STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

 अपाङ्गका लागि विद्युतीय भोटिङ मेशिन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २१, बिहिबार

 राष्ट्रिय अपाङ्ग महासङ्घको यही चैत २५ र २६ गते विराटनगरमा हुन गइरहेको आठौँ महाधिवेशनका लागि विद्युतीय भोटिङ मेशिनको व्यवस्था गरिएको छ । 
 
निर्वाचनमा सबैको समान पहुँच होस् भन्ने उद्देश्यले विद्युतीय भोटिङ मेशिनको व्यवस्था गरिएको महासङ्घका महासचिव राजु बस्नेतले बताउनुभयो । “सबैको निर्वाचनको अधिकार सुनिश्चित गराउने हामीले नयाँ सोच बनाएका हौँ”, बस्नेतले भन्नुभयो ।
महासङ्घमा हाल ३३१ सदस्य संस्था छन् । ती संस्थामा जम्मा ६३० प्रतिनिधि छन् । जसमा २९२ पुरुष प्रतिनिधि छन् भने ३४१ महिला प्रतिनिधि छन् । 
Categorized in राष्ट्रिय