STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अज्ञात रोगले बङ्गुर मर्न थाले

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १८, बुधबार

निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरमा अज्ञात रोगले बङ्गुर मर्न थालेपछि कृषक चिन्तत भएका छन् । घरमा पालिएका बङ्गुर धमाधम मर्न थालेपछि ठूलो नोक्सान पुगेको स्थानीयवासी ओमलाल थापाले बताउनुभयो । “आम्दानी होला कि भनेर बङ्गुर पालेका थिए, अहिले धमाधम मर्न थालेपछि ठूलो नोक्सानी व्यहोर्नु परेको छ”, उहाँले भन्नुभयो । अज्ञात रोगका कारण अहिलसम्म सो ठाउँमा २० वटा बङ्गुर मरिसकेको बताइएको छ । घरमै पुगेर अनुसन्धान गर्दा रोग पत्ता नलागेपछि थप अनुसन्धानका लागि पशु सेवा विज्ञ केन्द्र पाल्पामा अनुरोध गरिएको शाखाप्रमुख ओमबहादुर मश्राङ्गीले बताउनुभयो । बङ्गुरमा पड्के रोग लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको पनि उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय