STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय धावकलाई आकर्षित पार्नुपर्ने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ४, शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय धावकलाई व्यापक रुपमा सहभागी गराउने वातावरण बनाउनुपर्ने विषयमा जोड दिनुभएको छ । पोखरामा फागुन ७ गते हुन गइरहेको १३औँ अन्तर्राष्ट्रिय पोखरा म्याराथनको मुख्य संरक्षकसमेत रहनुभएका मुख्यमन्त्री सुब्बाले आज आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय धावकलाई सहभागी हुन आकर्षित पार्नका लागि पुरस्कार राशिमा वृद्धि गरी १० हजार डलरसम्म पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । म्याराथनलाई सफल बनाउन सबैलाई आ–आफ्ना जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “पोखरा महानगरपालिकाले पोखरा म्याराथनलाई ग्रहण गर्ने र प्रदेश सरकारले सहयोग गर्नेतर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।” सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले म्याराथनमार्फत पोखराको पर्यटन प्रवद्र्धनमा समेत बल पुग्ने बताउनुभयो । खेलाडी मञ्चका पूर्वअध्यक्ष तेजन गुरुङले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपालीले देखाएको सद्भावसँगै प्रदेश सरकार र पोखरा महानगरपालिकाबाट प्राप्त सहयोगले आगामी दिनमा पोखरा म्याराथनलाई नयाँ जगबाट उभ्याउन सहयोग मिल्ने बताउनुभयो । उक्त पत्रकार सम्मेलनमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, सचिवहरु, प्रजिअ तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
Categorized in खेलकुद