STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अजिङ्गरको उद्धार

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ११, शुक्रबार

धनगढी बजारको मध्य भाग हुँदै बग्ने कैलाली खोलाबाट बिहीबार दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित खानेपानी कार्यालय नजिक रहेको कैलाली खोलाबाट साढे पाँच फिट लामो र अढाइ किलो तौल भएको दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको डिभिजन वन कार्यालय कैलालीका जिल्ला वन अधिकृत रामचन्द्र कँणेलले बताउनुभयो । अजिङ्गरको बासस्थानको रूपमा रहेको स्थानीय खुटिया सामुदायिक वन क्षेत्रमा लगेर छोडिएको कँणेलले जानकारी दिनुभयो । स्थानीय सर्वसाधारणले उक्त खोलामा अजिङ्गर देखेपछि वन कार्यालयमा खबर गरेका थिए ।
Categorized in राष्ट्रिय