STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अग्रज संगीतकारहरु नकर्मि, डँगोलसहित दर्शनवीर पुरस्कृत

Janjati Khabar – विजयरत्न असंबरे | २०८० चैत्र २३, शुक्रबार

‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट सो समारोहमा अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । यस्तैगरी जिगु देय् जित यः 7बाट दर्शनवीर शाक्य नेपालभाषा नर्फको उत्कृष्ट निर्देेशक तथा असं बजाः मंगः बजाः गीतबाट  अग्रज संगीतकार मनराजा नकर्मि नेपालभाषा उत्कृष्ट संगीतकार को अवार्ड जित्न सफल भएको पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डँगोललाई सो सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा संगीतकार डँगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल साउनको भेल जस्तो… प्रस्तुत गरिन भने बाँसुरीबादक नगेन्द्र

राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाए । सोही समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित भए । कार्यक्रममा ५ हजार ५५५ राशीको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरियो ।

Categorized in साहित्य-कला