relans
ni new 83
nib 2082 5

अदालत आएर जवाफ दिन प्रधानमन्त्रीसहित पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई सर्वोच्चको आदेश

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १६, शुक्रबार

काठमाडौँ – सर्वोच्च अदालतले अदालतको अवहेलना गरेको भन्दै दर्ता भएको मुद्दामा प्रधानमन्त्री केपी ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं अदालत आएर लिखित जवाफ दिन आदेश दिएको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको हो।

सोही इजलासले पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि आफैं उपस्थित हुन आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले बताए।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन अदालतले आदेश दिएको ढकालले बताए।

Categorized in राजनीति
ppp 2