STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन : पाँच दलकाे निष्कर्ष

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १६, आइतबार

काठमाडौं - विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको बताएको छ।

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रपतिसँग मिलोमतो गरी नेपालको संविधानका विभिन्न धाराहरुको उल्लंघन गर्दै प्रतिनिधि सभा विघटन गरियो ।

प्रधानमन्त्रीद्वारा भइरहेको संबिधानको उल्लंघन संघीय संसदमा पेश हनुपर्ने बजेट अध्यादेशबाट ब्याउने कार्यमा पुन: प्रकट भएको बताएको हो। बैठक पश्चात् जारी विज्ञप्तिमा देश कोरोना महामारीबाट आक्रान्त भइरहेको कठीन स्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संविधानको अवहेलना र उल्लंघन गर्ने काम एकपछि अर्को गरी भइरहेको र बढ्दो राज्ययन्त्रको स्वेच्छाचारी रुपमा दुरुपयोग हुँदै आएको उल्लेख गरिएको छ।

‘प्रतिनिधि सभाको पुनःस्थापना र प्रतिनिधि सभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा हामीले विधिवत्‌ दाबी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनैपनि कामकार्वाई नगर्ने सरकारलाई चेतावनी दिन चहान्छौं ।

सरकारका संविधान विपरीतका ‘अलोकतान्त्रिक कामकार्वाईमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं’, जारी विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक सर्वोच्चता, कानूती शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको हाम्रो देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा हामी विश्वस्त छौं।’

 

Categorized in राजनीति