STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

व्यक्तित्व

  • २०८१ जेठ ६, आइतबार

    कान्सको रेडकार्पेटमा बालेन

    काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७औँ शृङ्खलाको रेड कार्पेट सहभागी भएका छन्। बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्। बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका छन् भने उनले यस क्रममा बालेनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग...

  • २०८१ बैशाख २५, मंगलबार

    बागमतीका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या, हेलिकप्टरबाट काठमाडौं ल्याइने

    काठमाडौं - बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या आएको छ । रामेछापको मन्थली–३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा उनको स्वास्थ्यमा समस्या आएको हो । मुख्यमन्त्रीको प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

  • २०८१ बैशाख १२, बुधबार

    पत्रकार तथा निर्देेशक विजयरत्नलाई आर्थिक सहयोग हस्तान्तरण

    चलचित्र पत्रकारिता क्षेत्रमा चार दशक र चलचित्र निर्देशन क्षेत्रमा तीन दशक भन्दा लामो समयदेखि सकृय रहँदै आएका विजयरत्न तुलाधर मुटु रोग र मिर्गौला रोगले पीडित भई शहिद गंगालाल हृदय रोग अस्पतालमा भर्ना भई हाल मिर्गौला रोगको उपचाररत छन्। वि.सं. २०४५ सालमा उदित नारायण झा अभिनित " पिरती ” चलचित्रको सहायक निर्देशकका रुपमा निर्देशन क्षेत्रमा लागेका हुन् भने राजमति, बसन्ती, मसान लगायतका चलचित्रमा मूख्य...

  • २०८० चैत्र ६, मंगलबार

    कथाकार परशु प्रधानको निधन

    काठमाडौं - कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ। उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले जानकारी दिए। स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ। स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए। उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य,...

  • २०८० फाल्गुण १४, सोमबार

    गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

    वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। उनको आइतबार ८१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। अस्वस्थ भएपछि आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। तर, अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको संगीतकार हरि लम्सालले बताए।    धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। उनले गाएका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ लगायत गीतहरु निकै...

  • २०८० फाल्गुण ११, शुक्रबार

    रेखा थापालाई अमेरिकामा पुत्री लाभ

    नेपाली चलचित्र जगत कि चर्चित नायिका रेखा थापाले शुक्रबार पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छन्। उनले अमेरिकामै छोरीलाई जन्म दिएपछि सामाजिक संजालमा छोरीको तस्वीर समेत सार्वजनिक गरेकी छिन्। अहिले रेखा र छोरीको स्वास्थ्य अवस्था राम्रै रहेको बताइएको छ। रेखाका श्रीमान बलराम शाही ठकुरीले अहिले अमेरिकामा पत्नी र छोरीको हेरचाह गरिरहेका छन्। रेखाले छोरीको नाम समेत राखिसकेकी छिन्। रेखाले राखे अनुसार...

  • २०८० माघ १८, बिहिबार

    बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको दुर्घटनामा मृत्यु

    हेटौंडा - बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको मोटरसाइकल दुर्घटना मृत्यु भएको छ । नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको मृत्यु भएको हो ।  आज दिउँसो नवलपुरको गैँडाकोट नगरपालिका– ५ कालीगण्डकी चोकमा पूर्वमन्त्री पाैडेल सवार ना.४६प ७७५९ नम्बरको मोटरसाइकललाई ग.१ख ८५४७ नम्बरको बसले ठक्कर दिँदा कांग्रेसका नेता एवं पूर्वमन्त्री पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।...

  • २०८० माघ १०, बुधबार

    ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठलाई मातृ शोक

    हाल काम विशेषले अमेरिका बस्दै आएका  नेपालको ग्ल्यामर संसारका ख्यातिप्राप्त फोटोग्राफर एवम् सन्चारकर्मि राजिव श्रेष्ठकि ८९ वर्षीय ममतामयी आमा कमला श्रेष्ठको अमेरिकामा बुधबार विहान निधन भएको छ ।  स्वर्गिय कमला श्रेष्ठका कान्छा छोरा राजेश श्रेष्ठले यो कुराको जानकारी आफ्नो फेसबुक मार्फत दिएका हुन् भने स्वर्गिय आमाको अन्तिम् संस्कार गरिने कुरा उनका माहिला पुत्र राजिव श्रेष्ठले बताएका छन् ।  लामो...

  • २०८० माघ ५, शुक्रबार

    वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

    काठमाडौँ- वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ ।  पारिवारिक स्रोतका अनुसार बिहीबार राति साढे १२ बजे उनको निधन भएको थियो । दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारले जनाएको छ । उनलाई भ्याली अस्पताल लगिएको थियो । गायक वैद्य ७७ वर्षका थिए ।  उनका दुई छोरी र एक छोरा छन् । भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट...

  • २०८० पौष २९, आइतबार

    रहेनन् जनगायक भृगुराम श्रेष्ठ

    नेपालभाषाको साथै नेपाली संगीत र कला क्षेत्रका वरिष्ठ गायक कलाकार भृगुराम श्रेष्ठको निधन भएको छ । पेटको क्यान्सरबाट पिडित वरिष्ठ गायक कलाकार श्रेष्ठको आज साँझ ५ बजेर २० मिनेटमा वीर अस्पतालमा निधन भएको हो । पेटको क्यान्सर भएको पत्ता लागेपछि केही समय देखि उनी वीर अस्पतालमा उपचाररत थिए । सोही अस्पतालमा उपचारको क्रममा आज उनको निधन भएको हो । ६ दशक बढि कला क्षेत्रमा निरन्तर योगदान दिएका श्रेष्ठको ‘...

  • २०८० पौष २४, मंगलबार

    जनजातिखबर डटकमका सञ्चालक बज्राचार्यलाई मातृशोक

    नेवार अग्रज एवं जनजातिखबर डटकमका सञ्चालक सुजीब बज्राचार्यकी आमा तारादेवी बज्राचार्यको ८७ वर्षको उमेरमा आज मंगलबार बिहान निधन भएको छ । दिवंगत बज्राचार्यको यसअघि एक महिनासम्म अस्पताल राखी ओषधिउपचार भएको थियाे भने गत आइतबार मात्र उहाँलाई अस्पतालबाट डिस्चार्ज गरी घर लगिएको थियो । दिवंगत बज्राचार्यको अन्तिम संस्कार आजै काठमाडौंस्थित शोभा भगवतीमा सम्पन्न भएको थियो । सुजीव बज्राचार्य नेपालभाषाबाट...

  • २०८० कार्तिक २३, बिहिबार

    अभिनेत्री दिपाशाद्वारा आत्महत्या

    काठमाडौं- अभिनेत्री दिपाशा बीसी ‘जलपरी’को शब थापाथलीस्थित नर्भिक अस्पतालबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । बुधबार राति विष सेवन गरेपछि गम्भीर बिरामी परेकी उनको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए । पछिल्लो समयकी चर्चित कलाकार दिपाशाको घर सुर्खेत हो । परिवारको साथ नपाए पनि उनी अभिनय क्षेत्रमा...

Pages