STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०८१ जेठ ३, बिहिबार

    सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’

    भैरहवा- प्रत्येक वर्ष सगरमाथा दिवसका (मे २९) मा आयोजना हुने ‘एभरेष्ट म्याराथन’को सुरुवातमा प्रज्ज्वलित गरिने विश्व शान्ति दीपको ज्योति बुद्ध जन्मस्थल लुम्बिनीबाट आज सगरमाथा आधार शिविरतर्फ पठाइएको छ। एभरेष्ट म्याराथनको आयोजक संस्था हिमालय एक्सपिडिसनले एक कार्यक्रम गरी लुम्बिनीमा रहेको शान्ति दीपको ज्योति लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार भिक्षु मैत्रीयमार्फत दक्षिण एसियामा म्याराथनका...

  • २०८१ जेठ ३, बिहिबार

    सरकारले बेवास्ता गरेको भन्दै डा. गोविन्द केसीले तोडे अनशन

    काठमाडौं - डा..गोविन्द केसीले अनसन तोडेका छन् । बैशाख २९ गतेदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामासहित चार बुँदे माग राख्दै आमरण अनशन सुरु गरेका थिए ।  पशुपति क्षेत्रमा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या आएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लागिएको थियो ।  त्रिवि शिक्षण अस्पतालमा विहिबार पत्रकार सम्मेलन गर्दै केसीले आफ्नो २२औँ अनसन तोडेका हुन् । उनले सरकारले आफ्नो अनसन...

  • २०८१ बैशाख ३०, आइतबार

    मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

      सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । शनिबार बर्लनीमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उहाँले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गर्नुभएको बर्लनीस्थित नेपाली राजदूतावासले आज जनाएको छ । राजदूत खड्काले...

  • २०८१ बैशाख २९, शनिबार

    सती प्रथाविरुद्धको सांस्कृतिक विद्रोहः ईहि संस्कार

    परम्परागत संस्कारलाई निरन्तरता दिने क्रममा काभ्रेको बनेपामा सामुहिक ईहि कार्यक्रम सम्पन्न भएको छ  । नेवार समुदायभित्र रजश्वला हुनु अगाडि ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । स्थानिय वाँख्यः टोलले सामुहिक ईहि कार्यक्रम गरेको हो । बनेपास्थित जापाली गुठी घरमा सम्पन्न भएको सो ईहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरु सहभागी भएको कुरा आयोजक संस्थाका विश्वराम...

  • २०८१ बैशाख २७, बिहिबार

    सुरेशकिरण मानन्धर भाषा आयोगको सदस्यमा मनोनित

    काठमाडौं – भाषा आयोगको रिक्त सदस्य पदमा नेपालभाषाका कवि एवं वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरलाई मनोनित गरिएको छ । मन्त्रिपरिषदको आज बिहीबार बसेको बैठकले संस्कृति मन्त्रालयको सिफारिसमा मानन्धरलाई मनोनित गरेको हो । बागमती प्रदेशमा भाषा ऐन लागू भएपछि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषासरह मान्यता दिइसकेपछि आयोगको रिक्त पदमा नेवारलाई नै मनोनित गरिनुपर्ने माग नेवार समुदायले राख्दै आएको थियो ।...

  • २०८१ बैशाख २६, बुधबार

    आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

    काठमाडौँ - आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । ...

  • २०८१ बैशाख २४, सोमबार

    बढ्यो नेपालीको औसत आयु

    काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ।  राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र  ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो।  कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ।   यसैगरी,...

  • २०८१ बैशाख २४, सोमबार

    तामाङ भाषा र नेपालभाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा

    काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गतका विद्यालयहरूमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। महानगर अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ भाषा र नेपालभाषालाई बागमती प्रदेशको...

  • २०८१ बैशाख २३, आइतबार

    भारत निर्वाचनको लागि नेपाल–भारत सीमा ८ दिन बन्द रहने

    काठमाडौं - छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमानाका ८ दिन बन्द गरिने भएको छ।  विहारको मधुवनी जिल्लामा वैशाख २५ गते र जेठ ७ गते गरी दुई चरणमा निर्वाचन हुँदैछ। जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने  छ। ...

  • २०८१ बैशाख २२, शनिबार

    डिभीको नतिजा आज आउँदै

    काठमाडौँ - अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज शनिबार आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।

  • २०८१ बैशाख २१, शुक्रबार

    तामाङ र नेपालभाषाको औपचारिक प्रयोगको सुरुवातको अवसरमा वैशाख २४ गते सार्वजनिक बिदा

      काठमाडौ - बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपालभाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको पुष्टि गरेको हो । काठमाण्डौंको वसन्तपुरमा भव्य...

Pages