STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ पौष २४, बुधबार

    तिब्बत भूकम्पः कम्तीमा १२६ को मृत्यु, १ सय ८८ घाइते

    काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार गएको शक्तिशाली भूकम्पबाट कम्तीमा १ सय २६ जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीका अनुसार भूकम्पबाट १ सय ८८ जना घाइते भएका छन् । चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९:०५ बजे भूकम्प गएको हो । भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय ‘चाइना अर्थक्वेक नेटवर्क्स सेन्टर...

  • २०८१ पौष २३, मंगलबार

    भूकम्प अपडेट : तिब्बतको शिगासेमा ७ रिक्टरस्केलको भूकम्प

    काठमाडौँ - चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।   बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।  भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको छ । यस्तै अन्य जिल्लामा पनि महसुस भएको छ । ...

  • २०८१ पौष २३, मंगलबार

    काठमाडौंमा भूकम्पको धक्का, ५.३ रिक्टरस्केलको केन्द्रबिन्दु तिब्बत शिगासे

    काठमाडौं - चीनको स्वशासित क्षेत्र तिब्बतको शिगासे क्षेत्रमा गएको ५.३ रिक्टर स्केलको भूकम्पको धक्का काठमाडौं उपत्यकाबासीले समेत चाल पाएका छन् ।  भूकम्पका कारण उपत्यकाबासी सडकमा निस्केका थिए ।  यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

  • २०८१ पौष २२, सोमबार

    जलमग्न कोइला खानीभित्र फसे भारतीय श्रमिक

    गुवाहाटी (भारत) - उत्तरपूर्वी राज्य असममा एउटा कोइला खानीमा पानी पसेपछि करिब एक दर्जन भारतीय खानी श्रमिकहरू सोमबार खानीभित्र फसेको प्रहरीले बताएको छ । “कोइला खानी धेरै दुर्गम स्थानमा छ,” डिमा हसाओ क्षेत्रको उमराङ्सु खानी जलमग्न भएको र मानिसहरू फसेको पुष्टि गर्दै स्थानीय प्रहरी अधीक्षक मयंक झाले भने । स्थानीयबासीहरूका अनुसार सोमबार बिहान कम्तीमा २७ जना कामदार खानीभित्र प्रवेश गरेका थिए । तीमध्ये...

  • २०८१ पौष २२, सोमबार

    कुलमानलाई सातदिने स्पष्टीकरण

    काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । कार्यसम्पादनको हवाला दिँदै घिसिङलाई सोमबार नाैबुँदे स्पष्टीकरण सोधेको हो । मन्त्रालयले मागेको विवरण पेस नगरेको, उपलब्ध गराएको विवरण गोलमटोल रहेको, मन्त्री दीपक खड्काले गठन गरेको समितिलाई तलब, भत्तालगायतका सुविधाको प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ जनाएकोलगायत कारण देखाएर...

  • २०८१ पौष २२, सोमबार

    माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइनभ्याइ

    काठमाडौं- माघेसङ्क्रान्ति नजिकिएसँगै टोखाबजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौंको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ । टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो । टोखामा काठमाडौंका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि...

  • २०८१ पौष २२, सोमबार

    एमाले नेता अनिल पोखरेलविरूद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं - प्रहरीले नेकपा (एमाले)का सांसद एवम् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई पक्राउ गर्न अनुमति लिएको छ । अनिलमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले उनलाई पक्राउ गर्न अदालतसमक्ष अनुमति मागेको थियो । फेसबुक समेत लक गरी बसेका उनी हाल फरार छन् । केहीअघिसम्म उनी काठमाडौंमा थिए...

  • २०८१ पौष २२, सोमबार

    सार्वजनिक यातायातको भाडादर बढ्यो

    काठमाडौं - सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ।  यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ  । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।

  • २०८१ पौष २२, सोमबार

    रावललाई निस्कासन गर्ने निर्णय केन्द्रीय कमिटीबाट पनि अनुमोदन

    काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ३ नेताहरुमाथिको कारबाहीलाई अनुमादेन गरेको छ।  गत पुस १० गते बसेको एमाले सचिवालयको बैठकले नेता भीम रावललाई पार्टीबाटै निस्कासन गर्ने र अन्य दुई नेताहरु विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनासम्मका लागि खोस्ने निर्णय गरेको थियो।  प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको केन्द्रीय कमिटी बैठकमा त्यसबारे महासचिव शंकर पोखरेलले प्रस्ताव...

  • २०८१ पौष २१, आइतबार

    नेवाः देय् दबू काठमाडौं महानगर समितिको अध्यक्षमा अर्विन्द्रमान सिं

    नेवाः देय् दबूको केन्द्रिय महाधिवेशन नजिकिंदै गर्दा  काठमाडौं महानगर समितिको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। छत्रपति पार्टी प्यालेसमा सम्पन्न सो अधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बिहान सांस्कृतिक बाजासहित क्षेत्रपाटी पार्टी प्यालेसबाट सुरु भएको र्‍याली दुर्गालाल चोक, थँहिटी, कुसुमाबियालाची, असन, जनबहाल, नयाँसडक, बसन्तपुर, प्याफल, नरदेवी हुँदै पार्टी प्यालेसमा पुगेर समापन...

  • २०८१ पौष २०, शनिबार

    ललितपुरमा स्वंगः चिभाः मिसा पुचःद्वारा उद्घोषण तालिम

    महिलाहरुको व्यक्तित्व विकासको उद्देश्य लिएर  ललितपुर ख्वाय्बहिलस्थित स्वंगः चिभाः मिसा पुच नामक महिला संस्थाको आयोजनामा  १२ दिनको  ब्यक्तित्व विकास र उद्घोषण तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका २० वडाको सहयोगमा सम्पन्न भएको यस तालिममा महिला समूह र बाल समूहका गरी २५ जनाको सहभागिता रहेको थियो भने तालिम सुरजबीर बज्राचार्यले दिनुभएको हो ।   पुचःकी अध्यक्ष शान्ति महर्जनको सभापतित्वमा सम्पन्न...

  • २०८१ पौष १९, शुक्रबार

    बस्ती नै सुटिङ सेट बनाई निर्माण भएको नेपालभाषा म्यूजिक भिडियो “जितः यःम्ह” आउँदै

    नगां दाफा खलः कीर्तिपुरको “जितः यःम्ह” माघ १ गते मगन यूट्युब च्यानलबाट रिलिज हुने कीर्तिपुर/हालको समय नेपालभाषा म्यूजिक भिडियो क्षेत्रमा सनसनीपूर्ण प्रचारमा आइरहेको कीर्तिपुरको मगन इन्टरटेन्टमेन्टको ब्यानरमा एक बिल्कुलै फरक शैलीको म्यूजिक भिडियो निर्माण भइरहेको छ । मगन इन्टरटेन्टमेन्टकोप्राविधिक संयोजनमा रजिन महर्जनको छायांकन, सम्पादन एवं परिकल्पना तथा निर्देशनमा “जितः यःम्ह” अर्थात् “मलाई...

Pages