अध्यक्ष पदमा सिजन श्रेष्ठ र दया शाक्यको भिडन्त हुने: वर्ल्ड नेवाः अर्गनाइजेसन तेस्रो सम्मेलनमा !
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २८, मंगलबार
वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्लुएनओ) को तेस्रो सम्मेलन नेपालमा आउँदो मार्च २८ देखि ३० तारिखसम्म तीन दिन आयोजना हुने भएको छ । उक्त तेस्रो सम्मेलनको निम्ति उम्मेदवारहरुको नामावली घोषणा गरेको छ ।
घोषणा अनुसार अर्गनाइजेशनको केन्द्रीय अध्यक्ष पदमा सिजन श्रेष्ठ तथा दया शाक्यले उम्मेदवारी दिनुभएको छ ।
सिजन श्रेष्ठ वर्ल्ड नेवाः अर्गनाइजेशनको वर्तमान अध्यक्ष हुन् भने अर्का उम्मेदवार दया शाक्य वर्तमान उपाध्यक्ष हुन् ।
यसरी उम्मेदवार घोषणा सार्वजनिक गर्ने क्रममा उपाध्यक्ष पदमा नर्थ क्यारोलिना अमेरिकाबाट नारायण राजभण्डारीले उम्मेदवारी दिनुभएको हो भने उपाध्यक्ष पदमा राजभण्डारी एक्लैको मात्र उम्मेदवारी परेको हो ।
यस्तै, वर्ल्ड नेवाः अर्गनाइजेशनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरुमा ओन्टारिओ क्यानाडाबाट विमल श्रेष्ठ, नेपालबाट सुरेन्द्रभक्त श्रेष्ठ, नेपालबाटै रश्मिला प्रजापति तथा क्यालिफोर्निया अमेरिकाबाट राजेश श्रेष्ठको नामावली घोषणा सार्वजनिक गरेको हो ।
वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्लुएनओ) का केन्दीय अध्यक्ष पदका निम्ति उम्मेदवारी दिनुहुने सिजन श्रेष्ठ बाल्टिमोर अमेरिकाबाट हो भने अर्का अध्यक्ष पदका उम्मेदवार दया शाक्य ओरेगन अमेरिकाबाट हो ।
वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्लुएनओ) को तेस्रो सम्मेलनमा अध्यक्ष बाहेक अरु केन्द्रीय कमिटीका सदस्यहरुको एकल उम्मेदवारी परेको हो ।
अहिलेको स्थितिमा अध्यक्ष पदको निम्ति निर्वाचन हुने प्रबल सम्भावना देखिएको छ ।
Categorized in राष्ट्रिय

