अन्तर्राष्ट्रिय स्तरमा मातृभाषी पत्रकारिता सम्मेलन हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ २८, बुधबार
देशभरका नेवार पत्रकारहरुको साझा संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा अन्तर्राष्ट्रिय स्तरमा मातृभाषी पत्रकारिता सम्मेलन हुने भएको छ । यही जेठ ३० र ३१ गते शुक्रबार र शनिवार दुई दिन हुने यस 'दोसो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५' को पहिलो दिनको कार्यक्रम ललितपुरस्थित राष्ट्रिय प्रकृति सरक्षण कोष धापाखेलको हलमा हुने भएकोछ । त्यसैगरी दोस्रो दिन भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा हुनेछ ।
यो सम्मेलनमा सार्क जर्नालिष्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संग सहकार्य गरी पत्रकार राष्ट्रिय दबूले भारत, बंगलादेश, भुटान, श्रीलंका, जापान, पाकिस्तान, हडक लगायतको ठाउंबाट आफ्नो क्षेत्रमा मातृभाषाको माध्यमबाट पत्रकारिता गरिरहेका पत्रकारहरुको सहभागिता रहने बताइएको छ । बुधवार एक प्रेस सम्मेलन आयोजना गरी यो सम्मेलन बारे जानकारी गराइएको हो ।
प्रेस सम्मेलन मा अन्तर्राष्ट्रिय मातृभाषी पत्रकारिता सम्मेलन ११४५ का संयोजक सुनिल महर्जन ले प्रेस वक्तव्य प्रस्तुत गरेका थिए भने दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, फोनिजका महासचिव समीर बलामि र सार्क जनर्लिस्ट फोरमका अध्यक्ष राजु लामाले सो विषयमा कुरा राखेका थिए ।
यसअधि गएको वर्ष नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको शताब्दी वर्ष महोत्सवको अवसर पारेर प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४४ सम्पन्न गरेको दबुले नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य जगतमान वैद्यले मातृभाषाको पत्रकारिता सुरु गर्नुभएको १०१ वर्ष पुगेको सन्दर्भमा सम्मेलनको आयोजना गर्न लागेका हौ।
सम्मेलनबाट नेपालमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल बाहिर भइरहेको पत्रकारिताको विकासक्रम सम्बन्धी सूचना आदानप्रदान भएर सोही विवरण लिखित रुपमा दस्तावेजको रुपमा रहने, नेपालमै विभिन्न भाषाको माध्यमबाट गरिने पत्रकारितालाई पूर्ण व्यावसायिक बनाउन सहयोगी सिद्ध हुने, समावेशी पत्रकारिताको प्रयोग वा सहज हुने अपेक्षा राखिएको छ ।
"सम्मेलनले मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरूको हौसला बढ्ने विश्वास लिएका छौ।" दबुका अध्यक्ष श्रेष्ठ ले भने ।
यो वर्षको अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा मातृभाषा संरक्षणया नितिं पत्रकारिता सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र 'सरकारी सञ्चार माध्यममा मातृभाषा पत्रकारिता अभ्यास र उपलब्धि माथि सामुहिक छलफल हुनेछ ।
यो सम्मेलनले मातृभाषा संरक्षणका लागि पत्रकारिता, मातृभाषा पत्रकारिताको अभ्यास र प्रवृत्ति , सरकारी मन्यार माध्यममा मातृभागा पत्रकारिताको उपलब्धि , प्रमादित्य धर्माचार्यदेखि अहिलेसम्म मातृभाषा पत्रकारिता , बहुल समाज विकासमा मातृभाषा पत्रकारिताको भूमिका र मातृभाषा पत्रकारिता विकासमा सस्थागत भूमिका र मात्भाषा पत्रकारितामा बजार व्यवस्था बारे बहस हुने बताइएको छ ।
सो सरकारी सन्चार निकायहरु रेडियो नेपाल,गोरखापत्र,राष्ट्रिय समाचार समिति,नेपाल टेलिभिजन र प्रेस काउन्सिलले मातृभाषी माध्यमबाट पनि सन्चार सम्प्रेषण कार्य गरेको भनि सम्मानित गर्नुका साथै मल्ल के सुन्दर , गणेश राई र अजितमान तामाङ्ग , बंगलादेशका मोहम्मद अब्दुल रहमान लगायतका अन्तर्राष्ट्रिय जगतका मातृभाषी पत्रकारहरुलाई पनि सम्मानित गरिने भएको छ ।
Categorized in राष्ट्रिय

