STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तीन महिला पत्रकार सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ फाल्गुण २२, आइतबार

नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आइतबार ‘सञ्चार जगतमा महिला’ विषयक कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा वरिष्ठ महिला पत्रकार शुभेच्छा बिन्दुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा तीनजना महिला पत्रकाहरुलाई सम्मानित गरिएको थियो । मञ्जु वज्राचार्य, पूर्णिमा शाक्य डंगोल र अनिता गुरुङलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरु सञ्चार क्षेत्रमा लामो समयअघिदेखि कार्यरत रहेकाले सम्मान गरिएको आयोजकको तर्फबाट संयोजक रचना श्रेष्ठले बताएका छन् ।

श्रेष्ठकै सभापतित्वमा सम्पन्न कार्यक्रममा येँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रमुख अतिथिको रुपमा आएका थिए ।

यसैगरी, विशेष अतिथिको रुपमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारी, नेवाः पत्रकार राष्ट्रिय दबूका सल्लाहकार रमेशकाजि स्थापित, विजयरत्न असंबरे र किरण शाक्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि शाक्यले सम्मानपत्र हस्तान्तरण गरेका थिए भने हरिप्रभा खड्गी श्रेष्ठले दोसल्ला ओढाएका थिए ।

कार्यक्रममा केन्द्रीय सचिव प्रेरणा शाक्यले स्वागत मन्तव्य राखेका थिए भने दबूका केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्यले नेपालको पत्रकारिता क्षेत्रमा नेवार पत्रकारहरुको उपस्थिति र स्थिति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार राष्ट्रिय दबू केन्द्रीय कार्यसमितिका पदाधिकारी, सचिवालय सदस्य, सल्लाहकार लगायत काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

Categorized in उपत्यका