STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अग्रज कलाकार पहारी र उप्रेती लगायत पत्रकार सुबेदीलाई ‘हरितारा पुरस्कार’

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ ४, आइतबार

भारतको सिने नगरी बलिउड मा समेत गरेका अग्रज अभिनेता टिका पहारी र विगत लामो समयदेखि नेपाली चलचित्र मा सकृय अभिनेत्री रेजीना उप्रतीलाई यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार ’ प्रदान गरिएको छ  भने चलचित्र पत्रकार विष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । 

बिहिवार राजधानीमा आयोजित एक समारोहका बीच पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो । चलचित्र पुरस्कारमा जनही २५,०००।– र पत्रकारिता पुरस्कारमा १०,०००।– राशी रहेको छ ।

मनोज शम्शेर जबरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार’ चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रूपमा  लिइन्छ । २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफु र आफ्ना पति हरि शम्शेरको नाममा अक्षयकोष राखी यो पुरस्कारको स्थापना गरेकी हुन् ।

परिवर्तन नेपालको आयोजनमा सम्पन्न सो कार्यक्रममा ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ र ‘परिवर्तन – चलचित्रकर्मी विशेष सम्मान २०८१’ समेत अर्पण गरिएको थियो । समारोहमा १०,०००।– राशीको ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता कृष्ण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गरियो ।

यस्तैगरी अभिनेता रवीन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सबिन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई ‘परिवर्तन नेपाल – चलचित्रकर्मी विशेष सम्मान २०८१’ बाट सम्मानित गरिएको छ । साथै संचारकर्मी तुलसी गिरी भावुक, संचारकर्मी कृष्ण भुषाल र संचारकर्मी कमला जोशीलाई ‘परिवर्तन–चलचित्र पत्रकारिता सम्मान २०८१’ अर्पण गरियो । सो समारोहमा नेपालको पहिलो चलचित्र आमा मा अभिनय गरेका चैत्यदेवी र बसुन्धरा भुसालकासाथै प्रथम महिला निर्देशक सुचित्रा श्रेष्ठ र अभिनेताहरु शिव श्रेष्ठ, रविन्द्र खडका,गायिका देबिका बन्दना, निर्माता राजकुमार राइ लगायत धेरै कलाप्रेमीहरुको विशेष उपस्थिति रहेको थियो।

Categorized in सिनेमा