STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अदालतको आदेशमा ‘एक्टरः टेक वन’को प्रदर्शन स्थगित

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ १५, मंगलबार

माघ १६ गतेदेखि देशभर प्रदर्शन गर्ने तयारी गरिएको नेपाली चलचित्र " एक्टर - टेक वन ” लाई  काठमाडौं जिल्ला अदालतले अन्तरकालिन आदेश जारी गरी प्रदर्शन स्थगित गर्ने आदेश दिएको छ । अदालतले यो फिल्मको प्रदर्शन हाललाई स्थगित गर्ने आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले अन्तरकालिन आदेश जारी गर्दै छलफलका लागि दुबै पक्षलाई माघ २२ गते बोलाएको हो ।

सोमवार ग्राण्ड प्रीमियर गरिएको यो फिल्मको विभिन्न सिनेमा हलहरुले अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् । ‘एक्टरः टेक वन’ ले सोमवार भक्तपुरको क्यूएफएक्स सिनेमा हलमा आयोजना गरेको ग्राण्ड प्रीमियर शोमा अधिकांश दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।

गत शुक्रवार ‘एक्टर’ फिल्मका निर्माता सम्राट थापाले काठमाडौं जिल्ला अदालतमा शीर्षक जुधेको भन्दै ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दर्ता गरेका थिए ।

फिल्मका निर्माता मनोहरी थापाले काठमाडौं जिल्ला अदालतले ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न अन्तरिम आदेश दिएको पुष्टि गर्दै आगामी माघ २२ गते दुबै पक्षलाई छलफलमा बोलाइको समेत जानकारी दिएका छन् ।

काठमाडौं जिल्ला अदालतले गरेको अन्तरकालिन फैसलामा भनिएको छ– ‘निवेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री दिपक अधिकारी, श्री यज्ञमणि न्यौपाने, श्री कमल प्रसाद पोखरेल, श्री पार्वती थापा, श्री अर्जुन थापा, श्री अस्मी थापा, श्री विरेन्द्र केसी र श्री टिका प्रसाद ढकालले र विपक्षी चलचित्र बोर्डको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री चित्र वहादुर कुताल विष्टले गर्नु भएको वहस समेत सुनियो । यसमा वादी नेपाली डायस्परा इन्टरटेन्मेन्ट प्रालिले नियमन निकाय चलचित्र बोर्ड र दुई फिल्म निर्माता कम्पनीलाई प्रतिवादी बनाई फिराद दायर गरेको र दुबै पक्ष झिकाई छलफल गर्न आदेश भएकोमा आज निवेदन पेश हुँदा विवादित चलचित्र निर्माण गरेका भनिएका प्रतिवादी कम्पनीले निवेदनको र छलफलको मिति सम्बन्धी जानकारी पाएको नदेखिँदा ती कम्पनीको वतन, निवेदक र चलचित्र विकास वोर्ड समेतको सहयोगमा उपलब्ध गरी प्रस्तुत निवेदनको जानकारी दिई मिति २०८१।१०।२२ को दिन तोकी अन्तरकालीन आदेश जारी हुने नहुने छलफलको लागि उपस्थित हुने जनाउ दिई पेश गर्नू । साथै निवेदकको चलचित्र एक्टर प्रदर्शन भईरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसावले एक्टरः टेक वनलाई उक्त अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्डसमेत विपक्षीका नाममा यो अल्पकालीन आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीलाई दिनू ।’

Categorized in सिनेमा