STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अझै सञ्चालनमा आएन अस्पताल

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ४, बुधबार

झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित साविकको खजुरगाछीमा निर्माण गरिएको अस्पतालको सुविधासम्पन्न भवनमा उपचार सेवा अझै शुरु हुनसकेको छैन । सरकारको करोडाँै लगानीमा निर्माण गरिएको सो अस्पताल नियमितरूपमा सञ्चालन नहँुदा त्यस क्षेत्रका सेवाग्राही अन्यत्र पुगेर सेवा लिन बाध्य हुँदै आएका छन् । करीब आठ वर्षअघि निर्माण शुरु भई पटक–पटक म्याद थप गरेर छ महिनाअघि मात्र अस्पतालको तीनतले पक्की भवन निर्माण सम्पन्न गरिएको थियो । सो भवन स्थानीय सरकारलाई हस्तान्तरण भइसके पनि अस्पतालको सेवा सञ्चालन हुन सकेको छैन । खजुरगाछी बजारबाट करीब एक किलोमिटर टाढा सोही ठाउँका श्याम चौधरीले सार्वजनिक प्रयोजनका लागि उपलब्ध गराएको सात बिघा जग्गामा रहेको सो अस्पतालमा चिकित्सकको दरबन्दी र एकान्त ठाउँमा रहेका कारण मजबुत सुरक्षा व्यवस्थाको अभावमा अस्पतालको सेवा सञ्चालन हुन नसकेको अस्पताल सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका वडा नं ६ का अध्यक्ष बद्रीनारायण यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको भवन त बनेको छ, तर अस्पतालअनुसार एक जना एमबीबीएस चिकित्सकसहित अन्य विभागमा पनि पर्याप्त जनशक्ति आवश्यक हुन्छ, चिकित्सक भए अन्य उपकरण तथा फर्निचरका सामान हामी आफैँले बन्दोबस्ती गरेर सेवा दिन सकिन्छ ।” एमबीबीएस चिकित्सकको दरबन्दी नभएकै कारण त्यहाँ सरकारको करोडौँ लगानी रहेको अस्पताल भवन र सामाग्रीमा उपयोगविहीन अवस्थामा पुगेको भन्दै स्थानीयवासीले तत्काल अस्पतालको सेवा सञ्चालन गर्न माग गर्दैआएका छन् ।
Categorized in राष्ट्रिय