STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०८१ जेठ ७, सोमबार

    लामिछानेलाई कारबाही माग गर्दै तरुण दलको मसाल जुलुस प्रदर्शन

    काठमाडौं - नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले सहकारीको रकम हिनामिनामा संलग्न गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ। तरुण दलका नेता-कार्यकर्ताले नाराबाजी गर्दै सोमबार साँझ पुरानो बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन्। तरुण दलका काठमाडौं सचिव दिनेश विक्रम शाहले सहकारी ठगलाई जोगाउने सरकार र आफ्ना नेताहरूलाई संगीन आरोप लगाउने गृहमन्त्रीविरुद्ध मसाल...

  • २०८१ जेठ ७, सोमबार

    उपेन्द्र यादवको रिट हेर्न भ्याइएन

    काठमाडौं - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । निर्वाचन आयोगको निर्णय यथावत् राखी फरक दलका रूपमा काम नगर्न/नगराउने माग गर्दै यादवले आइतबार दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको थियो ।  इजलासको अन्तिम नम्बरमा रहेको रिट हेर्न नभ्याइनेमा परेको हो । यादवको रिट ढुंगानाको इजलासको अन्तिम नम्बर...

  • २०८१ जेठ ७, सोमबार

    कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र दलको संयुक्त बैठक

    काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । जेठ ९  गते बिहान ११ गते पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति र दलको संयुक्त बैठक बोलाएको हो । कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरी रहेका कांग्रेसले...

  • २०८१ जेठ ७, सोमबार

    बालेनको चेतावनीपछि काठमाडौं महानगरका गाडी चालक रिहा

    काठमाडौं- काठमाडौं महानगरपालिकाको फोहोरको गाडी चलाउने चारजना चालक रिहा भएका छन्। सोमबार प्रहरीले पक्राउ गरेका चालकलाई मेयर बालेन्द्र शाह (बालेन)को चेतावनीपछि सरकारले रिहा गरेको हो। प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा माओवादी केन्द्रको मुख्यालयमा थुपार्न चार ट्रक फोहोर लैजानेक्रममा चालकलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि मेयर बालेनले सिंहदरबार र नेताका...

  • २०८१ जेठ ७, सोमबार

    विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् ।  सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा...

  • २०८१ जेठ ७, सोमबार

    संसद्‌मा कांग्रेसको अवरोध जारी, बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं - प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक अघि बढाउन खोजेपछि कांग्रेस सांसद वेल घेर्न पुगेका थिए ।  उनीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’...

  • २०८१ जेठ ६, आइतबार

    प्रहरीले गृहमन्त्रीलाई सोध्न नसकेपछि छानबिन समिति चाहिएको हो : गगन थापा

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अस्तिसम्म सांसदमात्रै रहेका रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका कारण संसदीय छानबिन समिति गठन गर्नुपर्ने परिस्थिति बनेको बताएका छन्। उनले सांसदमात्रै हुँदा लामिछानेमाथि सहकारी ठगीमा प्रहरी र सीआइबीले अनुसन्धान गरिरहेको र लामिछाने गृहमन्त्री भएपछि ती छानबिनका सबै कामहरू रोकिएको बताए। आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकार...

  • २०८१ जेठ ६, आइतबार

    सोमबार बिहानसम्म छानबिन समिति नबने कांग्रेसले संसद् अवरुद्ध गर्ने

    काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार बिहान ११ बजेसम्म संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधि सभा बैठकपछि आइतबार बेलुकी संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै कांग्रेस महामन्त्री गगन थापाले सोमबार बिहानसम्म संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेका हुन्।  ‘हामी संसद ठिक ढंग सँग चलोस् भन्ने चाहन्छौँ, संसद ठिक ढंगले चल्नका निम्ति...

  • २०८१ जेठ ६, आइतबार

    खसी, बोका र बाख्रा पाल्नेको पनि छानबिन गरौँ : रवि लामिछाने

    काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन गरेर बाहिर पठाउनुपर्ने बताएका छन्।  आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले प्रमाण जुटाएर कारबाही गर्ने आँट गरे हुने पनि बताए।  ‘प्रमाण जुटाएर कारबाही गर्ने आँट गर्नुभएको भए हुन्थ्यो। सहकारी ठगी गर्नेलाई मात्रै होइन, कृषि अनुदानको रकम हिनामिना गरेर...

  • २०८१ जेठ ३, बिहिबार

    संसदीय छानविन समिति नबन्ने रास्वपाको घोषणा

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब संसदीय छानविन समिति नबन्ने घोषणा गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविनको माग गर्दै संसदीय समितिको माग राख्दै कांग्रेसले धकेलाधकेलको स्थिती बनाएपछि समिति नबन्ने घोषणा गरेको हो । रास्वपाका सांसद मनिष झाले भने, ‘हामीले सहमतिको लागि धेरै प्रयास गर्यौं तर, अब समिति बन्दैन । त्यो शर्तमा बन्छ हामी २३ महिना मात्रै...

  • २०८१ जेठ ३, बिहिबार

    संसदमा झडपको स्थिति, सांसदहरूबीच धकेलाधकेल र भनाभन

    काठमाडौं- प्रतिपक्षी दलले संसद् अवरुद्ध गरेको समयमा सभामुखले कार्यसूची अगाडि बढेपछि नेपाली कांग्रेसले संसदीय मर्यादाको नारा लगाएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूची पढ्न थाले।  त्यसपछि कांग्रेस सांसदले ‘संसदीय मर्यादा कायम गर, जबरजस्ती बन्द गर’ भन्दै नाराबाजी गरे। यस्तै ‘संसदीय छानबिन समिति गठन गर, सहकारी ठगलाई कारबाही गर’ जस्ता...

  • २०८१ जेठ ३, बिहिबार

    गृहमन्त्रीविरुद्ध नेविसंघ प्रदर्शनमा

    काठमाडौं - सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ सडक प्रदर्शनमा उत्रिएको छ ।  उक्त संघले गृहमन्त्री उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै सडक आन्दोलनमा उत्रिएको हो ।  नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले सहकारी पीडितले न्याय पाउनुपर्ने भन्दै आज (बुधबार) बिहान त्रिचन्द्र क्याम्पस अगाडिको सडक प्रदर्शनमा उत्रिएका हुन्...

Pages