ माघ ७, सोमबार
संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय
काठमाडौँ - सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसद बैठक बोलाउन राष्ट्रपति पौडेललाई सिफारिस गर्ने निर्णय भएको जनाइएको छ । विपक्षी दललले सरकारले संसद अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशमार्फत सरकार...
-
२०८१ माघ ७, सोमबार
दश जनालाई ‘नइ पुरस्कार’ प्रदान गरिने
नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त दश जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने कुरा को एक विज्ञप्ति मार्फत प्रकाशित गरेको छ । नइ प्रकाशनले जानकारी गराए अनुसार अध्यात्म दर्शन र सनातन धर्म–संस्कृतिको जागरण, संरक्षण र सम्वर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरिने भएको छ । नेपाल राष्ट्रको गौरवमय धर्म र संस्कृतिको...
-
२०८१ माघ ६, आइतबार
अमेरिकामा प्रतिबन्धअघि नै टिकटक बन्द
एजेन्सी - अमेरिकामा प्रतिबन्ध लागु हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल एप टिकटक बन्द गरिएको छ । अमेरिकी प्रयोगकर्ताले टिकटक खोल्दा ‘तपाईंले टिकटक प्रयोग गर्न सक्नु हुन्न’ भन्ने सन्देश देखिरहेका छन् । यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानुनलाई उद्धृत गरेको छ । धेरै प्रयोगकर्ताले गुगल एप स्टोरबाट टिकटक हटाइएको र टिकटक डटकममा भिडियोहरू पनि नदेखिएको बताए । टिकटकले भनेको छ, “हामी...
-
२०८१ माघ ६, आइतबार
चराको बासस्थान लोप हुँदै
जानकी - राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि सुरुआत गरिएको छ । मध्यवर्ती क्षेत्रअन्तर्गत बाँकेको राप्ति नदीबाट गणना सुरु गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । “प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीबाटै जलचराको गणना सुरु गरेका छौँ”, उनले भने, “यो नदीमा प्रायः यहाँका रैथानेसँगै आगन्तुक चरा आश्रित हुन्छन्”, निकुञ्ज...
-
२०८१ माघ ६, आइतबार
पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपिट, दुई जना पक्राउ
झापामा कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ। प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापामाथि एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेको प्रहरीले जनाएको छ। बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको प्रहरीको भनाई छ। कुटपिटबाट थापा घाइते भएका छन्। उनको आँखामा चोट लागेको छ। थापा बिर्तासिटी...
-
२०८१ माघ ६, आइतबार
मदनकृष्ण श्रेष्ठ को " फूलहरुको माझमा पनि " सार्वजनिक
नेपालको कला मनोरञ्जन क्षेत्रका विशिष्ट व्यक्तित्व मदनकृष्ण श्रेष्ठ को स्वर रहेको " फूलहरुको माझमा पनि " बोलको गीतको भिडियो शनिबार एक कार्यक्रमको बीच सार्वजनिक गरिएको छ । प्रतिनिधि सभाका उप सभामुख इन्दिरा राना मगर प्रमूख अतिथी रहेको सो कार्यक्रममा विशेष अतिथीहरुमा समाजसेवी एवम् विशिष्ट गीतकार बालकृष्ण सजिव , नेपालभाषा विद् पौभा सायमि , गीतकार बि नन्द वैद्य र वरिष्ठ पत्रकार विजयरत्न तुलाधर रहेका...


