अध्यागमन विभागको भिसा दिने सेवा बन्द
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २६, सोमबार
काठमाडौँ – एक कर्मचारीमा कोरोना संक्रमण पाएपछि अध्यागमन विभागको भिसा सम्बन्धी सेवा बन्द गरिएको छ ।
विदेशी नागरिकहरुलाई दिने भिसासम्बन्धी कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।
यसका साथै कार्यालयमा कर्मचारीबाहेक अन्यलाई प्रवेश निषेध पनि गरिएको छ ।
विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भए पनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित भइरहेको छ ।
Categorized in राष्ट्रिय