-
२०८१ पौष २८, आइतबार
यस्ता छन् तरुल र चाकु खानुको फाइदा
काठमाडौं- जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो राख्न झोलिलो तथा पौष्टिक खानेकुरा बढी सेवन गर्नुपर्ने पोषणविद्हरू सुझाव छ । पोषणविद्का अनुसार जाडोमा शरीर न्यानो राख्न कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, मिनिरल्स सबैको सन्तुलित मात्रामा भोजन गर्नुपर्छ...
-
२०८१ पौष २८, आइतबार
कर्मचारी सरुवा र बढुवाको अधिकार लोक सेवालाई दिने प्रस्ताव
काठमाडौं - समावेशी आयोगका सदस्य हरिदत्त जोशीले कर्मचारी सरुवा र बढुवाको अधिकार लोक सेवालाई दिन सुझाएका छन् । ‘कर्मचारी सरुवा र बढुवाको अधिकार लोक सेवा आयोगलाई दिऊँ । यसो गर्दा राजनीतिक हस्तक्षेप पनि नहुने हुन्छ,’ जोशीले आइतबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने । समिति सदस्य रघुजी पन्तले बिचमै बोले, ‘मन्त्रालय के गरेर बस्छ नि फेरि रु’ पन्तको प्रश्नमा जोशीको जवाफ छ, ‘सुशासनको...
-
२०८१ पौष २८, आइतबार
कुलमानले ऊर्जा मन्त्रालयमा बुझाए नौबुँदे स्पष्टीकरण
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आफ्नो स्पष्टीकरण पत्र बुझाएका हुन् । गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई ९ बुँदे स्पष्टीकरण पत्र सोधेको थियो । सातदिने समयसीमा रहेको पत्रको जवाफ घिसिङले आज बुझाएको जानकारी दिए । मन्त्री दीपक खड्काले आफ्नो निर्णयमा साथ नदिएपछि घिसिङलाई हटाउने...
-
२०८१ पौष २८, आइतबार
रवि लामिछानेलाई न्यायिक हिरासत लगियो
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ । काठमाडौं जिल्ला अदालतको आदेश लगत्तै उनलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा लगिएको हो । अदालतको ढोकाबाट सलाम गर्दै रवि बाहिर निस्किएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।
-
२०८१ पौष २८, आइतबार
लोकसेवा आयोगको परीक्षा मातृभाषामा हुनुपर्छ : कार्यवाहक अध्यक्ष साह
काठमाडौं - मधेसी आयोगका कार्यवाहक अध्यक्ष जिवछ साहले लोकसेवा परीक्षा मातृ भाषामा हुनुपर्ने बताएका छन् । अध्यक्ष साहले उपसचिव र सहसचिवको कोटामा पनि खुल्ला आरक्षण चाहिने बताए । आइतबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले मधेसी महिलाको छुट्टै कोटा प्रतिशत हुनुपर्ने समेत बताए । उनले भने, ‘आरक्षण कोटामा पदपूर्ति नभए त्यो कोटा खारेज गरिनुपर्छ । आरक्षण पदपूर्ति हुने उमेर हद ४० पुर्याउने र बढुवामा...
-
२०८१ पौष २८, आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन सार्वजनिक सूचनामार्फत पुनः आग्रह गरेको छ । केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देश गरिसकेको थियो । राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय...
-
२०८१ पौष २८, आइतबार
रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
काठमाडौं- काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौं आएर प्रहरीको सम्पर्कमा थिए। उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आइतबार लामिछानेलाई काठमाडौं...
-
२०८१ पौष २७, शनिबार
एकै थलोमा गायिका सरिता महर्जन को दुई कार्यक्रम सम्पन्न
नेपालभाषाको गीतसंगीत क्षेत्रमा लोकप्रियता हासिल गरेको “छंगु ल्यूल्यू” गीतमा अाधारित टिकटक प्रतियोगिता र काराअाेके गायन प्रतियोगिता मा पुरस्कार जित्न सफल प्रतियोगिहरुलाई एक कार्यक्रम बीच पुरस्कार प्रदान गरिएको छ । अमर चित्रकारको शब्द, रचनाकार चित्रकार र सरीता महर्जनको स्वर, भूपेन्द्र बज्राचार्यको संगीत रहेको लोकप्रिय गीत “छंगु ल्यूल्यू” गायन प्रतियोगिता चन्द्रकृष्ण प्रजापतिले पहिलो पुरस्कार...
-
२०८१ पौष २४, बुधबार
पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
ताप्लेजुङ - सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मंगलबार साँझदेखि हिमपात भएको छ । तीन हजार ७९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य...
-
२०८१ पौष २४, बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पर्सा - वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिए । “बढ्दो...
-
२०८१ पौष २४, बुधबार
तिब्बतमा भूकम्पपछि सगरमाथा क्षेत्र बन्द
काठमाडौं- चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि सगरमाथा क्षेत्र(चोमोलोङ्मा) अस्थायी रूपमा बन्द गरिएको छ । हालसम्म भूकम्पमा परी ९५ जनाको मृत्यु भएको क्षेत्रीय प्रकोप राहत मुख्यालयले जनाएको छ । डिङ्ग्री संस्कृति तथा पर्यटन ब्युरोका अनुसार चोमोलाङ्मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका...
-
२०८१ पौष २४, बुधबार
चीन भूकम्पबाट नेपालमा १३ घाइते
काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतको दिंगे केन्द्रविन्दु भएर भूकम्प जाँदा नेपालमा १३ जना घाइते भएका छन् ।केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीका अनुसार, काठमाडौंमा १, बारामा ११ काभ्रेमा १ जना गरी १३ जना घाइते भएका हुन् । उनीहरू सबैको उद्दार गरेर स्थानीय अस्पतालमा उपचार गराइएको छ । घाइतेमध्ये अधिकांश डिस्चार्ज भइसकेका छन् ।काठमाडौंमा भूकम्प जानेवित्तिकै स्युचाटारका एक व्यक्तिले घरको...


